सन् २०२० को दशकलाई पर्यटन दशकको रुपमा विकास गर्ने सरकारको घोषणा

Best Khabar Team | २०७६ पुष १६ गते बुधबार


०१ जनवरी, २०२० काठमाडौं । सरकारले सन् २०२० को दशकलाई पर्यटन दशकको रुपमा विकास गर्ने घोषणा गरेको छ । नेपाल भ्रमणवर्ष २०२० को औपचारिक उद्घाटन कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले यो वर्ष मात्रै नभै अबको एक दशकलाई नेपालको पर्यटन क्षेत्रको विकास र विस्तार गर्न सरकारले विशेष कार्ययोजना ल्याउने बताउनुभयो ।

नेपालमा दिगो शान्ति र स्थायीत्व कायम भै सकेको भन्दै उहाँले अबको १० वर्ष विश्व समुदायमाझ नेपाल र नेपालीको बारेमा सरकारी तबरबाटै व्यापक प्रचारप्रसार गर्दै विश्वका पर्यटकलाई नेपाल ल्याउन विशेष कार्यक्रम गरिने बताउनुभयो । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल, निजगढ अन्र्तराष्ट्रिय विमानस्थललगायतको निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै उहाँले अबको केही महिनाभित्र ती विमानस्थलहरुमा विमान उडान शुरु हुने बताउनुभयो । २० लाख पर्यटक नेपाल भित्र्या-उने लक्ष्यका साथ सरकारले राजधानीमा आज विशेष कार्यक्रम गरी भ्रमण वर्ष २०२० शुरु भएको औपचारिक घोषणा गरेको थियो ।

कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । उहाँले नेपाल विश्वमै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको भन्दै विश्वभरका पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास पर्यटन र कृषिबाटमात्रै सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न ५ देशका पर्यटनमन्त्री, नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरु, विभिन्न क्षेत्रका उच्चपदस्थ अधिकारी, विभिन्न जातजाती, भाषाभाषी, भेषभुषासहित उपस्थित भएका थिए । कार्यक्रममा सहभागी हुन ठूलो संख्यामा सर्वसाधारण राजधानीको दशरथ रंगशालामा उपस्थित भएका थिए । राजधानीका विभिन्न क्षेत्रबाट निस्किएको सांस्कृतिक झाँकीसहितको ¥याली रंगशाला पुगेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उत्तर कोरियामा ‘पहिलो पटक’ कोरोना संक्रमित भेटिए : सिँगो देशमा स्वास्थ्य संकटकालको घोषणा, माक्स अनिवार्य गराईयो उत्तर कोरियामा ‘पहिलो पटक’ कोरोना संक्रमित भेटिए : सिँगो देशमा स्वास्थ्य संकटकालको घोषणा, माक्स अनिवार्य गराईयो

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०सिउल, दक्षिण कोरिया । दक्षिण कोरियासँग सिमाना...

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढ्यो विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढ्यो

२०७७ मंशिर २३ गते मंगलबार

०८ डिसेम्बर २०२०काठमाडौं । सोलुखुम्बु जिल्लामा अवस्थित विश्वको सर्वोच्च...

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतको पहिलो औपचारिक प्रतिक्रिया : ‘नयाँ नक्सा स्वीकार्न सकिन्न’ नेपालले नयाँ नक्सा जारी गरेपछि भारतको पहिलो औपचारिक प्रतिक्रिया : ‘नयाँ नक्सा स्वीकार्न सकिन्न’

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०काठमाडौं । नेपाल सरकारद्वारा आज जारी भएको...

अमेरिकी पत्रकारको नेपाल सरकारलाई सुझाव अमेरिकी पत्रकारको नेपाल सरकारलाई सुझाव

२०७६ मंशिर २३ गते सोमबार

०९ डिसेम्बर, २०१९ वासिङ्टन डिसी । क्रिस्टोफर फाउण्डेशनको नेपाल...

Top