Best Khabar Team | २०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०
काठमाडौं । पछिल्ला दिनहरुमा लकडाउन खुल्ला भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । विशेष गरी सवारी साधन र अन्य पसल तथा उद्योगधन्दा खुलेसँगै मानिसहरुको चाप र गतिविधि बढ्न थालेको छ । यसैका कारण कोरोना संक्रमितको संख्या बढेको ठहरसहित उपत्यकामा सरकारी कामकाज तथा अन्य गतिविधिमा कडाई गरिने भएको छ ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमितको सख्या बढ्दै गएपछि भिडभाड हुने ठाउँ तथा अन्य क्षेत्रहरुका गतिविधि तथा कामहरु सिमित बनाउने निर्णय प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको हो । त्यसका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवाहरु आकस्मिकबाहेक अन्य सबै १५ दिनका लागि बन्द भएको छ । अन्य सरकारी कार्यालय तथा सेवा प्रवाह गर्नेहरुको हकमा भने सम्बन्धित कार्यालयले निर्णय गर्ने भएको छ ।


सरकारले कोरोना संक्रमितको संख्या बढ्न नदिनका लागि बिहीबारदेखि उपत्यकामा जोर विजोर गरेर सवारी साधन चलाउने निर्णय गृहमन्त्रालयले यसअघि नै गरिसकेको छ । यस्तै बढी संक्रमित भेटिएका स्थानमा तत्काल सो क्षेत्र सिल गर्ने निर्णय पनि प्रमुख जिल्ल अधिकारीहरुले गरेका छन् । माक्स र सेनिटाईटरको प्रयोग अनिवार्य गर्ने सहमति बैठकमा बनेको छ ।
अवस्था थप जटिल बन्दै गएको अवस्थामा भने आवश्यक परे पुनः लकडाउन नै गर्न सकिने विषयमा आजको बैठकमा छलफल भएको बताइएको छ
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आज प्रणय दिवस, नेपालमा १ करोड बढीको गुलाब फूलमात्रै आयात
२०७६ फाल्गुन २ गते शुक्रबार
१४ फेब्रुअरी, २०२० काठमाडौं । आज अँग्रेजी पात्रो अनुसार...
गंगाजमुना गाउँपालिकाको गज्जबको काम : विदेशबाट आउनेको नाम, ठेगाना र मोबाइल नम्बर सार्वजनिक, कोरोना सचेतनामा गाउँपालिका एककदम अगाडि
२०७६ चैत्र १७ गते सोमबार
३० मार्च, २०२० धादिङ्गबेसी । धादिङ्गको गंगाजमुना गाउँपालिकाले पछिल्लो...
भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनासहित झण्डै सय जनाको राहदानी रद्द
२०८१ पुष २४ गते बुधबार
०८ जनवरी, २०२५ढाका, बंगलादेश । राजनीतिक अस्थिरताका कारण उत्पन्न...
कतारमा कोरोना : १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाइयो
२०७६ फाल्गुन २६ गते सोमबार
०९ मार्च, २०२० दोहो । कतारले कोरोना भाईरसको प्रकोप...
Top