Best Khabar Team | २०७६ माघ १७ गते शुक्रबार

३१ जनवरी, २०२०
लण्डन । अन्ततः ४७ वर्षे सहयात्रालाई पूर्णविराम दिँदै युरोपेली युनियन (इयु) को एउटा महत्वपूर्ण देश बेलायत इयुबाट अलग हुँदैछ । स्थानीय समय अनुसार अबको करिब ५ घण्टा पछि अर्थात् स्थानीय समय अनुसार आज राति ११ बजेबाट बेलायत युरोपियन युनियनबाट अलग हुँदैछ । युरोपियन युनियनबाट बाहिरिनका लागि बेलायतको संसदमा पटक–पटक चुनाव समेत भएका थिए ।
केही साताअघि ईयू संसदले ब्रेक्जिट सम्झौतालाई अनुमोदन गरेसँगै आजराति बाट बेलायतले युरोपेली युनियनबाट अलग भएको औपचारिक घोषणा गर्दैछ । ईयू संसदमा भएको चुनावमा बेक्जिट सम्झौता अनुमोदनको पक्षमा ६ सय २१ मत परेको थियो भने यसको विपक्षमा कुल ४९ मत मात्रै परेको थियो । यस्तै युरोपेली देशहरुमा बेलायत इयुबाट बारिरिँदा हुने फाइदा वा घाटका विषयमा थुप्रै बहस समेत भएका थिए ।
युरोपेली युनियनमा रहेका २८ राष्ट्रमध्येमा अब बेलायत बाहिरिएपछि ईयुमा कुल २७ राष्ट्र रहने छन् । बेलायत सन् १९७३ मा ईयूमा आबद्द थियो । विशेषत विगतमा भएको दोस्रो विश्वयुद्धपछि आर्थिक सहयोग बढाउनका लागि युरोपेली राष्ट्रहरुबीच साझा विषयमा सहयोग आदानप्रदान गर्ने उद्देश्यले ईयू गठन गरिएको थियो । ईयुबाट बाहिरिएपछि बेलायतले केही आर्थिक मन्दि तथा चुनौती सामना गर्नुपर्ने विष्लेशकहरु बताउँछन् ।
तर शुरुका दिनहरुमा चुनौतीको सामना भोगेपनि पछि बेलायतले यसको समाधान समेत खोज्ने छ । अर्थतन्त्रलाई बलियो बनाउनका लागि बेलायत अब बस्तु तथा सेवामा केही कर थप गर्नुपर्ने देखिएको छ । जसका कारण केही महंगीको सामना बेलायती जनताले गर्नुपर्ने देखिन्छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बैद्य नेतृत्वको माओवादीका उपाध्यक्ष गजुरेलसहित करिब एक दर्जन काठमाडौंबाट पक्राउ
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९ काठमाडौं । सिमा विवादसम्बन्धी ज्ञापनपत्र बुझाउने...
सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारलाई भन्यो : ‘कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गरियोस्’
२०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा...
कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन
२०७६ फाल्गुन १७ गते शनिबार
२९ फ्रेब्रुअरी, २०२०काठमाडौं । विश्वव्यापीरुपमा प्रकोप बन्दै गएको कोरोना...
चौतर्फी जनदवाव थेग्न नसकेपछि सरकारले फिर्ता लियो गुठी विधेयक
२०७६ असार ३ गते मंगलबार
१८ जुन,२०१९ काठमाडौं । अन्ततः चौतर्फी रुपमा देखिएको जनताको...
Top