४७ वर्षपछि युरोपियन युनियनबाट अलग्गिँदै बेलायत

Best Khabar Team | २०७६ माघ १७ गते शुक्रबार


३१ जनवरी, २०२०
लण्डन । अन्ततः ४७ वर्षे सहयात्रालाई पूर्णविराम दिँदै युरोपेली युनियन (इयु) को एउटा महत्वपूर्ण देश बेलायत इयुबाट अलग हुँदैछ । स्थानीय समय अनुसार अबको करिब ५ घण्टा पछि अर्थात् स्थानीय समय अनुसार आज राति ११ बजेबाट बेलायत युरोपियन युनियनबाट अलग हुँदैछ । युरोपियन युनियनबाट बाहिरिनका लागि बेलायतको संसदमा पटक–पटक चुनाव समेत भएका थिए ।

केही साताअघि ईयू संसदले ब्रेक्जिट सम्झौतालाई अनुमोदन गरेसँगै आजराति बाट बेलायतले युरोपेली युनियनबाट अलग भएको औपचारिक घोषणा गर्दैछ । ईयू संसदमा भएको चुनावमा बेक्जिट सम्झौता अनुमोदनको पक्षमा ६ सय २१ मत परेको थियो भने यसको विपक्षमा कुल ४९ मत मात्रै परेको थियो । यस्तै युरोपेली देशहरुमा बेलायत इयुबाट बारिरिँदा हुने फाइदा वा घाटका विषयमा थुप्रै बहस समेत भएका थिए ।

युरोपेली युनियनमा रहेका २८ राष्ट्रमध्येमा अब बेलायत बाहिरिएपछि ईयुमा कुल २७ राष्ट्र रहने छन् । बेलायत सन् १९७३ मा ईयूमा आबद्द थियो । विशेषत विगतमा भएको दोस्रो विश्वयुद्धपछि आर्थिक सहयोग बढाउनका लागि युरोपेली राष्ट्रहरुबीच साझा विषयमा सहयोग आदानप्रदान गर्ने उद्देश्यले ईयू गठन गरिएको थियो । ईयुबाट बाहिरिएपछि बेलायतले केही आर्थिक मन्दि तथा चुनौती सामना गर्नुपर्ने विष्लेशकहरु बताउँछन् ।

तर शुरुका दिनहरुमा चुनौतीको सामना भोगेपनि पछि बेलायतले यसको समाधान समेत खोज्ने छ । अर्थतन्त्रलाई बलियो बनाउनका लागि बेलायत अब बस्तु तथा सेवामा केही कर थप गर्नुपर्ने देखिएको छ । जसका कारण केही महंगीको सामना बेलायती जनताले गर्नुपर्ने देखिन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं र भक्तपुरका ३ जनामा कोरोना देखियो, देशभर आजमात्रै ८२ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २१७ पुग्यो काठमाडौं र भक्तपुरका ३ जनामा कोरोना देखियो, देशभर आजमात्रै ८२ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २१७ पुग्यो

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आज बिहानैदेखि...

यही शैक्षिक सत्रदेखि कक्षा १ बाटै संस्कृतको पढाई शुरु हुने यही शैक्षिक सत्रदेखि कक्षा १ बाटै संस्कृतको पढाई शुरु हुने

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०काठमाडौं । सरकारले विगतमा माओवादीले जर्वजस्ती बन्द...

बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते

२०७६ असार २ गते सोमबार

१७ जुन, २०१९ काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा...

उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो

२०७७ श्रावण २९ गते बिहिबार

१३ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...

Top