Best Khabar Team | २०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२०
बैंकक । थाइल्याण्डको राजधानी बैंककबाट उत्तरपूर्वमा पर्ने मामक स्थानमा एकजना सन्काहा सैनिकले गएराति एउटा स्वचालित हतियारबाट अन्दाधून्द गोली चलाउँदा २० जनाको ज्यान गएको छ । घटनामा परी शुरुमा १७ जनाको ज्यान गएको बताइएपछि पछि थप ३ जनाको पनि ज्यान गएपछि मृतकको संख्या २० पुगेको हो ।
थाइल्याण्डका सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार सैनिक शिविरबाट स्वचालित हतियार बोकेर बाहिर निस्केका सैनिक जवानले शहरमा रहेको व्यापारिक केन्द्र र त्यहाँका पसल र मान्छेहरुको भीड देख्ने वित्तिकै गोली हान्दै हिँडेका थिए । घटनालगत्तै उनले घटनाको बारेमा सेल्फी तस्वीर खिचेर सार्वजनिक समेत गरेका थिए । घटनामा अन्य थुप्रै घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भै रहेको छ ।

थाइ भाषामा ‘जाग्रापान्थ’ नाम गरेका ती सैनिकको मानसिक अवस्था ठीक नरहेको बताइएको छ । घटनास्थल थाइल्याण्डको राजधानी बैंककबाट २५० किलोमिटर उत्तरपूर्वमा अवस्थित रहेको बताइएको छ ।
थप समाचार तथा भिडियो तलको लिंकबाट हेर्न सक्नुहुनेछ । https://www.nbcnews.com/news/world/thai-soldier-kills-least-10-shooting-rampage-police-say-n1132966
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२०ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो...
‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट...
पशुपतिनाथको मन्दिर अबदेखि साँझसम्मै खुल्ने
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१काठमाडौं । समस्त हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र...
पूर्वप्रम भट्टराईको ट्वीट ‘विवादित’
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले...
Top