Best Khabar Team | २०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०
रामघाट, चितवन । अबिरल बर्षात्का कारण आएको पहिरोले मुग्लिन नारायणगढ सडकखण्डको चारकिलो खण्ड फेरि अवरुद्ध भएको छ । विगत केही दिनदेखिको अबिरल वर्षात्का कारण यो सडकखण्डमा पटक–पटक पहिरोले सडक अवरुद्ध गर्दै आएका थियो ।

आज पनि बिहानै स्थानीय कालीखोला भन्ने स्थानमा सडक माथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध गरेको छ । केही वर्षअघि मात्रै सो सडक खण्ड दुईलेनको बनाएर कालोपत्रे गरिएको थियो । तर पहिरिएर सडकमा आएर माटो, ढुंगा तथा रुख बुट्यानहरु जम्मा हुँदा यो सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । निरन्तरको झरीका कारण सडकको पहिरो हटाउन पनि कठिनाई भै रहेको छ ।
पहिरो खसेको ठाउँबाट ढुँगा तथा माटोहरु निरन्तर रुपमा खसिरहेका कारण तत्काल पहिलो हटाउन कठिनाई भएको सडक विभाग नारायणगढ शाखाले जानकारी दिएको छ । बिहान ४ बजे तिर सो सडक खण्डमा पहिरो खसेको भएपनि अहिले यो समाचार तयार पार्दासम्म सडक पूर्णरुपमा अवरुद्ध नै रहेको छ । जसका कारण सडकका दुबै तर्फ दर्जनौं गाडीहरु अलपत्र बनेका छन् । तत्काल सडक खुलाउन सकिने अवस्था नभएकोले प्रहरीले गाडी तथा यात्रुहरुलाई बैकल्पिक सडक प्रयोग गर्नका लागि अनुरोध गरेका छन् ।
एक महिनादेखि निरन्तर रुपमा हरेक दिन जसो यो क्षेत्रमा साना ठूला पहिलो खस्दै आइरहेका छन् । आजको पहिरो ठूलो रहेकोले तत्काल यसलाई खुलाएर सडक सञ्चालनका लागि समय लाग्ने बताइएको छ । झरी रोकिने वित्तिकै पहिलो हटाउने काम अघि बढाइने विभागको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
यसवर्षको मिस टुरिजमको आवेदन खुल्ला
२०७६ असार ६ गते शुक्रबार
२१ जुन, २०१९ काठमाडौं । यसवर्षको मिस टुरिजम–२०१९ को...
सुन तस्करी प्रकरण : पूर्व सभामुख महराका छोरा राहुललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश
२०८० आश्विन २६ गते शुक्रबार
१३ अक्टोबर, २०२३काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर...
कोरोनाबारे भ्रम फैलाउने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडा कारबाही गर्ने सरकारको घोषणा
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापीरुपमा महामारीको रुपमा...
दिल्लीमा दंगा : २४ ले गुमाए ज्यान, प्रदर्शन थप हिंसात्मक बन्दै
२०७६ फाल्गुन १४ गते बुधबार
२६ फेब्रुअरी, २०२०नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नयाँ...
Top