Best Khabar Team | २०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०
रामघाट, चितवन । अबिरल बर्षात्का कारण आएको पहिरोले मुग्लिन नारायणगढ सडकखण्डको चारकिलो खण्ड फेरि अवरुद्ध भएको छ । विगत केही दिनदेखिको अबिरल वर्षात्का कारण यो सडकखण्डमा पटक–पटक पहिरोले सडक अवरुद्ध गर्दै आएका थियो ।

आज पनि बिहानै स्थानीय कालीखोला भन्ने स्थानमा सडक माथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध गरेको छ । केही वर्षअघि मात्रै सो सडक खण्ड दुईलेनको बनाएर कालोपत्रे गरिएको थियो । तर पहिरिएर सडकमा आएर माटो, ढुंगा तथा रुख बुट्यानहरु जम्मा हुँदा यो सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । निरन्तरको झरीका कारण सडकको पहिरो हटाउन पनि कठिनाई भै रहेको छ ।
पहिरो खसेको ठाउँबाट ढुँगा तथा माटोहरु निरन्तर रुपमा खसिरहेका कारण तत्काल पहिलो हटाउन कठिनाई भएको सडक विभाग नारायणगढ शाखाले जानकारी दिएको छ । बिहान ४ बजे तिर सो सडक खण्डमा पहिरो खसेको भएपनि अहिले यो समाचार तयार पार्दासम्म सडक पूर्णरुपमा अवरुद्ध नै रहेको छ । जसका कारण सडकका दुबै तर्फ दर्जनौं गाडीहरु अलपत्र बनेका छन् । तत्काल सडक खुलाउन सकिने अवस्था नभएकोले प्रहरीले गाडी तथा यात्रुहरुलाई बैकल्पिक सडक प्रयोग गर्नका लागि अनुरोध गरेका छन् ।
एक महिनादेखि निरन्तर रुपमा हरेक दिन जसो यो क्षेत्रमा साना ठूला पहिलो खस्दै आइरहेका छन् । आजको पहिरो ठूलो रहेकोले तत्काल यसलाई खुलाएर सडक सञ्चालनका लागि समय लाग्ने बताइएको छ । झरी रोकिने वित्तिकै पहिलो हटाउने काम अघि बढाइने विभागको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
टेक्सासको चर्चमा प्रार्थना चलिरहँदा बन्दुक आक्रमण, २ मारिए (भिडियोसहित)
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९टेक्सास । अमेरिकाको टेक्सासमा क्रिश्चियन धर्मावलम्बीहरु भेला...
प्रतिवेदन भन्छ : तत्कालीन पर्यटनमन्त्री चढेको हेलिकोप्टर दुर्घटनाको कारण पाइलट
२०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२०काठमाडौं । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत चढेको...
प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि हरिद्वार लगियो (फोटोफिचरसहित)
२०७६ पुष ४ गते शुक्रबार
२० डिसेम्बर, २०१९ नयाँदिल्ली । पार्किन्सन्स रोगबाट पीति नेकपाका...
स्वर्गद्वारी महाप्रभु !
२०७७ माघ २८ गते बुधबार
– तेजनिधि पौडेल वि.सं. १९१६ वर्षा ऋतु श्रावण शुक्ल...
Top