Best Khabar Team | २०७६ असार ५ गते बिहिबार
२०, जुन, २०१९
काठमाडौं । होटल प्रशासनले होटल बन्द गरेको घोषणा गरेपछि आन्दोलन कर्मचारी संगठनले काठमाडौंको होटल हायात रिजेन्सीमा जारी आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेका छन् । विभिन्न विषयमा होटल प्रशासन र मजदुर संगठनबीच विमति भएपछि करिब २ सातादेखि प्रशासनले होटल बन्द भएको घोषण गरेको थियो ।
यसका साथै होटलमा आएका पाहुनाहरुलाई पनि अन्य होटल पु¥याएको थियो । मजदुर संगठनले विभिन्न माग राख्दै आन्दोलन गरेपछि बाध्य भएर होटल बन्द गर्नुपरेको होटलको दाबी छ । तर प्रशासनले होटल नै बन्द गरेपछि मजदुर संगठनले हिजोबाट लागू हुने गरी आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ । तर आन्दोलन फिर्ता भएपनि होटल भने खुल्न सकेको छैन ।
आन्दोलन फिर्ता गरेर काममा फर्किएका मजदुरहरु होटलको मुल ढोकामा लागेको ताला प्रशासनले नखोलेपछि त्यत्तिकै फर्किएका छन् । मजदुर संगठनले अनावश्यक माग राखी आन्दोलन गरेकाले बाध्य भएर होटल बन्द गर्नुपरेको होटल प्रशासनको भनाई छ । तर होटल प्रशासनले भन्दै सरसफाईको काम नसकिएको भन्दै होटल छिट्टै खुल्ने संकेत दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
लकडाउन खुकुलो हुँदा यी क्षेत्रहरु तत्काल खुल्दैछन् (सूचीसहित)
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । सरकारले भोलिदेखि लागूहुने गरी मुलुकभर...
हिमाल देखाएर विदेशी ल्याउने मात्रै कि सुरक्षामा पनि ध्यान दिने ?
२०७६ मंशिर २३ गते सोमबार
– पि.एल तरंग स्पेनको मड्रिड सहरमा यतिबेला जलबायु परिवर्तनसम्बन्धी...
भोलिदेखि तय भएको एसईइ परीक्षा अन्तिम समयमा आएर स्थगित
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२० काठमाडौं । चौतर्फी दबाबपछि भोलिदेखि तय...
सञ्जय साहविरुद्ध ४ वर्ष कैद र झण्डै साढे १९ करोड जरिवानाको फैसला
२०७६ फाल्गुन १५ गते बिहिबार
२७ फेब्रुअरी, २०२० धनुषा । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टक्ला...
Top