भारतबाट ट्रकमा रौतहट फर्केका युवकमा कोरोना संक्रमण, वीरगञ्जमा उपचार चल्दै

Best Khabar Team | २०७७ बैशाख १ गते सोमबार


१३ अप्रिल, २०२०
संग्रामपुर । गत चैत्र १६ गते भारतको राजधानी दिल्लीबाट नेपाल आएका एक युवकमा कोरोना संक्रमण देखिएको छ । रौतहटको इसनाथ गाउँपालिका बस्ने १९ वर्षका नाम उल्लेख नगरिएका ती युवकमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

रोजगारीको लागि दिल्ली पुगेका ती युवक भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि दिल्लीबाट मोतिहारी जिल्लासम्म औषधी बोकेको ट्रकमा लिफ्ट मागेर आएका थिए । त्यसपछि उनी हिडेरै मध्यरातमा भारतीय सिमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका थिए ।

उनीसँगै आएका अरु दुई जना पनि हालसम्म क्वारेन्टाइनमा रहेको भएपनि उनीहरुमा भने कोरोना देखिएको छैन । ती युवकलाई थप उपचारका लागि हाल वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ । उनमा कोरोना देखिएपछि परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखेर उपचार थालिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई कोरोनाको ठूलो धक्का :  डेढ महिनामा २८ हजार बढीको मृत्यु, विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई कोरोनाको ठूलो धक्का : डेढ महिनामा २८ हजार बढीको मृत्यु,

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२०सुनिल तिवारी न्यूर्योक । विश्वकै सर्वशक्तिमान सम्पन्न...

न्यायको गुहार माग्दै गंगामाया पुगिन् राष्ट्रसंघको कार्यालयमा न्यायको गुहार माग्दै गंगामाया पुगिन् राष्ट्रसंघको कार्यालयमा

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, ललितपुर । सशस्त्र युद्धका बेला आफ्ना छोरालाई...

कोरोनाको त्रासदीकै बीच नेपालमा मध्यरातमा भूकम्प, अबस्था सामान्य कोरोनाको त्रासदीकै बीच नेपालमा मध्यरातमा भूकम्प, अबस्था सामान्य

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०चरिकोट । एकैदिन ८३ जना कोरोना संक्रमित...

मे ४ बाट सबै आन्तरिक उडान बन्द हुने : भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रोक्ने सरकारको निर्णय मे ४ बाट सबै आन्तरिक उडान बन्द हुने : भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रोक्ने सरकारको निर्णय

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै...

Top