Best Khabar Team | २०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२०
संग्रामपुर । गत चैत्र १६ गते भारतको राजधानी दिल्लीबाट नेपाल आएका एक युवकमा कोरोना संक्रमण देखिएको छ । रौतहटको इसनाथ गाउँपालिका बस्ने १९ वर्षका नाम उल्लेख नगरिएका ती युवकमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
रोजगारीको लागि दिल्ली पुगेका ती युवक भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि दिल्लीबाट मोतिहारी जिल्लासम्म औषधी बोकेको ट्रकमा लिफ्ट मागेर आएका थिए । त्यसपछि उनी हिडेरै मध्यरातमा भारतीय सिमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गरेका थिए ।
उनीसँगै आएका अरु दुई जना पनि हालसम्म क्वारेन्टाइनमा रहेको भएपनि उनीहरुमा भने कोरोना देखिएको छैन । ती युवकलाई थप उपचारका लागि हाल वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ । उनमा कोरोना देखिएपछि परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखेर उपचार थालिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धनकुटा र मोरङ्मा भेटिए पहिलो पटक कोरोना संक्रमित, संक्रमितको संख्या २९५ पुग्यो
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०भेडेटार । पूर्वी नेपालको धनकुटा र मोरङ्गमा...
नेपाली दुतावास बर्लिनद्वारा पोल्याण्डको वार्सामा घुम्ती सिबिर सञ्चालन
२०८० आश्विन २७ गते शनिबार
१४ अक्टोबर, २०२३ बर्लिन, जर्मनी । बर्लिनस्थित नेपाली दूतावासको...
साउदी पत्रकार हत्या प्रकरण : ५ जनालाई मृत्युदण्ड, ३ लाई जेल सजायाँ
२०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९ रियाद । सन् २०१८ को अक्टोबर...
‘लकडाउन’ को रुपरेखा परिवर्तन हुने : सरकारले आज औपचारिक निर्णय गर्दै
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । कोरोना संक्रमणलाई मध्यनजर गर्दै २०७६...
Top