न्यायको गुहार माग्दै गंगामाया पुगिन् राष्ट्रसंघको कार्यालयमा

Best Khabar Team | २०७६ माघ २१ गते मंगलबार


०४ फेब्रुअरी, ललितपुर । सशस्त्र युद्धका बेला आफ्ना छोरालाई जर्वजस्ती अपहरण गरी हत्या गरेको घटनामा न्यायमाग्दै गोर्खा फुजेलकी गंगामाया अधिकारी आज नेपालस्थित सयुक्त राष्ट्रसंघका ढोका ढक्ढक्याउन पुगेकी छन् ।

आफ्नो छोराको हत्यामा संलग्नमाथि किटानी जाहेरी दिँदासमेत वर्षौदेखि कारबाही नभएको भन्दै गंगामायाँले राष्ट्रसंघको ध्यानाकर्षण गराएकी हुन् । त्यसक्रममा उनले नेपालस्थित संयुक्त राष्ट्रसंघका आवसीय प्रतिनिधि जुलियाड भ्यालरीसँग भेटवार्ता समेत गरेकी छन् । उनले न्यायको याचना गर्दागर्दै वर्षौं त्यत्तिकै खेर गएको भन्दै न्याय माग्ने क्रममै श्रीमान नन्दप्रसाद अधिकारीको समेत अनसनमै ज्यान गएको बारेमा भ्यालरीलाई जानकारी गराएकी छन् ।

छोराको हत्यामा संलग्नलाई किटानी जाहेरी दिँदासमेत घटनामा संलग्न दोषीलाई कारबाहीको दाहेरामा नल्याएको भन्दै गंगामायाले संयुक्त राष्ट्रसंघीय कार्यालयसमक्ष न्यायको लागि अपिल समेत गरेकी छन् । उनले आफ्नो मागलाई राज्यले वेवास्ता गरेको भन्दै राष्ट्रसंघीय कार्यालयमार्फत् यसलाई अन्र्तराष्ट्रिय करण गरिदिन अनुरोध समेत गरेकी छन् । घटनाका दोषीहरुले राजनीतिक संरक्षण पाइरहेकोतर्फ पनि उनले राष्ट्रसंघको ध्यानाकर्षण गराएकी छन् ।

जवाफमा राष्ट्रसंघकी प्रतिनिधि भ्यालरीले मानवअधिकार हननको घटनामा संलग्नलाई नेपाल सरकारले उन्मुक्ति दिन नमिल्ने बताइन् । त्यस अवसरमा गंगामायाले राष्ट्रसंघको कार्यालयमार्फत् राष्ट्रसंघीय उच्चआयोगलाई न्यायको लागि भन्दै अपिल समेत पेश गरेकी छन् । त्यस क्रममा केही अधिकारकर्मी तथा द्वन्द्व पीडितहरुसमेत सहभागी भएका थिए।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मारवाडी समुदायका आदर्श युवा: जो बनाउँदैछन् महामारीविरुद्ध लड्न ‘डिसइन्फेक्सन बुथ’ मारवाडी समुदायका आदर्श युवा: जो बनाउँदैछन् महामारीविरुद्ध लड्न ‘डिसइन्फेक्सन बुथ’

२०७७ बैशाख ५ गते शुक्रबार

रमेश लम्साल/ प्रदीपराज वन्त (रासस ) – झुस्स दारी...

लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । गत चैत्र ५ गतेदेखि मलुकभर...

युरोपका विभिन्न देशस्थित भारतीय दुतावास घेराउ, सिमा अतिक्रमणको विरोध युरोपका विभिन्न देशस्थित भारतीय दुतावास घेराउ, सिमा अतिक्रमणको विरोध

२०७६ मंशिर १९ गते बिहिबार

०५ डिसेम्बर, २०१९ ब्रसेल्स । भारतले हालै सार्वजनिक गरेको...

बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत

२०७६ पुष १८ गते शुक्रबार

०३ डिसेम्बर, २०२० मार्तडी । बिकट हिमाली जिल्ला बाजुराको...

Top