विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई कोरोनाको ठूलो धक्का : डेढ महिनामा २८ हजार बढीको मृत्यु,

Best Khabar Team | २०७७ बैशाख ४ गते बिहिबार


१६ अप्रिल, २०२०
सुनिल तिवारी न्यूर्योक । विश्वकै सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिकालाई यतिबेला कोरोना भाइरस (कोभिड १९) ले गम्भीर धक्का दिएको छ । त्यसो त विश्वका प्राय सबै देशको लागि कोरोना भाइरस चुनौतीको विषय नबनेको होइन । तर अमेरिकामा कोरोनाले ठूलो जनधनको क्षति पु-याएको छ । अमेरिकामा गएको फेब्रुअरी महिनाको अन्त्यसम्म कोरोनाका कारण २७ जना मात्र संक्रमित भएका थिए । त्यसबेलासम्म एकजनाको पनि ज्यान गएको थिएन । तर मार्च १ तारिखबाट मान्छेको हताहति शुरु भएको थियो ।

झण्डै यो डेढ महिनामा अमेरिकामा कोरोना भाइरस यति शक्तिशाली भएर फैलियो कि यतिबेला विश्वमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा अमेरिकाको नाम पहिलो नम्बरमा रहेको छ । बिहीबार यो समाचार तयार पर्दासम्म अमेरिकाका विभिन्न राज्यमा गरी कोरोनाबाट २८ हजार ५ सय ५४ जनाले ज्यान गुमाईसकेका छन् । अमेरिकाभर हालसम्म कोरोनाका कारण ६ लाख ४४ हजार ३ सय ४८ जना संक्रमित बनिसकेका छन् । कोरोनाका कारण अमेरिकाको न्यूर्योक र न्यूजर्सीराज्य सबैभन्दा बढी प्रभावित बनेको छ ।

यी दुई राज्यमा दैनिक सयौंको संख्यामा मानिसहरुले ज्यान गुमाईरहेका छन् । अमेरिकाका प्रायः सबै राज्यमा कोरोना फैलिएको छ । यहाँको सरकारले नागरिकहरुलाई सुरक्षित तबरले घरभित्रै बस्नका लागि अनुरोध गरेपनि त्यो प्रभावकारी रुपमा लागू भएको देखिएको छैन । जसका कारण संक्रमण फैलँदो छ । मंगलबार र बुधबारको तथ्यांकलाई आधार बनाउने हो भने २ दिनमा अमेरिकामा झण्डै ५ हजार जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । अझ अचम्मको कुरा त के छ भने कोरोनाका कारण ज्यान गुमाउनेमध्ये ५० प्रतिशत बढीले आफ्नै घरमा ज्यान गुमाईरहेका छन् ।

अमेरिकाको न्यूर्योक राज्य अहिले कोरोनाको केन्द्रबिन्दु बन्न पुगेको छ । सरकारले आम नागरिकको लागि तत्कालीन राहतको कार्यक्रम अघि सारेको भएपनि विना कागज अमेरिकामा बसेकाहरुको हकमा भने यो नियम लागू नहुने भएको छ । जसका कारण विशेष गरी विद्यार्थी भिषमा अमेरिका आएका, कागजात विना अमेरिकामा बस्दै आएकाहरुलाई थप समस्या पर्ने देखिएको छ । अमेरिकामा कोरोना दिन प्रतिदिन फैलँदै गएपछि यहाँका अर्थतन्त्र भोलिका दिनमा कस्तो अवस्थामा पुग्ने हो भनेर सहजै अनुमान गर्न नसकिने विज्ञहरुले बताउँदै आएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आम नागरिकलाई सजग र संयमित भएर घरभित्रै बस्न र रोगबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गर्दै आइरहेका छन् । कोरोनाका कारण अमेरिकालगायत विश्वका विभिन्न मुुलुकमा गरी हालसम्म १ लाख ३४ हजार भन्दा बढीको ज्यान गै सकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु,  जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ पुग्यो पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु, जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

२०७७ भाद्र ६ गते शनिबार

२२ अगस्ट, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कारोना संक्रमितमध्ये थप...

देशभर निषेधाज्ञामा थप कडाई गरिँदै : उल्लंघन गर्नेलाई आर्थिक जरिवानासहित  कैदसम्म राखिने देशभर निषेधाज्ञामा थप कडाई गरिँदै : उल्लंघन गर्नेलाई आर्थिक जरिवानासहित कैदसम्म राखिने

२०७८ जेठ १० गते सोमबार

२४ मे, २०२१काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले...

त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ

२०७६ असार ४ गते बुधबार

१९ जुन, २०१९ काठमाडौ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अन्र्तगत...

सडक महोत्सवको निम्तो बाँड्न पोखराबाट सौरहासम्म सडक महोत्सवको निम्तो बाँड्न पोखराबाट सौरहासम्म

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन...

Top