विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई कोरोनाको ठूलो धक्का : डेढ महिनामा २८ हजार बढीको मृत्यु,

Best Khabar Team | २०७७ बैशाख ४ गते बिहिबार


१६ अप्रिल, २०२०
सुनिल तिवारी न्यूर्योक । विश्वकै सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिकालाई यतिबेला कोरोना भाइरस (कोभिड १९) ले गम्भीर धक्का दिएको छ । त्यसो त विश्वका प्राय सबै देशको लागि कोरोना भाइरस चुनौतीको विषय नबनेको होइन । तर अमेरिकामा कोरोनाले ठूलो जनधनको क्षति पु-याएको छ । अमेरिकामा गएको फेब्रुअरी महिनाको अन्त्यसम्म कोरोनाका कारण २७ जना मात्र संक्रमित भएका थिए । त्यसबेलासम्म एकजनाको पनि ज्यान गएको थिएन । तर मार्च १ तारिखबाट मान्छेको हताहति शुरु भएको थियो ।

झण्डै यो डेढ महिनामा अमेरिकामा कोरोना भाइरस यति शक्तिशाली भएर फैलियो कि यतिबेला विश्वमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा अमेरिकाको नाम पहिलो नम्बरमा रहेको छ । बिहीबार यो समाचार तयार पर्दासम्म अमेरिकाका विभिन्न राज्यमा गरी कोरोनाबाट २८ हजार ५ सय ५४ जनाले ज्यान गुमाईसकेका छन् । अमेरिकाभर हालसम्म कोरोनाका कारण ६ लाख ४४ हजार ३ सय ४८ जना संक्रमित बनिसकेका छन् । कोरोनाका कारण अमेरिकाको न्यूर्योक र न्यूजर्सीराज्य सबैभन्दा बढी प्रभावित बनेको छ ।

यी दुई राज्यमा दैनिक सयौंको संख्यामा मानिसहरुले ज्यान गुमाईरहेका छन् । अमेरिकाका प्रायः सबै राज्यमा कोरोना फैलिएको छ । यहाँको सरकारले नागरिकहरुलाई सुरक्षित तबरले घरभित्रै बस्नका लागि अनुरोध गरेपनि त्यो प्रभावकारी रुपमा लागू भएको देखिएको छैन । जसका कारण संक्रमण फैलँदो छ । मंगलबार र बुधबारको तथ्यांकलाई आधार बनाउने हो भने २ दिनमा अमेरिकामा झण्डै ५ हजार जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । अझ अचम्मको कुरा त के छ भने कोरोनाका कारण ज्यान गुमाउनेमध्ये ५० प्रतिशत बढीले आफ्नै घरमा ज्यान गुमाईरहेका छन् ।

अमेरिकाको न्यूर्योक राज्य अहिले कोरोनाको केन्द्रबिन्दु बन्न पुगेको छ । सरकारले आम नागरिकको लागि तत्कालीन राहतको कार्यक्रम अघि सारेको भएपनि विना कागज अमेरिकामा बसेकाहरुको हकमा भने यो नियम लागू नहुने भएको छ । जसका कारण विशेष गरी विद्यार्थी भिषमा अमेरिका आएका, कागजात विना अमेरिकामा बस्दै आएकाहरुलाई थप समस्या पर्ने देखिएको छ । अमेरिकामा कोरोना दिन प्रतिदिन फैलँदै गएपछि यहाँका अर्थतन्त्र भोलिका दिनमा कस्तो अवस्थामा पुग्ने हो भनेर सहजै अनुमान गर्न नसकिने विज्ञहरुले बताउँदै आएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आम नागरिकलाई सजग र संयमित भएर घरभित्रै बस्न र रोगबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गर्दै आइरहेका छन् । कोरोनाका कारण अमेरिकालगायत विश्वका विभिन्न मुुलुकमा गरी हालसम्म १ लाख ३४ हजार भन्दा बढीको ज्यान गै सकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने

२०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२०काठमाडौं । मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री केपी...

कोरोना महामारीकैबीच पहिलोपटक युरोपेली देश डेनमार्कले यसरी खोल्यो ‘प्राइमरी स्कुल’ कोरोना महामारीकैबीच पहिलोपटक युरोपेली देश डेनमार्कले यसरी खोल्यो ‘प्राइमरी स्कुल’

२०७७ जेठ १ गते बिहिबार

१४ मार्च, २०२०कोपनहेगन, डेनमार्क । डेनमार्क युरोपको यस्तो एउटा...

विश्वमा पहिलोपटक कोरोना भाइरसबाट कुकुरको मृत्यु, अमेरिकामा ‘जर्मन सेफर्ड’ प्रजातिको कुकुरमा कोरोना संक्रमण पुष्टि विश्वमा पहिलोपटक कोरोना भाइरसबाट कुकुरको मृत्यु, अमेरिकामा ‘जर्मन सेफर्ड’ प्रजातिको कुकुरमा कोरोना संक्रमण पुष्टि

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०न्युर्योक, अमेरिका । कोरोना भाइरसबाट पहिलोपटक विश्वमा...

चर्चित बलिउड अभिनेता सुशान्त सिंहको शंकास्पद मृत्यु, पोष्टमार्टम रिपोर्ट आउन बाँकी चर्चित बलिउड अभिनेता सुशान्त सिंहको शंकास्पद मृत्यु, पोष्टमार्टम रिपोर्ट आउन बाँकी

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०नयाँदिल्ली, भारत । भारतका चर्चित अभिनेता सुशान्त...

Top