Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०
साल्मिया, कुबेत । अन्ततः महिनौदेखि कुवेतमा अलपत्र परेका नेपालीहरुको उद्दारको काम शुरु भएको छ । कुवेत सरकार, कुवेतमा रहेको नेपाली दुतावास, गैरआवासीय नेपाली संघ कुवेत र नेपाल सरकारको संयुक्त पहलमा कुवेतमा रहेका १ सय ६८ जना नेपालीको पहिलो चरणमा उद्दार हुने लागेको हो । पहिलो चरणमा उनीहरुलाई लिएर कुवेतबाट यहाँको जजिया एयरवेजको विमान भोलि काठमाडौंका लागि उड्ने तयारीमा जुटेको छ ।

कुवेतस्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार कुवेतको समय अनुसार बुधबार बिहान ७ बजे सरकारी सेल्टरमा रहेका नेपालीहरुलाई लिएर जजिरा एयरवेजको विमान काठमाडौंका लागि प्रस्तान गर्नेछ । यसरी पहिलो चरणमा कुवेतबाट नेपाल लैजान लागिएकाहरुमा बालबालिका र उनका आमा बुबा, विरामी, दीर्घरोगका कारण औषधी खाइरहेकाहरु, नेपालमा आफन्त गुमाएकालगायत उच्च प्राथमिकतामा परेकाहरु रहेको बताइएको छ । कुवेती सरकारको सेल्टरमा रहेका उनीहरुलाई यहाँको प्रहरीले सेल्टरबाटै उठाएर विमानस्थल हुँदै विमानसम्म पु-याउनेछ ।
त्यसपछि उनीहरुलाई विमानमा राखेर नेपाल पठाउने तयारी भै रहेको छ । यसरी उद्दार गर्न लागिएकाहरु विगत लामो समयदेखि नेपाल फर्कन मागगर्दै कुवेतस्थित नेपाली दुतावास अगाडि पटक–पटक दबाबमूलक कार्यक्रम गर्दै आएकाहरु रहेका छन् । उनीहरुमध्ये कतिपयको कुवेत बसाईको भिषा समेत सकिएको छ । यस्तै कतिपयले तोकेको कम्पनीभन्दा बाहिर गएर काम गर्ने गरेको र चेकजाँचका क्रममा उनीहरुलाई यहाँको सरकारले पक्राउ समेत गरेको थियो । कतिपयले कारबाही समेत भोगेका छन् ।
केहीलाई भने सरकारले कोरोना कहरकै बीच कारबाही तथा अन्य कानुनी उल्झनबाट मुक्त गरिदिएको थियो । भोलि पहिलो चरणमा १ सय ६८ जनालाई लिएर विमान उड्ने भएपनि आवश्यकता अनुसार आउँदा दिनमा नेपाली दुतावासँग समन्वय गरेर थप उडान गर्न सकिने कुवेत सरकारको भनाई छ । कुवेतमा हाल करिब ४ हजारको संख्यामा नेपालीहरु नेपाल जाने पर्खाईमा रहेको बताइएको छ । (*सच्चाईएको । )

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा
२०७७ माघ ३० गते शुक्रबार
१२ फेब्रुअरी, २०२१काठमाडौं । मान्छेको मृत्यु भएपछि उसको भौतिक...
सुनसरीमा गाडी र माइक्रो ठोक्किँदा ४ को मृत्यु, १३ घाइते
२०७६ माघ १९ गते आइतबार
०२ फेबुअरी, २०२० इनरुवा । पूर्वी नेपालको सुनसरीमा आज...
इरान–अमेरिका ‘युद्धको संघारमा’ ! , तोकियो अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकाको मूल्य
२०७६ पुष २१ गते सोमबार
०७, जनवरी, २०२० बग्दाद । इराकको राजधानी बग्दादस्थित अन्र्तराष्ट्रिय...
अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प
२०७६ असार २० गते शुक्रबार
०५ जुलाई, २०१९क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा गएराति गएको भूकम्पले...
Top