Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२०
चरिकोट । एकैदिन ८३ जना कोरोना संक्रमित भेटिएपछि एकाएक कोरोनाको सन्त्रास बढेकै दिन नेपालमा आज मध्यरातमा भूकम्प गएको छ । नेपाली समय अनुसार आज राति ११ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार दोलखा जिल्लाको जुगुलाई केन्द्र बनाएर गएको सो भूकम्प ५ दशमलव ३ रेक्टर स्केलको मापन गरिएको छ । भूकम्पको धक्का पश्चिममा पोखरा र पूर्वमा उदयपुरसम्म महशुस भएको थियो । यस्तै भारत र चीनका केही भूभागमा समेत भूकम्पको धक्का महशुस गरिएको बताइएको छ ।
काठमाडौं उपत्यका र आसपासमा पनि भूकम्पको धक्का राम्ररी महशुस भएपछि कतिपय मानिसहरु आत्तिएर मध्यरातमा घर बाहिर निस्केका थिए । कोरोनाका कारण सिँगो देश लकडाउनमा भएका बेला एक्कासी मध्यरातमा भूकम्प गएपछि मानिसहरु त्रसित बनेका छन् ।

आज राति गएको सो भूकम्प २०७२ सालमा गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर आएको भूकम्पकै पराकम्पन भएको बताइएको छ । भूकम्पले कुनै जनधनको क्षति भएको जानकारी प्राप्त भएको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
करिब ३२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईँदै
२०८० कार्तिक १७ गते शुक्रबार
०३ नोभेम्बर, २०२३काठमाडौं । देशभरका करिब ३२ लाख बालबालिकालाई...
भारतमा तेश्रोपटक फेरि थपियो ‘लकडाउन’
२०७७ बैशाख १९ गते शुक्रबार
०१ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको...
इटलीको मिलानमा भ्रमण वर्ष २०२० सम्बन्धी कार्यक्रम
२०७६ फाल्गुन ७ गते बुधबार
१९ फेब्रुअरी, २०२०मिलान । नेपालमा नेपाल भ्रमण वर्ष २०२०...
स्वीट्जरल्याण्डमा पनि भेटियो कोरोना भाइरस संक्रमित
२०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२० जुरिच । युरोपेली मुलुक स्वीट्जरल्याण्डमा पहिलोपटक...
Top