युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो

Best Khabar Team | २०७७ माघ १५ गते बिहिबार


२८ जनवरी, २०२१
पोर्तिमाउ, पोर्चुगल । पछिल्ला केहीदिनयता युरोपेली मुलुक पोर्चुगलमा कोरोना संक्रमण तीव्रगतिमा फैलिएपछि जारी लकडाउनलाई आगामी फेब्रअरी १५ सम्मका लागि विस्तार गरिएको छ । सरकारले देशव्यापी रुपमा लागू गरेको ‘कडा लडकडाउन’ कै बीच दैनिकरुपमा कोरोना संक्रमित तथा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आकासिँदै गएपछि सरकारले स्थिति अत्यन्तै गम्भीर बनेको निष्कर्षसहित लकडाउनको समयावधि थप गरेको हो ।

तस्वीर साभार : याहुन्यूज क्यानेडा ।

गतवर्ष कोरोना भाइरसकै कारण यहाँको सरकारले मार्चको अन्तिम सातादेखि जुनको तेश्रो सातासम्म लकडाउन गरेको थियो । तर यो वर्ष जनवरीको पहिलो सातादेखि नै कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि सरकारले आकस्मिक रुपमा लकडाउन घोषणा गरेको हो । हाल घोषित लकडाउन जनवरी ३१ तारिकको मध्यरातसम्म लागू गरिएको भएपनि आजमात्रै यहाँको संसदमा लकडाउन बढाउने विषयमा मतदान भएको छ । मतदानमा आगामी फेब्रुअरी १५ तारिखसम्मका लागि लकडाउन लम्ब्याउने प्रस्ताव बहुमतले पारित भएको छ । यद्यपि लकडाउनका कारण देशको अर्थतन्त्र चपेटामा परेको भन्दै कतिपय सांसदका सदस्यहरुले लकडाउन खोल्नुपर्ने बताउँदै आएका थिए ।

सिमा बन्द
सरकारले छिमेकी मुलुक स्पेनसँगको सबै सिमालाई आगामी फेब्रुअरी १५सम्मका लागि बन्द गर्ने निर्णय पनि गरेको छ । जमिनसँग सिमाना जोडिएको पोर्चुगलको एकमात्रै छिमेकी मुलुक स्पेनपनि यतिबेला कोरोना भाइरसको दोश्रो लहरको चपेटामा परिरहेको बेला संक्रमण बढ्न नदिन पोर्चुगल सरकारले स्पेनसँगको स्थलमार्ग बन्द गर्ने निर्णय गरेको हो । सरकारले भोलिबाट लागूहुने गरी आगामी २ साताको लागि पहिलो चरणमा स्पेनसँगको नाका बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीद्वारा चेतावनी
यहाँका प्रधानमन्त्री एन्तोनियो कोस्टाले बिहीबार सञ्चारकर्मीसँग पोर्चुगल अहिले कोरोनाका कारण अत्यन्तै भयानक स्थितिबाट गुज्रिरहेको भन्दै भोलिका दिनमा उत्पन्न हुनसक्ने थप भयानक परिणामको लागि तयार रहन सबैलाई आग्रह गरेका छन् । ‘पोर्चुगलले अहिले अत्यन्तै भयानक र दुःखद अवस्थाको सामना गरिरहेको छ, त्यसका लागि नागरिकहरुले लकडाउनलाई अक्षरशः पालना गर्नुको विकल्प छैन’ प्रधानमन्त्री कोस्ताले भने ।

तथ्यांक साभार : ओल्डोमिटर डटकम ।

यहाँको स्वास्थ्य सेवा विभागले बिहीबार अपरान्ह जारी गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका कारण पोर्चुगलमा ३ सय ३ जनाले ज्यान गुमाएका छन् भने १६ हजार ४ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् । यो पोर्चुगलमा हालसम्म (२४ घण्टाभित्र) संकलित सबैभन्दा धेरै तथ्यांक हो ।

सार्वजनिक पार्क बन्द, कफि पसलमा पनि टेकवे सेवा मात्रै
गएको जनवरी १५ तारिखदेखि पोर्चुगल सरकारले विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिदिएको छ । यस्तै, सार्वजनिक बगैंचा तथा त्यहाँ रहेका कुर्चीहरुमा सर्वसाधारणलाई बस्न प्रतिबन्ध लगाइएको छ । रेस्टुरेन्टहरुलाई पनि ‘टेकवेसेवा’ मात्रै प्रदान गर्ने गरी अनुमति प्रदान गरेको छ । तैपनि कोरोना संक्रमितहरुको संख्या दैनिक बढ्न थालेको छ । सरकारले सडकमा भेटिएकाहरुलाई अत्यावश्यक काममा निस्कनुको आधिकारिक कारण खोज्दै चित्त बुझ्दो कारण नदेखिए जरिवाना गर्ने तथा घर फर्काउने सम्मका अभियान चलाईरहेको भएपनि कोरोना संक्रमण दिनहुँ आकासिँदै गएको छ । यस्तै कफिपसलहरुमा समेत बसेर कफि पिउने सुविधा कटौती गरिएको छ । जहाँ टेकवेसेवामात्रै प्रदान गरिएको छ । सरकारले एउटा नगरपालिकाबाट अर्को नगरपालिकामा यात्रा गर्दा पनि ‘आवश्यक कारण’ खोजेको छ ।

अस्पतालहरु भरिभराउ
कोरोनाकाका विरामीहरु बढ्दै गएपछि राजधानी लिस्बोनलगायत देशका अधिकांश अस्पतालहरु भरिभराउ भएका छन् । राजधानी लिस्बोनका सरकारी अस्पताल अगाडि कोरोनाका ‘गम्भीर’ विरामी बोकेका एम्बुलेन्सहरु घण्टौंसम्म बेड खाली हुने आशामा बाहिर कुरिरहेका दृश्यहरु विभिन्न सञ्चारमाध्यमहरुमा देखिएका छन् । चिकित्सकहरुले स्वास्थ्य सेवा नै ध्वस्त हुनसक्ने भन्दै सरकारलाई कडा लडडाउन गर्न सुझाव दिएको भएपनि राजधानी लिस्बन बाहिरका अधिकांश शहरहरुमा लकडाउनलाई नागरिकहरुले कडाईका साथ पालना गरिएको देखिँदैन ।

तथ्यांक साभार : ओल्डोमिटर डटकम ।

छिमेकी मुलुक स्पेन तथा जर्मनी, लक्जेम्बर्गलगायतका देशको सरकारले कोरोना संक्रमितको उपचारमा सहयोग गर्ने बताउँदै आएको भएपनि अहिलेसम्म यहाँका संक्रमितहरुलाई उपचारका लागि बाहिर लगेको भन्ने समाचार सार्वजनिक भएको छ । विशेष गरी क्रिसमस तथा नयाँ वर्षका बेला तुलनात्मक रुपमा यहाँको हवाई तथा स्थलमार्गबाट हुने पर्यटकीय गतिविधि खुकुलो भएका कारण कोरोना संक्रमण तीव्र बनेको अधिकारीहरुको ठम्याई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमै पहिलो पटक धार्मिक महत्व बोकेको ‘सुनौलो रंगको कछुवा’ भेटियो नेपालमै पहिलो पटक धार्मिक महत्व बोकेको ‘सुनौलो रंगको कछुवा’ भेटियो

२०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०जनकपुर, धनुषा । नेपालमा पहिलो पटक स्वर्ण...

पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो

२०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो...

सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारलाई भन्यो : ‘कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गरियोस्’ सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारलाई भन्यो : ‘कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गरियोस्’

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा...

महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०१९कपिलबस्तु। वर्षौदेखि किसानहरुको उखुको मूल्य भुक्तानी नगर्ने...

Top