Best Khabar Team | २०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०
काठमाडौं । लकडाउनका कारण ७ हप्तादेखि अवरुद्ध रहेको देशका सबै अस्पतालहरुको ओपिडी सेवा पुनः सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । लकडाउनका कारण नियमित स्वास्थ्य चेकजाँच गर्न नपाएका आम सर्वसाधारणलाई मध्यनजर गर्दै मन्त्रालयले यो निर्देशन दिएको जनाएको छ । योसँगै सोमबारदेखि देशभरका अस्पतालहरुले आवश्यक सावधानी अपनाएर ओपिडी सेवा सञ्चालन गर्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ एक विज्ञप्ति निकालेर आम नागरिकले लामो समयदेखि अस्पतालको सेवा अवरुद्ध हुँदा नियमित स्वास्थ्य उपचारमा समस्या भोग्नुपरेको भन्दै कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक पर्ने सबै मापदण्ड पुरा गरेर अस्पतालहरुलाई स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति दिएको हो ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि लकडाउन भएसँगै देशका अधिकांश अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका थिए । यस्तै कतिपय अस्पतालले आफ्नो अस्पतालमा कोरोनाको परीक्षणलाई मात्र निरन्तरता दिएका थिए । मन्त्रालय अन्र्तगतको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीको नाममा जारी विज्ञप्तिमा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सेवालाई सुरक्षित ढंगले अघि बढाउन भनिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु
२०७७ श्रावण १७ गते शनिबार
०१ अगस्ट, २०२०तम्घास, गुल्मी । पहिरोसँगै खसेको ढुंगाले च्यापेर...
नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै धेरै संक्रमित
२०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०काठमाडौं । पछिल्लो केही समययता फैलिएको कोरोना...
नेपालमा कोरोना संक्रमण रोक्न सरकारले गरेको प्रयास सकारात्मक
२०७६ चैत्र २९ गते शनिबार
काठमाडौं । नेपाल सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म गरेको...
नेपालमा कोरोनाबाट चौथो मृत्यु : दाहसंस्कार गरेको ८ दिनपछि कोरोना पुष्टि
२०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२०बारा । वीरगञ्जमा गत जेठ ४ गते...
Top