Best Khabar Team | २०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०
काठमाडौं । लकडाउनका कारण ७ हप्तादेखि अवरुद्ध रहेको देशका सबै अस्पतालहरुको ओपिडी सेवा पुनः सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । लकडाउनका कारण नियमित स्वास्थ्य चेकजाँच गर्न नपाएका आम सर्वसाधारणलाई मध्यनजर गर्दै मन्त्रालयले यो निर्देशन दिएको जनाएको छ । योसँगै सोमबारदेखि देशभरका अस्पतालहरुले आवश्यक सावधानी अपनाएर ओपिडी सेवा सञ्चालन गर्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ एक विज्ञप्ति निकालेर आम नागरिकले लामो समयदेखि अस्पतालको सेवा अवरुद्ध हुँदा नियमित स्वास्थ्य उपचारमा समस्या भोग्नुपरेको भन्दै कोरोना संक्रमणबाट बच्नका लागि आवश्यक पर्ने सबै मापदण्ड पुरा गरेर अस्पतालहरुलाई स्वास्थ्य सेवा सञ्चालन गर्न अनुमति दिएको हो ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि लकडाउन भएसँगै देशका अधिकांश अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका थिए । यस्तै कतिपय अस्पतालले आफ्नो अस्पतालमा कोरोनाको परीक्षणलाई मात्र निरन्तरता दिएका थिए । मन्त्रालय अन्र्तगतको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीको नाममा जारी विज्ञप्तिमा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सेवालाई सुरक्षित ढंगले अघि बढाउन भनिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रतिनिधिसभा पुर्नस्थापना ! (सर्वोच्चको फैसलासहित)
२०७७ फाल्गुन ११ गते मंगलबार
२३ फेब्रुअरी, २०२१काठमाडौं । सर्वोच्च अदालतले विघठित प्रतिनिधि सभालाई...
तरकारी नष्ट गरिएको घटनाप्रति कृषि मन्त्रालयको ध्यानाकर्षण, निर्वाधरुपमा विक्री वितरण गर्न आग्रह
२०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०काठमाडौं । कोरोनाको बहानामा देशका विभिन्न जिल्लामा...
‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा
२०७७ माघ ३० गते शुक्रबार
१२ फेब्रुअरी, २०२१काठमाडौं । मान्छेको मृत्यु भएपछि उसको भौतिक...
१० लाख पर्यटक भित्र्-याउने लक्ष्यसहित प्रदेश नम्बर १ ले छान्यो सद्भावना दूत
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रदेश नम्बर १ ले...
Top