Best Khabar Team | २०७६ पुष २१ गते सोमबार
बैदेशिक रोजगारीका लागि जन्मभूमिलाई छाडेर कर्मभूमि कतारमा छु यतिबेला । विश्व ब्रम्हाण्डमा ठूलै हलचल ल्याएको कोरोना (कोभिड १९) को बारेमा धेरै सुनेँ । समाचारहरु पढेँ । चीन, इटलीलगायत युरोपेली मुलुक तथा अमेरिकालगायतका देशमा यसले निम्ताएको ताण्डबको बारेमा म राम्ररी जानकार थिएँ । कहिलेकाँही सोच्थे, म आफैंलाई लाग्यो भने के होला ? ढाड दुख्ने समस्याले सताएपछि करिब ३ साता अघि म अस्पताल गएको थिएँ चिकित्सकसँग चेकजाँचका लागि । अस्पताल जाँदा मलाई सामान्य खोकी थियो । जुन मैले थाहा पाउने भएपछि बर्षमा कहिले तीनचार पटक त कहिले दुईपटकसम्म लाग्ने गर्दछ ।
ठाउँ र मौसम विशेष र हावापानीबाट रुघाखोकी र ज्वरो आउँछ भन्ने विषय मलाई राम्ररी थाहा छ । त्यसैले कोरोनाको प्रारम्भिक चरण पनि यस्तै हुन्छ भन्नेमा स्पष्ट थिएँ । मेरो मन मस्तिष्कमा यस्तो भावना खेलिरहँदा सपना जस्तै भयो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मलाई ढाडको उपचार गर्न छाडेर चिकित्सकले स्वाब परीक्षणका लागि ल्याबमा पठाईदिए । ल्याबमा स्वाब छाडेर बाहिर आउँदासम्म मलाई आफू कोरोना संक्रमित हुन्छु होला भन्ने एकरति विश्वास थिएन । । तर यो मेरो सोच धेरैबेर टिक्न पाएन ।
विश्वका लाखौं मानिसमा फैलिएको कोरोना संक्रमितको सूचमा म पनि थपिएँ । कोरोना संक्रमण भएको पुष्टिसहितको म्यासेज आउँदा हात खुट्टा पुरै काँप्यो । आफूले टेकेको जमिन हल्लिएको र आकाश पनि फनफनी घुमेको अनुभूति भयो । म्यासेज पुरै हेरिसक्न नपाउँदै हातको मोबाइल भुँइमा झर्यो तत्कालै कम्पनीको नर्सले बाहिर एकान्तमा बस्नका लागि निर्देशन दिइन् । उनको निर्देशनलाई शिरोपर गरी म करिब १० मिनेट जस्तो बाहिर एकान्तमा बसेँ, तर त्यो १० मिनेट मेरालागि १० दिनको समय जस्तो बन्यो । रोजगारीका लागि धेरै साथीहरु यतिबेला कतारको दोहामा छन् ।
काम र घर जता पनि प्रायः नेपालीहरु सँगैजसो हुन्छन् । म बस्ने घर र दायाबायाँ काम काम गर्ने सबै नेपालीहरुले थाहा पाए मलाई कोरोना भयो भनेर । म बाहिर बसिरहँदा मेरो वरपर यति ठूलो भीड जम्मा भयो कि त्यो भिड देखेर मलाई एउटा जघन्य अपराध गरेको अपराधीको जस्तो महशुस भयो । तर उनीहरुले मलाई अपराधीको रुपमा नभै म प्रति देखाएको सद्भाव र सुभेच्छालाई मैले आत्मसाथ गरिरहेको थिएँ । कतिपयले वरपरका घरको झ्यालबाट पनि मलाई नियालिरहेका थिए । कतिले बोलेरै त कतिले मनमनै मलाई कोरोना जित्नको लागि शुभकामना दिइरहेका थिए । मनलाई ढुँगा जस्तो गहु्रँगो बनाएर बस्नुको विकल्प पनि त थिएन नि त मसँग ।
अरु रोग लागेको विरामी जस्तो तत्काल अस्पलतामा गएर आकस्मिक कक्षमा भर्ना हुने विमार ममा थिएन । त्यसो त म अस्पताल परिसरमै थिएँ । तर यो रोगसँग लड्न आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्ने थियो । यही बस भनेर निर्देशन दिने नर्स केहीबेरपछि फेरि त्यही आइन् । उनले मलाई ८ फिट जति अगाडि राखेर हिँड्दै नजिकै रहेको अस्पतालको आइसोलेसनमा जानको लागि आग्रह गरिन् र मलाई पछ्याईन् । करिब पाँच मिनेटको यो आइसोलेसन कक्षसम्मको पैदल यात्रका क्रममा मेरा मनले के मात्रै सोचेनन् ?
सायदै जीवनमा पहिलो पटक सबै साथीबाट साकारात्मक उर्जा र मेरो स्वास्थ्यलाभको कामना गरिएको यो पहिलो घटना थियो विदेशी भूमिमा । सात समुद्रपारीको एउटा विरानो मुलुकमा आफ्नो कर्मरुपी डोरोसँगै तारिएर आएकाहरुले यतिबेला एउटा साथी र एक नेपाली आमाको सन्ताको नाताले मलाई कोरोना जित्नका लागि प्राथना र पुकार गरिरहेको देख्दा मैले उनीहरुप्रति मनबाटै धन्यावाद दिइरहेको थिएँ । तर मनको एकापट्टि कुनाको भारी अझै हलुँगो भएको थिएन, फलस्वरुप आँखा रसाउन थाले, तर मनमनै आँसुलाई भनेँ, बाहिर ननिस्क ल ?
आफ्ना मुटुका टुक्राजस्ता सन्तान, भगवान् सरहका बाबुआमा र आफ्ना प्यारा श्रीमान् तथा प्यारी जीवन सँगीसँग बाध्यताबस टाढा भएर विरानो भूमिमा कर्मसँग पौठाजोरी खेल्न यहाँ आइपुगेकाहरुको अनुहार एकपटक सरर्सती हेरेँ । सबै उदास देखिन्थे । सबैको अनुहार फिक्का जस्तो लाग्थ्यो । सबै साथीहरुको एउटै पुकार मेरो शीघ्र स्वाथ्यलाभको कामना थियो । त्यो क्षण मेरो स्मृतिबाट सायदै कहिल्यै मेटिँदैन होला मेरो जीवन रहेसम्म ।
मेरो वरिपरी रहेका साथीहरु मलाई सहानुभूति दिँदै मन अमिलो बनाउँदै आफ्नो कर्मस्थलतिर लागे । अघिसम्म मलाई हौषला दिने साथीहरु एकाएक तितरवितर भएपनि मेरो मन खिन्न भयो, घरपरिवार सम्झे, आमाबुबालाई सम्झे र भगवान पुकारेँ । शरीर थर्रथर काँपिरहेको थियो । के गर्ने कहाँ जाने केही सोच्नै सकेको थिएन । अरु रोग लागेको विरामी जस्तो तत्काल अस्पलतामा गएर आकस्मिक कक्षमा भर्ना हुने विमार ममा थिएन । त्यसो त म अस्पताल परिसरमै थिएँ । तर यो रोगसँग लड्न आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्ने थियो । यही बस भनेर निर्देशन दिने नर्स केहीबेरपछि फेरि त्यही आइन् । उनले मलाई ८ फिट जति अगाडि राखेर हिँड्दै नजिकै रहेको अस्पतालको आइसोलेसनमा जानको लागि आग्रह गरिन् र मलाई पछ्याईन् । करिब पाँच मिनेटको यो आइसोलेसन कक्षसम्मको पैदल यात्रका क्रममा मेरा मनले के मात्रै सोचेनन् ? मेरो जन्मघर झापाको मेचीनगर, मेरो परिवार आफन्त सबैलाई एकपटक सर्सती सम्झनँ भ्याएँ । पाँच मिनेटपछि म अस्पतालको क्वारेन्टाइन पुगेँ ।
नाम क्वारेन्टाइन भएपनि कोरोना पीडितको आश्रम थियो त्यो । एकछिन अघिसम्म मनमा अनेकन कुरा खेलाइरहेको म कोरोना आश्रममा पुगेपछि केही हल्का महसुस गर्न पुगेँ । किनकी म जस्ता दर्जनौं मानिस त्यहाँ भेटिए । अनुहारको बनोट, छालाको रंग, लिंग, भाषा, धर्म बेग्लै थियो, तर सबैको पीडा र रोग एउटै थियो । अनि सबैको त्रासदी उस्तै थियो । त्यो भीडमा कतिपय चिनेका साथीहरु पनि देख्दा भने अब बाँचिन्छ भन्ने भान हुन थाल्यो । सबै डराएर बसेका थिए सबैको अनुहार मलिन थियो, डरले मनमा डेरा जमाएकाले होला बोल्न पनि सबैलाई अप्ठेरो भै रहेको भान हुन्थ्यो । त्यहाँ रहँदा मैले सबैसँग चिनजान गरे । त्यहाँ भएका नेपालीहरुमध्ये धेरैजसो तराईका जिल्लाबासी हुनुहुन्थ्यो ।
अघिसम्म आफूलाई मात्र संक्रमित देख्ने मेरा आँखाले अब धेरैलाई संक्रमित देख्यो । कोरोना जितेका मान्छेहरुको कथा मैले पनि पढेको थिएँ जुनकुरा मैले माथि नै उल्लेख गरिसकेँ । अनि एउटै मातृभूमिबाट आएका तर आफूभन्दा दुःखी र कमजोर मन भएका साथीहरुलाई सम्झाउन थाले । उनीहरुलाई हँसाउन प्रयास गरेँ, भलै म आफैं संक्रमित हुँ, तर मलाई थाहा थियो कि कोरोलाई जित्न सकिन्छ, त्यसका लागि सकारात्मक सोच र सावधानी अपरिहार्य हुन्छ । सबैको रोग एउटै थियो तर व्यक्ति पिच्छे लक्षण फरक फरक थियो । केही सामन्य खोकी मात्र लागेको बताउँथे । कसैलाई सामान्य ज्वरो मात्रै थियो । त्यहाँ बस्दाबस्दै संक्रमितको संख्या थपिने क्रम थारी थियो । यसरी थपिने पनि कोही हाँस्दै आउँथे त कोही निराश बनेर ।
मिनेट, घण्टा हुँदै समयले दिनको फन्को मार्न थाल्यो । अब त अस्पताल बसेको पनि ७ दिन पुरा हुन लागिसकेछ । यसबीचमा साथीभाईसँगको कुराकानी, अस्पताको वातावरण तथा अन्य विरामीको अवस्था देखेर कोरोनालाई जित्न सक्छु भन्ने आत्मविश्वास ममा बढ्न थाल्यो । अनि त्यहि उति नै बेला हिम्मतका साथ सामाजिक संजालबाट आफूलाई कोरोना र आफ्नो पछिल्लो अवस्थाको बारेमा घरपरिवार तथा सबैलाइ सार्वजनिक रुपमै जानकारी गराएँ ।
मिनेट, घण्टा हुँदै समयले दिनको फन्को मार्न थाल्यो । अब त अस्पताल बसेको पनि ७ दिन पुरा हुन लागिसकेछ । यसबीचमा साथीभाईसँगको कुराकानी, अस्पताको वातावरण तथा अन्य विरामीको अवस्था देखेर कोरोनालाई जित्न सक्छु भन्ने आत्मविश्वास ममा बढ्न थाल्यो । अनि त्यहि उति नै बेला हिम्मतका साथ सामाजिक संजालबाट आफूलाई कोरोना र आफ्नो पछिल्लो अवस्थाको बारेमा घरपरिवार तथा सबैलाइ सार्वजनिक रुपमै जानकारी गराएँ । घरपरिवार र साथीभाईले मप्रति देखाएको सहानुभूति र स्वास्थ्यलाभको कामना भनेर लेखिएका सन्देशहरु मेरो लागि ‘कोरोना जित्ने क्याप्सुल’ बन्यो ।
यसबीचमा म निरन्तर रुपमा अस्पतालमा चिकित्सक तथा नर्सहरुको निगरानी र साथीभाईको बीचमै छु । मसँगै आएका र कतिपय म भन्दा पछि आएकाहरु पनि यहाँबाट डिस्चार्ज भएर घर गै सकेका छन् नयाँ संक्रमित पनि थपिने क्रम पनि जारी छ । आज म अस्पताल बसेको २२ दिन पुरा भयो । हिजो मेरो एउटा रिपोर्ट आएको छ । यहाँको सरकारले तोकको मापदण्ड अनुसार मोबाइल एप्समा आएको यो सन्देश पँहेलो रंगमा छ । यसको मतलव म अब खतरा मुक्त छु भन्ने हो । किनभने खतरापूर्ण व्यक्तिको लागि रातो रंगमा सन्देश प्रवाह गरिएको हुन्छ । कतार सरकारले सर्बजनिक गरेको मोबाइल एप्स मार्फत जानकारी मोबाइल मै आउने भएकोले रातो पछि मेरो पहेँलो रिपोर्ट आएपछि मन हलुँगो भएको छ । यस्को मतलब मलाई अब आइसोलेस क्वरेटाइन वार्डमा सारिएको छ ।
अबको दुई दिन मैले यहाँ बस्नैपर्ने हुन्छ । जुन ३ तारिक सम्म म यही क्वारेन्टाइनमा हुनेछु । जब हरियो रंगको म्यासेट आउँछ त्यसपछि मैले कोरोनालाई जित्नेछु र पूर्णरुपमा निको भएर म कोठामा फर्कने छु । अझै पनि धेरै कोरोना संक्रमित आमाबुबा, दाजुभाई दिदीबहिनीहरु आफूलाई कोरोना लागेको बारेमा गुपचुप हुनुहुन्छ । कतिपयको आआफ्नै बाध्यता पनि होलान् तर सबैलाई मनदेखि नै आग्रह गर्दछु कि यस्ता संकीर्ण सोचबाट हामी टाढा बस्नुपर्दछ । कोरोना संक्रमणको यो करिब ३ साताको अनुभवले आफु स्वयं संक्रमित भएर बस्नेहरुले आफ्नो बारेमा सार्वजनिक नगर्दासम्म उनीहरुमा यी दुई कुरा समस्या पर्ने मैले देखेको छु ।
पहिलो संक्रमित भएर मनमा चिसो पालेर जो बसेका छन्, उनीहरुले आफूलाई मृत्युको पञ्जामा परेको महसुस गरेर आफूले आफ्नै आत्माबल गिराईरहेका छन् । तर यसको विपरित संक्रमित भए पनि आफूले सार्वजनिक रुपमा जानेको, भोगेको ज्ञान र सिपलाई सबैमाझ पु¥याउन सकियो भने आफैमा एउटा उत्साह आउँछ ।
जुन आत्मबल बढाउने औषधी पनि हो जस्तो मलाई लाग्दछ । मैले यो अनुभव यहाँहरुमाझ साटिरहँदा नेपाल पत्रकार माहासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मिया दाइलाइ सम्झन्छु ।करिम दाइले संक्रमित भएर आइसुलेसन र क्वरेनटाइनमा बसेको बेला सुनाउनुभएको अनुभव, हौसला, सुझावले आत्माबल कसरी प्रप्त गर्ने भन्ने कुरा सिकाइदियो ।
दोस्रो कुरा, कोरोना संक्रमित भएको बेलामा आफु कसरी खुसी हुने, त्यसका माध्यमहरु के के छन् ? यस्ता विषयहरु खोजी खोजी पढ्नुपर्दछ, जानेकाले अरुलाई अनुभव साट्नुपर्दछ । म सामाजिक संजाल मार्फत सार्वजनिक भएपछि धेरै साथिहरु, जो यस रोगको खतरामा हुनुहुन्छ उहाँहरु मसँग जोडिनु भयो र के हुदो रहेछ कस्तो हुदो रहेछ भनेर सोध्नुभयो । अहिले पनि उहाँहरुले मेरो अवस्था र अन्य जिज्ञासा सोधिरहनुभएको छ ।
विश्वका लाखौं मानिसमा फैलिएको कोरोना संक्रमितको सूचमा म पनि थपिएँ । कोरोना संक्रमण भएको पुष्टिसहितको म्यासेज आउँदा हात खुट्टा पुरै काँप्यो । आफूले टेकेको जमिन हल्लिएको र आकाश पनि फनफनी घुमेको अनुभूति भयो । म्यासेज पुरै हेरिसक्न नपाउँदै हातको मोबाइल भुँइमा झर्यो तत्कालै कम्पनीको नर्सले बाहिर एकान्तमा बस्नका लागि निर्देशन दिइन् ।
यसबीचमा कति संक्रमितहरु साथी बन्नुभयो । अनुभव साटासाट गरियो । कतिपय सामाजिक सञ्जालबाटै जोडिनुभयो । आ–आफ्ना भोगाई र अनुभवहरु साटासाट गर्यौ । त्यसले आत्माबल अझै बलियो बनाएको छ । मेरो यो अनुभव संक्रमणको जोखिममा रहनुभएका कतिपय महानुभावको लागि सार्थक हुनसक्ने ठानेर बेस्टखबर डटकममार्फत् सार्वजनिक गरेको छु
र अन्त्यमा सबैसँग यहि अनुरोध छ कि कोरोना खासै ठुलो रोग होइन कोरोना रोगभन्दा ठुलो यो सँग डराउनु रहेछ । रुघाखोकी र ज्वरो त हामीलाई वर्षेनी जसो आउँछ होइन र ? मौसम परिवर्तनसंगै सबैलाइ धेरै थोरै यसले सताएकै हुन्छ । अहिले पनि कतिपय व्यक्तिहरु कोरोना संक्रमित भएर पनि अन्य सामान्य रुघाखोकीलाई जस्तै उनीहरुले कोरोनालाई सहजै जितिरहेका छन् । किनभने उनीहरुले कोरोनाको बारेमा चिन्ता होइन कसरी स्वस्थ्य हुने भनेर चिन्तन गरिरहेका छन् । मैले माथि पनि भनिसकेँ म कोरोना देखिएर अस्पताल गएको थिइन । म ढाडको समस्याले अस्पताल पुगेको थिएँ ।
तर घटनाक्रम यस्तो भैदियो कि मेरो ढाडको समस्या भन्दा कोरोना संक्रमण प्रमुख समस्या बनिदियो । रुघाखोकी र ज्वरो आएर सिकिस्त बिरामी भएका कतिपय साथीहरु औषधी खाएरै कार्यक्षेत्रमा गैरहेका छन् । कतिपयलाई ठिक भएको छ कतिपय ठिक हुने क्रममा छन् । उनीहरुसँग औषधीका साथै आत्मबल छ । कोरोना संक्रमित भएर पनि मेरो मनमा एउटा प्रश्न त छदैछ । त्यो के हो भने , कोरोना के हो र कस्तो रोग हो ?
यदि सामान्य रुघाखोकी लाग्ने, ज्वरो आउने तथा मुख नमिठो हुने जिउ दुख्ने छाती दुख्ने यि र यस्ता लक्षण सहितको विमारले म मात्र हैन अघिकांशले जिवनमा कैयौं पटक समस्या भोग्नुभएको होला । यो सत्य हो । औपाधी पनि । यसैको हुँदो रहेछ यो सबै बिमार ठिक भयो भने कोरोनाले छोड्यो । अब फेरि भन्नुस मौसमी रुघाखोकी त मान्छेलाइ जन्मेदेखि नै लाग्दै आएको सामान्य सरुवा रोग वा हावापानी परिवर्तन हुँदा लाग्ने रोग न हो । यदि यसमा तपाईँ सहमत हुनुहुन्छ भने आफूले आफैसँग सोध्नुहोला कोरोना भनेको के हो त ?
लेखनाथ राउत ‘क्षितिज’
मेचीनगर–१ झापा
हाल : दोहा कतार
२०७७ जेठ २८ गते बुधबार
०६ अक्टोबर, २०२०न्यूर्योक, अमेरिका । दोश्रो कार्यकालका लागि पनि...
२०२६ पुष १७ गते बिहिबार
१३ फेब्रुअरी, २०२० कुबेत । कुवेतमा निर्माणाधिनस्थलको जमिन भत्किँदा...
२०७८ जेठ २० गते बिहिबार
नवराज लामिछाने०६ मार्च, २०२१दोहा, कतार । ‘थोरै रहर अनि...
२०७६ भाद्र २६ गते बिहिबार
म जन्मेको समयमा नेपालमा सशस्त्र जनयुद्ध चलिरहेको रहेछ ।...
Top