युरोपमा फेरि भयाबह बन्दै कोरोना : फ्रान्स, इटली, पोल्याण्ड जर्मनीलगायतका देश सबैभन्दा बढी प्रभावित

Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार


पि.एल. तरंग
०६ नोभेम्बर, २०२०
लिंकरोभर, बेल्जियम । युरोपमा चिसो मौसम (विन्टर) शुरु भएसँगै कोरोना भाइरस संक्रमणको दर पुनः उच्च गतिमा फैलिएको छ । गर्मी महिना सकिएर चिसो शुरुभएसँगै अहिले युरोपका अधिकांश देशमा फेरि कोरोना भाइरसबाट संक्रमित तथा मृतकको संख्या तीब्र गतिमा बढ्न थालेको छ ।

गत फेब्रुअरी महिनाको अन्तिमदेखि युरोपेली मुलुकहरुमा कोरोनाको पहिलो लहर शुरुभएसँगै लाखौंले ज्यान गुमाएका थिए भने करोडौं संक्रमणमा परेका थिए । तर त्यसको तीन महिना वित्न नवित्दै युरोपमा कोरोना संक्रमणको दर न्यून हुँदै गएको थियो । जसका कारण जनजीवन पनि सामान्य बनाउँदै लगिएको थियो । कतिपयदेशले पूर्ववत रुपमा पर्यटकीय गतिविधि सञ्चालन समेत गरेका थिए ।

तर गएको अक्टोबर महिनाको शुरुदेखि युरोपका धेरैजसो देशमा चिसो (विन्टर) शुरुभएसँगै कोरोना संक्रमणको दर पनि उच्च बनेको छ । विशेष गरी कोरोनाबाट यसअघि प्रभावित युरोपेली मुलुकहरु इटली, बेल्जियम, फ्रान्स, जर्मनी, स्पेन, पोर्चुगललगायतका देशहरुमा कोरोना संक्रमणको दर पुनः उच्च बन्दै गएको छ । युरोपका फ्रान्स, स्पेन यसअघि युरोपेली युनियन अन्र्तगत रहेको बेलायत, इटली, जर्मनी, पोल्याण्ड, बेल्जियम, चेक रिपब्लिक, नेदरल्याण्ड, रोमानिया, स्वीट्जरल्याण्ड, पोर्चुगल, स्वीडेन, अस्ट्रिया, स्लोभाकिया, डेनमार्कलगायतका देशहरुमा अहिले कोरोना संक्रमितको दर उच्च गतिमा फैलिइरहेको छ ।

कोरोनाको विश्वव्यापी तथ्यांक अद्यावधिक गर्ने ओल्डोमिटर डटकमको शुक्रबार साँझ साढे ८ बजेको युरोपको तथ्यांक ।

विशेष गरी फ्रान्स, जर्मनी, स्पेन, इटली र पोल्याण्डमा अहिले कोरोनाका कारण दैनिक सयौंको ज्यान गै रहेको छ भने हजारौं नयाँ संक्रमित भेटिन थालेका छन् । आज (शुक्रबार) साँझ यो समाचार तयार पार्दासम्म फ्रान्समा एक्कैदिन ६० हजार ४ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ । फ्रान्समा आजमात्रै कोरोनाका कारण ८ सय २८ जनाले ज्यान गुमाएका छन् । कोरोनाका कारण फ्रान्समा हालसम्म ३९ हजार ८ सय ६५ जनाले ज्यान गुमाइसकेका छन् । यस्तै इटलीमा आजमात्रै ३७ हजार ८ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । इटलीमा आजमात्रै ४ सय ४६ जनाको कोरोनाका कारण निधन भएको छ ।

यस्तै युरोपेली देश पोल्याण्डमा आज शुक्रबार मात्रै २७ हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । पोल्याण्डमा आजमात्रै ४ सय ४५ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना संक्रमण बढ्दै गएपछि अहिले युरोपका अधिकांश देशले आंशिक तथा पूर्णरुपमा लकडाउन तथा आपत्कालीन अवस्था घोषणा गर्दै मानिसहरुको गतिविधि बढी हुने स्थानहरुलाई बन्द गराएका छन् । यद्यपि कोरोना संक्रमणको दर दिन दुगुना रात चौगुनाको गतिमा फैलिइरहेको छ । फ्रान्स, स्पेन, बेल्जियम, पोर्चुगल, जर्मनीलगायतका देशले कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न खाले नयाँ नियम लागू गरेका छन् । कतिपय देशमा राति १० बजेदेखि बिहान ६ बजेसम्म कफ्र्युको घोषणा गरिएको छ भने कतिपय देशले रातिको समयमा सञ्चालन हुने व्यवसायमामा पूर्ण रोक लगाएका छन् । यस्तै केही देशले आपतकालको घोषणा गरेका छन् ।

केही देशले आगामी सोमबारबाट नयाँ नियम लागू गर्दैछन् । गर्मी (समर) का महिनाहरुमा युरोपमा कोरोना संक्रमण घट्दै गएपछि यहाँको पर्यटकीय गतिविधि बढ्न थालेको थियो । जसका कारण कोरोना संक्रमण ह्वात्तै बढेको विज्ञहरुको अनुमान छ । युरोप भित्र यात्रा गर्नका लागि अधिकांश देशले पर्यटकहरुलाई आह्वान गर्दै सिमा तथा हवाई नाका खुल्ला गरेका थिए । कोरोनाका कारण धराशायी भएको अर्थतन्त्रलाई पूर्ववत अवस्थामा फर्काउनका लागि ती देशहरुले पर्यटकलाई आकर्षण गर्ने गरी प्याकेजहरु सार्वजनिक गरेका कारण पोर्चुगल, स्पेन, फ्रान्स, नेदरल्याण्डलगायतका देशमा पर्यटकहरु बाक्लै संख्यामा घुम्नका लागि पुगेका थिए ।

ती देशहरुमा जुनको अन्तिम साता देखि अक्टोबरको अन्तिम सातासम्म पर्यटकीय गतिविधि राम्रैसँग सञ्चालन भएको थियो । यही कारणले अहिले युरोपमा पुनः कोरोना संक्रमण बढेको ठहर विज्ञहरुले गरेका छन् । यस्तै चिसो मौसमका रुघाखोकी जस्ता समस्याबाट बालबालिका तथा बृद्दबृद्दा बढी नै प्रभावित हुने र कोरोना पनि यही समयमा फैलँदा संक्रमितको संख्या बढेको विज्ञहरुको ठम्याई छ । युरोपका अधिकांश देशको सरकारले आम नागरिकलाई अहिले घर बाहिर निस्कने परे माक्स लगाएर निस्कन, सामाजिक दुरी कायम गर्न र सुरक्षा सावधानी अपनाउन विशेष अपिल गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो

२०७७ माघ २९ गते बिहिबार

११ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको...

सन् २०३६ सम्मका लागि राष्ट्रपति बन्न पाउने गरी रुसी राष्ट्रपतिको पक्षमा जनमत सन् २०३६ सम्मका लागि राष्ट्रपति बन्न पाउने गरी रुसी राष्ट्रपतिको पक्षमा जनमत

२०७७ असार १२ गते शुक्रबार

२६ जुन, २०२०मस्को, रुस । १६ वर्षदेखि राष्ट्रपति भएर...

विदेशी सैनिकलाई तत्काल देश छाड्न इराकी संसदको निर्देशन विदेशी सैनिकलाई तत्काल देश छाड्न इराकी संसदको निर्देशन

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० बग्दाद । इराकले देशमा तैनाथ सबै...

फेरि थपिए १७ संक्रमित, नेपालभर २०८ मा कोरोना संक्रमण फेरि थपिए १७ संक्रमित, नेपालभर २०८ मा कोरोना संक्रमण

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०काठमाडौं । नेपालमा आज एकैदिन ७४ जनामा...

Top