कोरोना भ्याक्सिन लगाएपछि २९ जनाको मृत्यु प्रकरण : नर्वे सरकारले अनुसन्धान थाल्यो

Best Khabar Team | २०७७ माघ ४ गते आइतबार


१७ जनावरी, २०२१
ओस्लो, नर्वे । अमेरिकाको फाइजर र बायोएनटेक नामक कम्पनीले बनाएको कोरोना विरुद्धको खोप लगाएका २९ जना बृद्दबृद्धाको मृत्यु भएपछि नर्वे सरकारले विशेषज्ञहरुको सहयोगमा अनुसन्धान अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयलगायत विज्ञेषज्ञ चिकित्सक तथा खोप विज्ञहरुले मृतकमा भएको दीर्घरोग, खोप लगाउनुअघिको उनीहरुको अवस्था र त्यसपछिको परिवर्तनलगायतका विषयमा परिवारका सदस्य तथा उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिने बताइएको छ ।

नर्वेका विभिन्न स्थानमा कोरोना विरुद्दको पहिलो खोपको डोज लगाएका २९ जना बृद्दबृद्धाको (शनिबार बिहान ११ बजेसम्म) ज्यान गएपछि सरकाले यो विषयमा अनुसन्धान अघि बढाएको हो । कुनै रोगले विरामी परेका बृद्दबृद्दालाई कारोना विरुद्धको खोप लगाएपछि उनीहरुमा त्यसको प्रतिक्रियात्मक प्रभाव (साईड इफेस्ट) देखिएको थियो ।

विशेष गरी उमेरले ७५ नाघेका यस्ता बृद्दबृद्दामा कोरोना विरुद्धको खोप लगाएपछि जिउ चिलाउने, बान्ता हुने, ज्वरो आउनेलगायतका लक्षण देखिएको थियो । कोरोना भाइरसविरुद्धको खोप लगाएपछि मानिसको मृत्यु भएपछि यहाँका नागरिकहरुले कोरोना विरुद्धको खोपको प्रभावकारी तथा विश्वसनीयतामाथि प्रश्न उठाएपछि सरकारले यो विषयमा थप अनुसन्धान गर्ने स्पष्ट पारेको थियो ।

यसरी खोप लगाएकामध्ये ७५ वर्ष उमेर नाघेका बृद्दबृद्धामध्ये २९ जनाको आज बिहानसम्म ज्यान गएको बताइएको छ । उनीहरुले हालै कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका थिए । हालसम्म नर्वेमा करिब ५० हजार जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका छन् ।

नर्वेलगायत अधिकांश युरोपेली राष्ट्रहरुले अमेरिकी कम्पनीले विकास गेको कोरोना विरुद्धको खोप लगाउनका लागि आपत्कालीन अनुमति प्रदान गरेसँगै अधिकांश देशमा कोरोना विरुद्धको खोप लगाउने अभियान सञ्चालन भै रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

साइकल चढेरै नर्बेबाट नेपाल आउँदै एक नर्वेजियन युवा साइकल चढेरै नर्बेबाट नेपाल आउँदै एक नर्वेजियन युवा

२०७६ फाल्गुन ३ गते शनिबार

बन्दना सापकोटा / बेष्टखबर डटकम काठमाडौं । तपाईँले साइकलमा...

इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे

२०८० आश्विन २५ गते बिहिबार

१२ अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरालयमा जारी युद्दको चपेटामा...

नेपालमा कोरोना : २४ घण्टामा १६६ थपिए, कुल संक्रमितको संख्या १५६७ पुग्यो नेपालमा कोरोना : २४ घण्टामा १६६ थपिए, कुल संक्रमितको संख्या १५६७ पुग्यो

२०७७ जेठ १८ गते आइतबार

३१ मे, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...

बिवाह बन्धनमा बाँधिइन् स्वेता बिवाह बन्धनमा बाँधिइन् स्वेता

२०७७ मंशिर २२ गते सोमबार

०७ डिसेम्बर, २०२०काठमाडौं । नायिका स्वेता खड्का पुनः विवाह...

Top