Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२०
काठमाडौं । करिब एक वर्षअघि काठमाडौंको रत्नपार्कबाट कुलेश्वर क्षेत्रमा चल्ने एउटा सार्वजनिक यातयातमा महिलामाथि अश्लिल यौन हर्कत गर्ने युवक रिक्सा चालक भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गत माघ ११ गते सार्वजनिक यातयातभित्र बसेर महिला सिटको पछाडिबाट हस्तमैथुन गरी वीर्य निकालेर महिलाको कपालमा पारेको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न युवकको खोजी कार्य तीब्र बनाएको थियो ।
यही क्रममा प्रहरीले केहीदिनअघि भारतबाट नेपाल आएका बेला चितवनबाट तनहुँका रविन सार्कीलाई पक्रेको थियो । उनै रविनले सो घटना घटनाएको प्रहरीले जनाएको छ । घटनामा संलग्न सार्की विगत तीन वर्षदेखि काठमाडौंमा रिक्सा चलाउँदै आएका थिए । घटनाका बेलाताका पनि उनी काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा रिक्सा चलाउँदै आएका थिए । अश्लिल दृश्य समावेश भएको भिडियो युट्वमा राखेमा बढी पैसा कमाउन सकिने कुरा सुनेकोले उनले सो हर्कत गरेको प्रहरी समक्ष सार्कीले बताएका छन् ।
घटनालगत्तै भारत पुगेका उनले त्यही केही समय काम गरेको र त्यहाँबाट करिब १ महिना अघि चितवन आएर त्यही लुक्दै बसेका थिए । सो घटनाको सर्वत्र आलोचना भएपछि प्रहरीले घटनामा संलग्नको खोजी अभियान तीब्र बनाएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पश्चिमी बायुको प्रभाव : देशका अधिकांश स्थानमा आइतबारसम्म वर्षाको सम्भावना
२०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०काठमाडौं । स्थानीय तथा पश्चिमी बायुको संयुक्त...
७५ वर्षीया कान्छीमायाले मागिन् जग्गाको निस्सा
२०७५ चैत्र १२ गते मंगलबार
२५ मार्च, २०१९ काठमाडौं । लामो समयदेखि आफुहरुले भोगचलन...
अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० काठमाडौं । सरकारले तत्कालका लागि एक...
भारतमा कोरोना : २० को मृत्यु, संक्रमितको संख्या ९ सय ३३ पुग्यो
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२० नयाँदिल्ली । भारतमा कोरोनाको संक्रमणबाट हालसम्म...
Top