Best Khabar Team | २०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०
काठमाडौं । अन्ततः लामो समयको छलफलपछि यातयात व्यवासयीहरु देशव्यापी रुपमा सार्वजनिक यातयात सञ्चालन गर्न सहमत देखिएका छन् । यातयात व्यवसाय सञ्चालन गर्ने विभिन्न यातयात क्षेत्रमा सक्रिय विभिन्न व्यवसायीहरु सम्बद्ध संघ संगठनको आज बसेको संयुक्त बैठकले आगामी साउन ८ गते अर्थात् बिहीबार देखि देशभर सरकारले तोकेको मापदण्ड पुरा गरी यातयात सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि करिब एक साताअघि सरकारले यातयात व्यवसायीलाई तत्काल जिल्ला भित्र यातयात सञ्चालनका लागि निर्देशन दिएको भएपनि व्यवसायीहरु विभिन्न माग राख्दै तत्काल यातयात सञ्चालन गर्न नसकिने अडानमा थिए । तर सरकारले व्यवसायीको समस्या समाधानका लागि छुट्टै कार्यदल गठन गरी छलफल गर्ने आश्वासन दिएपछि व्यवसायीहरु सार्वजनिक यातयात सञ्चालनका लागि राजी भएका हुन् ।
यसअघि सरकारको निर्णय लगत्तै काठमाडौं उपत्यकालगायत देशका केही जिल्लामा साझा, मयुरलगायतका केही सार्वजनिक गाडीहरुहरुले सेवा निरन्तर गरेका थिए । तर नेपाल राष्ट्रिय यातयात व्यवसायी महासंघलगायतका केही व्यवसायीहरुले लकडाउनका कारण सार्वजनिक गाडी चलाउन नपाउँदा सवारी साधनको मासिक किस्ता र व्याज तिर्न नसकेको भन्दै तत्काल यातयात सञ्चालन गर्न नसकिने बताउँदै आएका थिए ।
उनीहरुले राहतका लागि सरकारसँग विभिन्न माग राखेका थिए । तर सरकारले व्यवसाीको मागलाई सम्बोधनका लागि पहल गर्ने भन्दै सेवा सूचारु गराउन पुनः आग्रह गरेपछि आगामी बिहीबारदेखि यातयात सेवा सञ्चालन गर्न व्यवसायी सहमत देखिएका हुन् । आगामी साउन ८ गतेपछिको अवस्थाका बारेमा सरकारले केही जानकारी नगराएको भन्दै व्यवासायीहरुले अहिले सम्बन्धित जिल्ला भित्र मात्रै र काठमाडौंको हकमा भने तिन जिल्ला भित्र मात्रै गाडी सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
संसदीय चुनाव पर्यवेक्षणका लागि काँग्रेस उपसभापति निधी कोपहेगनमा
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ कोपनहेगन/डेनमार्कमा हुन लागेको आसन्न संसदीय चुनावको...
चौतर्फी जनदवाव थेग्न नसकेपछि सरकारले फिर्ता लियो गुठी विधेयक
२०७६ असार ३ गते मंगलबार
१८ जुन,२०१९ काठमाडौं । अन्ततः चौतर्फी रुपमा देखिएको जनताको...
Luxembourg: Misconceptions on Social Media & realities !!!
२०८२ श्रावण ३ गते शनिबार
Pratik Lamichhane Many of you may have heard of...
२४ घण्टामा थपिए १ हजार ३५९ कोरोना संक्रमित
२०७७ भाद्र १९ गते शुक्रबार
०४ सेप्टेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १...
Top