दक्षिण कोरियासँगको सबै ‘सञ्चार सम्पर्क विच्छेद’ गरिएको उत्तर कोरियाको घोषणा !

Best Khabar Team | २०७७ जेठ २७ गते मंगलबार


०९ जुन, २०२०
सिओल, दक्षिण कोरिया । उत्तर कोरियाले छिमेकी मुलुक दक्षिण कोरियासँगको सबै सञ्चारसम्पर्क विच्छेद गरेको घोषणा गरेको छ । पछिल्लो समयमा दक्षिण कोरियाले आफूहरुलाई सत्रुको रुपमा व्यवहार गरेको भन्दै उत्तर कोरियाका सर्वोच्च कमान्डर किम जोङ्गको निर्देशनमा यस्तो घोषणा गरिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तस्वीर साभार : इन्टरनेट ।

उत्तर कोरियाले सैन्य हटलाईनलगायत सबैखाले सैनिक सम्पर्क तथा अन्य साधारण सम्पर्क पनि आजदेखि लागू हुने गरी विच्छेद गरेको जनाएको छ । योसँगै अब उत्तर कोरियाले दक्षिण कोरियासँगको यसअघिको ‘डिटेन्ट’लाई उल्टाउने र शत्रुबत व्यवहार गर्ने स्पष्ट पारेको छ । पछिल्लो समयमा दक्षिणले उत्तरका बारेमा अनावश्यक अफवाह फैलाएको तथा आफूहरुलाई शत्रुबत व्यवहार गरेको उत्तरको आरोप छ ।

तर दक्षिणले भने यो विषयमा कुनै प्रतिक्रिया जनाइएसकेको छैन । उत्तरका सर्वोच्च नेता किम जोङ्ग केहीसाता अघि भूमिगत भएका बेला उनका बारेमा अनावश्यक हल्ला फैलाउन दक्षिणले भूमिका खेलेको भन्दै दक्षिणप्रति उत्तर रुष्ट बनेको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चीनबाट उद्दार गरिने नेपालीलाई भक्तपुरको विद्युत् तालिम केन्द्रमा राख्ने तयारी चीनबाट उद्दार गरिने नेपालीलाई भक्तपुरको विद्युत् तालिम केन्द्रमा राख्ने तयारी

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२० काठमाडौं । अन्ततः सरकारले कोरोना भाइरसको...

पोर्चुगलमा कोरोना भाइरसको संक्रमणबाट १ ज्यान गयो, खेतीमा काम गर्ने नेपाली समेत झण्डै ६० जना क्वारेन्टाईनमा पोर्चुगलमा कोरोना भाइरसको संक्रमणबाट १ ज्यान गयो, खेतीमा काम गर्ने नेपाली समेत झण्डै ६० जना क्वारेन्टाईनमा

२०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलमा कोरोना भाइरसबाट संक्रमित एकजनाको...

काँग्रेस नेता जोशीको अवस्था ‘गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार गरिँदै काँग्रेस नेता जोशीको अवस्था ‘गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता...

अमेरिकामा पनि फैलँदै कोरोना, वासिंटनमा मात्रै ६ जनाको मृत्य, ७ गम्भीर अमेरिकामा पनि फैलँदै कोरोना, वासिंटनमा मात्रै ६ जनाको मृत्य, ७ गम्भीर

२०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो ७२ घण्टायता...

Top