Best Khabar Team | २०७८ बैशाख १९ गते आइतबार
०२ मे, २०२१
काठमाडौं । देशमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या डरलाग्दो ढंगले बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले अध्ययन तथा अन्य सामान्य प्रकृतिको विदामा बसेका स्वास्थ्यकर्मीलाई तत्काल काममा फर्कन निर्देशन दिएको छ । एकैदिन मुलुकमा ७ हजार २ सय भन्दा माथि कोरोना संक्रमित थपिएकै दिन स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी विदाबाट तत्काल काममा फर्कन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा देशभर कोरोना संक्रमितको संख्या थपिदो क्रममा रहेको र अध्ययन विदामा बसेका स्वास्थ्यकर्मीहरुको अहिले अध्ययन कार्य समेत बन्द रहेकोले तत्काल पूर्ववत् दरबन्दी रहेकै स्थानमा फर्केर काम गर्न भनिएको छ । मन्त्रालय स्रोतको भनाई अनुसार अन्य सामान्य घरायसी विदामा रहेकाहरुलाई पनि तत्काल काममा फर्कन मन्त्रालयले फेरि पनि निर्देशन दिएको छ ।

विज्ञप्तिमा चिकित्सक तथा अन्य स्वास्थ्य क्षेत्रसँग सम्बधन्धित रहेर विभिन्न विश्वविद्यालय र क्याम्पसहरुमा अध्ययन अध्यापन गराईरहेका विद्यार्थी तथा शिक्षकहरुलाई सोही विश्वविद्यालय तथा कलेजहरुले उपचार व्यवस्थापनमा लगाउन सक्ने उल्लेख छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सन् २०३६ सम्मका लागि राष्ट्रपति बन्न पाउने गरी रुसी राष्ट्रपतिको पक्षमा जनमत
२०७७ असार १२ गते शुक्रबार
२६ जुन, २०२०मस्को, रुस । १६ वर्षदेखि राष्ट्रपति भएर...
७५ वर्षीया कान्छीमायाले मागिन् जग्गाको निस्सा
२०७५ चैत्र १२ गते मंगलबार
२५ मार्च, २०१९ काठमाडौं । लामो समयदेखि आफुहरुले भोगचलन...
दोलखाका खड्काको चीनमा निधन
२०७६ माघ ११ गते शनिबार
२५ जनवरी, २०२० बेइजिङ्ग । चीनको बुहानप्रान्तस्थित एक भारतीय...
भुसको आगोझै फैलँदै कोरोना : तत्काल ‘एक्सन’ नलिए अवस्था भयाबह बन्ने चेतावनी
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौंलगायत देशका...
Top