Best Khabar Team | २०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०
काठमाडौं । कोरोनाका कारण भएको लकडाउनका कारण आफ्नो घरगाउँ फर्कन नपाएर विचल्लिमा परेकाहरुलाई सरकारले आज साँझ निशुल्क रुपमा गाउँ फर्काएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा विभिन्न जिल्लामा कामका सिलशिलामा पुगेर काठमाडौंमा आइपुगेका मजदुरहरुलाई बसमा चढाएर गन्तव्यतर्फ पठाइएको हो ।

प्रधानमन्त्रीको निर्देशन पछि काठमाडौंका काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकालगायतको अगुवाईमा काठमाडौंको थानकोट पार्काम अलपत्र परेका मजदुरहरुलाई गाउँ पठाइएको हा । थानकोटमा जम्मा भएका करिब ३ सय मजदुरमध्ये पहिलो चरणमा ७ वटा बसमा राखेर उनीहरुलाई बाँके, बर्दिया, दाङ, बुटवल, सल्यान र सुर्खेतलगायतका जिल्लामा पठाइएको हो । जसमा चन्द्रगिरि यातायातको ५ वटा र अन्य व्यवसायीको दुई वटा बसले निशुल्क रुपमा उनीहरुलाई गन्तव्यमा पु-याउने बताइएको छ ।

बाँकी रहेका मजदुरहरुलाई पनि छिट्टै गन्तव्यमा पु-याउन आवश्यक पर्ने बसको व्यवस्था भै रहेको बुझिएको छ । कोरोनाका कारण भएको लकडाउनका कारण काठमाडौंलगायत देशका विभिन्न स्थानमा मजदुरहरुले विचल्लिका साथ हिँडेर गन्तव्य तताएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीले मजदुरको उद्दार गर्न मन्त्रीहरुको ध्यानाकर्षण गराएका थिए ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
स्पेन सरकारको घोषणा : पोर्चुगल बाहेक अन्य ईयु राष्ट्रसँगको सिमाना जुन २२ देखि खुल्ने
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०सेभिल्ला, स्पेन । कोरोना भाइरस (कोडिभ–१९) को...
आफूलाई ज्योतिष भन्दै भूकम्पको भविष्यवाणी गर्ने युवक प्रहरी नियन्त्रणमा
२०७६ जेठ २१ गते मंगलबार
०४ जुन, २०१९ काठमाडौं । मिति तोकेर ठूलो भूईँचालो...
देशभर कोरोना संक्रमितको संख्या १४ हजार बढी (प्रदेशहरुको तथ्यांकसहित)
२०७७ असार १७ गते बुधबार
०१ जुलाई, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा देखिएको कोरोना...
नेपालमा रोकिएकाहरुलाई हङकङ र जापान जान बाटो खुल्यो
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०काठमाडौं । कोरोनाको प्रकोपपछि भएको लकडाउनका कारण...
Top