Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०
काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्खेतमा बिहीबार ज्यान गुमाएका युवकको मृत्यु कोरोनाबाटै भएको पुष्टि भएको छ । जिल्लाको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का ती युवकको क्वारेन्टाइनबाट घर फर्केकै दिन निधन भएको थियो ।

क्वारेन्टाइनमा उनको आइडीटी बिधिबाट गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । तर मृत्युपछि पिसिआर बिधिबाट गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । यसैबीच देशका २ दर्जन जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३ हजार नजिक पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुसहित देशभर अब कोरोना संक्रमितको संख्या २ हार ९ सय ९२ पुगेको छ। संक्रमित मध्ये ३ सय ३३ जना उपचारपछि घर फर्केका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा !
२०७९ पुष २५ गते सोमबार
०९ जनवरी, २०२३काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी...
कोरोनाका कारण पोर्चुगलले आन्तरिक उडानमा लगाएको मापदण्ड जुन १ बाट हटाइँदै
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । पोर्गुगल सरकारले यसअघि लगाएको...
‘छक्कापञ्जा-४’ आउँदै : निमार्ण दिपकराज गिरीले गर्ने
२०७६ पुष १२ गते शनिबार
२८ डिसेम्बर, २०१९ काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘सेरिज’...
चीनमा रहेका कुनै नेपालीमा कोरोना संक्रमण छैन : चिनियाँ दूतावास
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, २०२० । काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासले...
Top