नेपालमा कोरोना : हालसम्म ११ को मृत्यु, संक्रमितको संख्या ३ हजार नजिक

Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार


०५ जुन, २०२०
काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्खेतमा बिहीबार ज्यान गुमाएका युवकको मृत्यु कोरोनाबाटै भएको पुष्टि भएको छ । जिल्लाको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का ती युवकको क्वारेन्टाइनबाट घर फर्केकै दिन निधन भएको थियो ।

क्वारेन्टाइनमा उनको आइडीटी बिधिबाट गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । तर मृत्युपछि पिसिआर बिधिबाट गरिएको स्वाब परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । यसैबीच देशका २ दर्जन जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३ हजार नजिक पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुसहित देशभर अब कोरोना संक्रमितको संख्या २ हार ९ सय ९२ पुगेको छ। संक्रमित मध्ये ३ सय ३३ जना उपचारपछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु

२०७७ श्रावण १२ गते सोमबार

२७ जुलाई, २०२०न्यूर्योक, अमेरिका । अमेरिका र युरोपमा भएका...

युरोपका विभिन्न देशस्थित भारतीय दुतावास घेराउ, सिमा अतिक्रमणको विरोध युरोपका विभिन्न देशस्थित भारतीय दुतावास घेराउ, सिमा अतिक्रमणको विरोध

२०७६ मंशिर १९ गते बिहिबार

०५ डिसेम्बर, २०१९ ब्रसेल्स । भारतले हालै सार्वजनिक गरेको...

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०४२ पुग्यो

२०७७ जेठ १५ गते बिहिबार

२८ मे, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...

सशस्त्रका पूर्वी डिआइजी कोइरालाको पक्षमा प्रधानध्यायधीशको फैलसा पुनरावेदन गर्न सरकारलाई अनुमति सशस्त्रका पूर्वी डिआइजी कोइरालाको पक्षमा प्रधानध्यायधीशको फैलसा पुनरावेदन गर्न सरकारलाई अनुमति

२०७७ श्रावण ११ गते आइतबार

२६ जुलाई, २०२०काठमाडौं । पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको...

Top