Best Khabar Team | २०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१
काठमाडौं । विश्वका विभिन्न ११ देशका लागि नेपाली राजदूत नियुक्त गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णयलाई वर्तमान सरकारले खारेज गरिदिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नवगठित सरकारले आज मन्त्रीपरिषद्को बैठक बसेर विभिन्न देशमा राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय खारेज गरेको हो ।

केपी ओली नेतृत्वको सरकारले गएको जेठ १ गते अष्ट्रेलिया, डेनमार्कलगायत ११ देशमा राजदूत नियुक्त गर्ने निर्णय गरेर विभिन्न व्यक्तिको नाम समेत सिफारिस गरेको थियो । तर यसरी सिफारिस भएका मध्य अधिकांश नामहरु प्रधानमन्त्री ओलीका सचिवालयमा कार्यरत कर्मचारी तथा एमाले नेता कार्यकर्ताका आफन्त रहेको सार्वजनिक भएपछि सरकारको चर्को विरोध हुँदै आएको थियो । यस्तै ओलीले संसदीय सुनुवाईमार्फत विभिन्न देशमा राजदूत नियुक्त गर्ने प्रक्रियाको विपरित राजदूत सिफारिस गरेको भन्दै एमालैभित्रैबाट गुनासो आइरहेको थियो ।
सर्वोच्चको आदेशसँगै गठन भएको वर्तमान सरकारले आज मन्त्रीपरिषद्को बैठक बसेर केपी ओली नेतृत्वको सरकारले गरेको तत्कालीन नियर्ण विवादास्पद एवं प्रक्रियासंगत नभएको भन्दै यसलाई खारेज गरिदिएको हो । यो सँगै सरकारले अब संयुक्त अधिराज्य रूस, अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिष्ट, ब्राजिल, डेनमार्क, म्यानमार, अरेबिया, बहराइन, अष्ट्रियालगायतका रिक्त ११ देशमा नयाँ राजदूत नियुक्तीका लगि नयाँ प्रक्रिया अघि बढाउने भएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अस्ताए बरिष्ठ गीतकार भैरबनाथ रिमाल
२०७७ पुष २५ गते शनिबार
२१ जनवरी, २०२१काठमाडौं । बरिष्ठ गीतकार भैरबनाथ रिमालको आज...
स्कुल, कलेज र अफिस बन्द भयो : पुराना नेपाली फिल्म पनि हुनसक्छ समय कटाउने माध्यम ( फिल्मसहित)
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्दै...
जाजरकोट पहिरो : वेपत्ता पाँचको अवस्था अझै अज्ञात
२०७७ असार २७ गते शनिबार
११ जुलाई, २०२०बारेकोट, जाजरकोट । जाजरकोटमा हिजो राति गएको...
सोमबारदेखि देशभरका अस्पतालको ओपिडी सेवा पुनः सञ्चालन हुँदै
२०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०काठमाडौं । लकडाउनका कारण ७ हप्तादेखि अवरुद्ध...
Top