कोरोनाबाट नेपालमा चौधौं मृत्यु : स्याङ्जाका पुरुषले पोखरामा ज्यान गुमाए

Best Khabar Team | २०७७ जेठ २६ गते सोमबार


०८ जुन, २०२०
लेकसाईड, कास्की । । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको ज्यान गएको छ । कास्कीको पोखरामा उपचारका क्रममा स्याङ्गजाका एक पुरुषको ज्यान गएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । ६० वर्षका ती पुरुषको स्थायी घर स्याङ्गजा जिल्लाको वालिङ्ग नगरपालिका रहेको बताइएको छ ।

मृगौला रोगको उपचारका लागि भारतको मुम्बई पुगेका उनमा जेठ २१ गते नेपाल फर्किलगत्तै कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका उनको स्वाब परीक्षणका क्रममा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारकै क्रममा उनको गएराति ज्यान गएको अस्पताल स्रोतले जानकारी दिएको छ । भारतबाट आएका नेपालीहरुलाई सीमा नाकाबाट उद्दार गर्ने क्रममा वालिङ्ग नगरपालिकाले उनलाई जेठ २१ गते सुनौली नाकाबाट उद्दार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गर्ने बेलामै उनको अवस्था गम्भीर रहेको नगरपालिकाले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दोलखाका खड्काको चीनमा निधन दोलखाका खड्काको चीनमा निधन

२०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० बेइजिङ्ग । चीनको बुहानप्रान्तस्थित एक भारतीय...

देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारको...

बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो

२०७७ बैशाख १९ गते शुक्रबार

०१ मे, २०२०नेपालगञ्ज । नेपालमा थप दुईजनामा कोरोना संक्रमण...

भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु भारतमा विमान दुर्घटना, दुईजना पाइलटसहित कम्तीमा १६ को मृत्यु

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०नयाँदिल्ली । दुबईबाट केरला आएको एउटा यात्रुबाहक...

Top