Best Khabar Team | २०७७ जेठ २६ गते सोमबार

०८ जुन, २०२०
लेकसाईड, कास्की । । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको ज्यान गएको छ । कास्कीको पोखरामा उपचारका क्रममा स्याङ्गजाका एक पुरुषको ज्यान गएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । ६० वर्षका ती पुरुषको स्थायी घर स्याङ्गजा जिल्लाको वालिङ्ग नगरपालिका रहेको बताइएको छ ।
मृगौला रोगको उपचारका लागि भारतको मुम्बई पुगेका उनमा जेठ २१ गते नेपाल फर्किलगत्तै कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका उनको स्वाब परीक्षणका क्रममा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारकै क्रममा उनको गएराति ज्यान गएको अस्पताल स्रोतले जानकारी दिएको छ । भारतबाट आएका नेपालीहरुलाई सीमा नाकाबाट उद्दार गर्ने क्रममा वालिङ्ग नगरपालिकाले उनलाई जेठ २१ गते सुनौली नाकाबाट उद्दार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गर्ने बेलामै उनको अवस्था गम्भीर रहेको नगरपालिकाले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पेट्रोलियम पदार्थको मूल्य समायोजन
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं । नेपाल आयल निमगले आज...
पोर्चुगलको राष्ट्रपतिमा दोश्रोपटक पनि ७२ वर्षीय मार्सेलो निर्वाचित
२०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको राष्ट्रपतिमा...
सुन तस्करी प्रकरण : पूर्व सभामुख महराका छोरा राहुललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश
२०८० आश्विन २६ गते शुक्रबार
१३ अक्टोबर, २०२३काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर...
सीमा अतिक्रमणको विरोध गर्ने सेनाका पूर्वजर्नेल र प्रहरीका पूर्व एआइजी पत्रकार सम्मेलनबाटै समातिए
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०काठमाडौं । नेपाली भूमी मिचेर भारतले एकलौटी...
Top