Best Khabar Team | २०७७ बैशाख १३ गते शनिबार
२५ मार्च, २०२०
चितवन । । नेपालमा कोरोना संक्रमणलाई जितेर स्वास्थ्यलाभ गर्नेको संख्या १२ पुगेको छ । पछिल्लो समयमा चितवनका एक युवकले कोरेना संक्रमणलाई जितेका हुन् । उनलाई आज भरतपुरस्थित अस्पतालले डिस्चार्ज गरिदिएको छ ।

उनलाई अस्पतालले डिस्चार्ज गरिदिएपनि उनकी आमा अस्पतालमै उपचारत रहेकोले उनी केही दिन अस्पतालमै रहने भएका छन् । केहीसमयअघि बेलायतमा सँगै फर्केका आमाछोरामा कोरोना भेटिएको थियो । आज डिस्चार्ज भएका युवक आमा निको भएपछि उनी सँगै घर जाने भन्दै अस्पतालमै बसेका हुन् ।
उनलाई अहिले अस्पतालभित्रै तर कोरोना आइसोलेसन भन्दा टाढाको बेडमा रारिएको छ । चैत्र ३ गते बेलायतबाट फर्केका पूर्वी चितवन राप्ती नगरपालिका–८ ब्रह्मनगरका यी युवकमा गएको बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै यसअघि हिजोमात्रै बाग्लुङ्गकी एक युवतीपनि कोरोनालाई जित्दै अस्पतालबाट घर फर्केकी छिन् । यसअघि देशका विभिन्न ठाउँमा १० जना कोरोना संक्रमितको सफल उपचार सम्पन्न भै सकेको छ ।

हाल आइसोलेसनमा रहेका ३७ जनाको देशका विभिन्न अस्पतालमा उपचार जारी छ । ती मध्ये ३ जना भारतीय नागरिक रहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० लण्डन । बेलायतमा कोरोनाको संक्रमणबाट पूर्व...
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध साइबर अपराधको उजुरी
२०७७ बैशाख २६ गते शुक्रबार
०८ मे, २०२०काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित ३...
४८ घण्टापछि बेलायत र फ्रान्सबीच नयाँ सहमति : दुबै देशबीचको सीमा यात्रा खुकुलो
२०७७ पुष ८ गते बुधबार
२३ डिसेम्बर, २०२०पेरिस, फ्रान्स । अन्ततः दुईदेशबीचको सहमतिसँगै फ्रान्स...
सरकारको निर्णय : बैशाख ३१ सम्म सीमा नाका बन्द, कोरिया जाने कामदार अब नरोकिने
२०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०काठमाडौं । सरकारले आगामी बैशाख ३१ गते...
Top