Best Khabar Team | २०७८ बैशाख १९ गते आइतबार
०२ मे, २०२१
काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले भोलि सोमबार मध्यरातबाट लागुहुने गरी देशभर सञ्चालनमा रहेका सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रले यसअघि गरेको सिफारिसलाई कार्यान्वयन गर्दै सरकारले यो निर्णय लागू गरेको हो ।

योसँगै मे ४ तारिख अर्थात् मंगलबार बिहानैदेखि देशभर हुने सबै राष्ट्रिय उडान अनिश्चितकालका लागि बन्द गरिने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज साँझ बसेको बैठकले यो निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै भोलि सोमबार मध्यरात अघिसम्म मात्रै आन्तरिक उडान हुनेछन् । त्यसपछि मंगलबारदेखि देशभरी सञ्चालनमा रहेका सबै हवाई उडान अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द हुने भएका छन् ।
पछिल्ला दिनमा काठमाडौं उपत्यकालगायत देशभर कोरोना संक्रमण बढ्दो क्रममा रहेपछि सरकारले बिहीबारबाट उपत्यकालगायतका देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । योसँगै देशभर सञ्चालनमा रहेका सार्वजनिक तथा निजी गाडी सञ्चालनमा रोक लगाइएपनि हवाई उडान भने सञ्चालमै थियो । तर हवाई उडानबाट यात्रुहरु आउजाउ गर्ने क्रम जारी रहेसँगै कोरोना संक्रमण थप फैलने निष्कर्षसहित हवाई उडानमाथि रोक लगाइएको सरकारी स्रोतको दाबी छ । यसअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीले तत्काल कोरोना संक्रमण नियन्त्रणमा लिनका लागि हवाई उडान बन्द गर्नुपर्ने सुझाव मन्त्रीपरिषद्मा पेश गरेको थियो । आज साँझ बसेको मन्त्रीपरिषद् बैठकले यो प्रस्तावलाई पारित गरेको हो । तर अत्यावश्यक सेवामा रहेका उडानहरुलाई सरकारको अनुमतिमा चार्टर उडान भर्न दिइने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।
यसैबीच सरकारले भोलिदेखि नै लागूहुने गरी छिमेकी मुलुक, दक्षिण अफ्रिका तथा ब्राजिलबाट हुने सबै अन्र्तराष्ट्रिय उडानमाथि समेत रोक्ने निर्णय गरेको छ । यस्तै कोरोना प्रभावित अन्य देशहरुबाट हुने हवाई उडानमाथि पछि बैशाख अन्तिम सातादेखि रोक लगाउने निर्णय भएको मन्त्रीपरिषद् स्रोतको दाबी छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौं छाड्दै सर्वसाधारण, ५ दिनमा १ लाख बढी बाहिरिए
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको संक्रमण र...
असार १ गतेदेखि काठमाडौं भित्रने र बाहिरिनेहरुका लागि नयाँ व्यवस्था (विज्ञप्तिसहित)
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । गृहमन्त्रालयले लकडाउन खुकुलो भएसँगै यही...
पाकिस्तानको कराँचीमा यात्रुबाहक विमान बस्तीमा खस्यो, ११ को मृत्यु भएको पुष्टि, धेरैको अवस्था चिन्ताजनक
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०इस्लामावाद । पाकिस्तानमा आज एउटा यात्रुबाहक विमान...
कतारबाट काठमाडौं आएकोे चार्टर विमानमा ४३ यात्रु, २० वटा शव !
२०७७ असार ५ गते शुक्रबार
१९ जुन, २०२०काठमाडौं । कतारको राजधानी दोहाबाट काठमाडौं आएको...
Top