मे ४ बाट सबै आन्तरिक उडान बन्द हुने : भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रोक्ने सरकारको निर्णय

Best Khabar Team | २०७८ बैशाख १९ गते आइतबार


०२ मे, २०२१
काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले भोलि सोमबार मध्यरातबाट लागुहुने गरी देशभर सञ्चालनमा रहेका सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रले यसअघि गरेको सिफारिसलाई कार्यान्वयन गर्दै सरकारले यो निर्णय लागू गरेको हो ।

फाइल तस्वीर : त्रिभुवन विमानस्थल ।

योसँगै मे ४ तारिख अर्थात् मंगलबार बिहानैदेखि देशभर हुने सबै राष्ट्रिय उडान अनिश्चितकालका लागि बन्द गरिने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज साँझ बसेको बैठकले यो निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै भोलि सोमबार मध्यरात अघिसम्म मात्रै आन्तरिक उडान हुनेछन् । त्यसपछि मंगलबारदेखि देशभरी सञ्चालनमा रहेका सबै हवाई उडान अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द हुने भएका छन् ।

पछिल्ला दिनमा काठमाडौं उपत्यकालगायत देशभर कोरोना संक्रमण बढ्दो क्रममा रहेपछि सरकारले बिहीबारबाट उपत्यकालगायतका देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । योसँगै देशभर सञ्चालनमा रहेका सार्वजनिक तथा निजी गाडी सञ्चालनमा रोक लगाइएपनि हवाई उडान भने सञ्चालमै थियो । तर हवाई उडानबाट यात्रुहरु आउजाउ गर्ने क्रम जारी रहेसँगै कोरोना संक्रमण थप फैलने निष्कर्षसहित हवाई उडानमाथि रोक लगाइएको सरकारी स्रोतको दाबी छ । यसअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीले तत्काल कोरोना संक्रमण नियन्त्रणमा लिनका लागि हवाई उडान बन्द गर्नुपर्ने सुझाव मन्त्रीपरिषद्मा पेश गरेको थियो । आज साँझ बसेको मन्त्रीपरिषद् बैठकले यो प्रस्तावलाई पारित गरेको हो । तर अत्यावश्यक सेवामा रहेका उडानहरुलाई सरकारको अनुमतिमा चार्टर उडान भर्न दिइने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

यसैबीच सरकारले भोलिदेखि नै लागूहुने गरी छिमेकी मुलुक, दक्षिण अफ्रिका तथा ब्राजिलबाट हुने सबै अन्र्तराष्ट्रिय उडानमाथि समेत रोक्ने निर्णय गरेको छ । यस्तै कोरोना प्रभावित अन्य देशहरुबाट हुने हवाई उडानमाथि पछि बैशाख अन्तिम सातादेखि रोक लगाउने निर्णय भएको मन्त्रीपरिषद् स्रोतको दाबी छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दुर्घटनाग्रस्त एति एयर प्रकरण : २६ जनाको शव भेटियो, ५ भारतीयसहित ११ विदेशी यात्रु दुर्घटनाग्रस्त एति एयर प्रकरण : २६ जनाको शव भेटियो, ५ भारतीयसहित ११ विदेशी यात्रु

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । आज बिहान पोखरामा दुर्घटनाग्रस्त...

पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो

२०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो...

सोलुखुम्बुमा विप्लव समूहले गरे प्रहरी चौकी कब्जाको असफल प्रयास सोलुखुम्बुमा विप्लव समूहले गरे प्रहरी चौकी कब्जाको असफल प्रयास

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१८ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द...

पर्वत ठानामौलाका गुरुङ्को कोरोनाका कारण लण्डनमा निधन पर्वत ठानामौलाका गुरुङ्को कोरोनाका कारण लण्डनमा निधन

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०वेस्टह्याम, लण्डन । कोरोनाको संक्रमणबाट बेलायतमा पछिल्लो...

Top