Best Khabar Team | २०७७ माघ ३ गते शनिबार
१७ जनवरी, २०२१
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै सरकारले गएको चैत्र ११ गतेदेखि बन्द गराएको काठमाडौं उपत्यकाका सबै विद्यालयहरुले आजदेखि नियमित रुपमा पठनपाठन शुरु गराउने भएका छन् । शिक्षा मन्त्रालय तथा सरोकारवालाहरुसँगको छलफलपछि विद्यालय सञ्चालकहरुले आजदेखि काठमाडौंका सबै निजी तथा सार्वजनिक विद्यालयहरु खोल्ने तयारी गरेका हुन् ।

विद्यालयहरुले कोरोना संक्रमणलाई मध्यनजर गर्दै आवश्यक पर्ने सुरक्षासम्बन्धी सबै मापदण्ड पुरा गरेको बताएका छन् । यद्यपि काठमाडौंका सरकारी विद्यालयहरुले भने विद्यार्थी संख्या तथा आवश्यक आर्थिक अभावलगायतका कारण देखाउँदै सबै मापदण्डलाई पुरा गर्न नसक्ने जनाउ सरकारलाई गराई सकेका छन् ।
काठमाडौं उपत्यकामा रहेका निजी विद्यालयहरुले विद्यार्थीहरुलाई कक्षाकोठामा आवश्यक पर्ने भौतिक दुरी सहित, स्यानिटाइजर, विद्यालय प्रवेशमै ज्वरो नाप्नेलगायतका व्यवस्था गरेको भएपनि सार्वजनिक विद्यालयहरुमा विद्यार्थी संख्याको चापका कारण आवश्यक सबै व्यवस्था गर्न नसकिएको उनीहरुले बताएका छन् ।

काठमाडौं उपत्यकामा रहेका सबै स्थानीय तहले गएको माघ १ गतेदेखि विद्यालय खोल्ने अनुमति सम्बन्धित विद्यालयहरुलाई प्रदान गरेको थियो । यसअघि विद्यालयहरुले अनलाईनका माध्यमबाट भच्यूअल कक्षा लिइरहेका थिए । विद्यालयहरुले कक्षाकोठामा यसअघि राखिने विद्यार्थी संख्याको आधा संख्यामा मात्रै विद्यार्थीहरु राखेर पढाउने तयारी विद्यालयहरुले गरेका छन् ।
तर अभिभावकहरु भने आफ्ना नानीबाबुहरुलाई यथास्थितिमा विद्यालय पठाउन राजी देखिँदैनन् । उनीहरुले विद्यालयहरुले चाहेर पनि विद्यार्थीहरुको सुरक्षामा ध्यान दिन नसक्ने दाबी गर्दै आइरहेका छन् । कतिपय विद्यालयहरुले भने काठमाडौंमा २ साता अघिदेखि नै विद्यालयमा विद्यार्थी बोलाएर भौतिक रुपमै कक्षा सञ्चालन शुरु गरिसकेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम
२०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना...
विदेशमा रहेका नेपालीहरुको दोश्रो चरणको ‘रेस्क्यु फ्लाईट’ अनिश्चितकालका लागि बन्द
२०७७ भाद्र १ गते सोमबार
१७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको...
सुरक्षित रहौं, घरभित्रै बसौं र सकारात्मक सोचौं : विभिन्न माध्यमबाट झुठ्ठा अफबाह फैलाउने व्यक्ति वा समूहको बारेमा प्रहरीमा खबर गरौं
२०७६ चैत्र ८ गते शनिबार
कोरोना बारे सचेतना जगाऔं पि.एल. तरंग / बेस्टखबर डटकम...
काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका...
Top