अमेरिकामा व्यापक हिमपात : २ दर्जनको मृत्यु, लाखौ घरमा विद्युत् सेवा बन्द

Best Khabar Team | २०७७ फाल्गुन ५ गते बुधबार


१७ फेब्रुअरी, २०२१
न्यूर्योक, अमेरिका । अमेरिकाका झण्डै एक दर्जन राज्यमा स्थानीय समय अनुसार सोमबार बिहानबाट शुरुभएको हिम आँधीले वितण्डा मच्चाएको छ । अमेरिकाको टेक्सास, लुसियाना, केन्टुकी, मिजौरी, नर्थ क्यारोलाइना, ओरेगनलगायतका राज्यमा हिमआँधीबाट हालसम्म २३ जनाको मृत्यु भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । आँधीका कारण लाखौं मानिसहरु प्रभावित भएका छन् भने टेक्ससलगायतका लाखौं घरमा घण्टौदेखि विद्यूत् सेवा अवरुद्ध भएको छ । आँधीले विशेष गरी अमेरिकाको मध्य तथा दक्षिणी राज्य बढी प्रभावित बनेका छन् । टेक्सास राज्यका अधिकांश घरहरुमा विद्यूत् सेवा अवरुद्ध भएको छ ।

तस्वीरहरु : इन्टरनेट ।

व्यापक हिमपातका कारण हावाबाट उत्पादन गरिएका विद्यूत्हरुको पंखामा हिउँ जमेको छ । यसका कारण हावाबाट उत्पादन हुने विद्युत् सेवा समेत अवरुद्ध भएको छ । विद्युत्सेवा अवरुद्ध भएपछि विद्युतबाट चल्ने सबै उपकरणहरुले काम गर्न छाडेका छन् । जसका कारण जनजीवन अस्तव्यस्त बनेको छ । सडकमा बाक्लो हिउँ जमेका कारण गाडि चलाउन समेत समस्या परेको छ। हिमपातपछि जाडो बढेका कारण विशेष गरी बृद्दबृद्धा तथा बालबालिका बढी प्रभावित बनेका छन् । घरमा जोडिएका विद्यूतीय उपकरण चलाउन आवश्यक विद्युत् आपूर्ति बन्द भएपछि इन्टनेट, टेलिफोनलगायतका अत्यावश्यकीय सेवा समेत अवरुद्ध बन्न पुगेको छ ।

हिमआँधीका कारण विद्यालय, विश्व विद्यालयलगायतले मंगलबारका लागि पठनपाठन समेत बन्द गराएका छन् । अमेरिकामा भएको हिमपातको असर छिमेकी मुलुक मेक्सिकोमा समेत पर्न थालेको छ । मेक्सिकोका दर्जनौ शहरमा पनि हिम आँधीको असर परेको र त्यहाँ विद्युत् सेवा अवरुद्ध भएको समाचारहरुमा उल्लेख छ । हिमआँधी आउनु पाँच दिन अघि नै सरकारले कतिपय राज्यहरुमा ‘स्टेट अफ ईमरजेन्सी’ घोषणा गरेको थियो । तर पनि जनताको सुरक्षा तथा पूर्वतयारीका लागि आवश्यक काम गर्न नसकेको भन्दै विभिन्न राज्यका गर्भनरहरुको चर्को आलोचना भै रहेको छ । हिमआँधीपछि अहिले किनमेल गर्ने स्टोरहरुमा मानिसहरुको भीड लागेको छ ।

हिमआँधीका कारण विद्युत् बन्द भएपछि कोरोनाबाट बच्नका लागि दिइँदै आएको खोप सेवासमेत कतिपय शहरमा तत्कालका लागि बन्द गरिएको छ । करिब २ साता अघि नै यहाँको केन्द्रीय मौसम विभागले अमेरिकामा हिमआँधीको पूर्वअनुमान गरेको थियो । विभागले आवश्यक सतर्कता अपनाउनका लागि आम नागरिक तथा सम्बन्धित राज्य र सरकारलाई ध्यानाकर्षण समेत गराएको थियो । अमेरिकाका कतिपय राज्यमा अहिले तापक्रम माइनस २० डिग्रीको आसपासमा पुग्न थालेको छ । अवस्था सहज बनाउन आपत्कालीन उद्दार कार्यमा खटिएका सुरक्षाकर्मी तथा विभिन्न निकायहरुले प्रयास जारी राखेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेलायतमा पार्कबाटै हराईन् नेपाली बृद्द महिला, खोजि गरिदिन परिवारको याचना बेलायतमा पार्कबाटै हराईन् नेपाली बृद्द महिला, खोजि गरिदिन परिवारको याचना

२०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२०वेस्टह्याम । कोरोना संक्रमणबाट ग्रस्त बनेको पूर्वयुरोपेली...

अमेरिकी राष्ट्रपति बाइडेन एक्कासी पुगे युद्धग्रस्त युक्रेनमा : युक्रेनलाई सहयोग निरन्तर दिने घोषणा अमेरिकी राष्ट्रपति बाइडेन एक्कासी पुगे युद्धग्रस्त युक्रेनमा : युक्रेनलाई सहयोग निरन्तर दिने घोषणा

२०७९ फाल्गुन ८ गते सोमबार

२०, फेब्रुअरी, २०२३न्यूयोर्क, अमेरिका । रुसले युक्रेनमाथि आक्रमण शुरु...

भोलिबाट देशभरको मालपोतको सेवा सूचारु गर्न निर्देशन भोलिबाट देशभरको मालपोतको सेवा सूचारु गर्न निर्देशन

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...

Luxembourg: Misconceptions on Social Media & realities !!! Luxembourg: Misconceptions on Social Media & realities !!!

२०८२ श्रावण ३ गते शनिबार

Pratik Lamichhane Many of you may have heard of...

Top