Best Khabar Team | २०७७ फाल्गुन ५ गते बुधबार
१७ फेब्रुअरी, २०२१
न्यूर्योक, अमेरिका । अमेरिकाका झण्डै एक दर्जन राज्यमा स्थानीय समय अनुसार सोमबार बिहानबाट शुरुभएको हिम आँधीले वितण्डा मच्चाएको छ । अमेरिकाको टेक्सास, लुसियाना, केन्टुकी, मिजौरी, नर्थ क्यारोलाइना, ओरेगनलगायतका राज्यमा हिमआँधीबाट हालसम्म २३ जनाको मृत्यु भएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । आँधीका कारण लाखौं मानिसहरु प्रभावित भएका छन् भने टेक्ससलगायतका लाखौं घरमा घण्टौदेखि विद्यूत् सेवा अवरुद्ध भएको छ । आँधीले विशेष गरी अमेरिकाको मध्य तथा दक्षिणी राज्य बढी प्रभावित बनेका छन् । टेक्सास राज्यका अधिकांश घरहरुमा विद्यूत् सेवा अवरुद्ध भएको छ ।

व्यापक हिमपातका कारण हावाबाट उत्पादन गरिएका विद्यूत्हरुको पंखामा हिउँ जमेको छ । यसका कारण हावाबाट उत्पादन हुने विद्युत् सेवा समेत अवरुद्ध भएको छ । विद्युत्सेवा अवरुद्ध भएपछि विद्युतबाट चल्ने सबै उपकरणहरुले काम गर्न छाडेका छन् । जसका कारण जनजीवन अस्तव्यस्त बनेको छ । सडकमा बाक्लो हिउँ जमेका कारण गाडि चलाउन समेत समस्या परेको छ। हिमपातपछि जाडो बढेका कारण विशेष गरी बृद्दबृद्धा तथा बालबालिका बढी प्रभावित बनेका छन् । घरमा जोडिएका विद्यूतीय उपकरण चलाउन आवश्यक विद्युत् आपूर्ति बन्द भएपछि इन्टनेट, टेलिफोनलगायतका अत्यावश्यकीय सेवा समेत अवरुद्ध बन्न पुगेको छ ।

हिमआँधीका कारण विद्यालय, विश्व विद्यालयलगायतले मंगलबारका लागि पठनपाठन समेत बन्द गराएका छन् । अमेरिकामा भएको हिमपातको असर छिमेकी मुलुक मेक्सिकोमा समेत पर्न थालेको छ । मेक्सिकोका दर्जनौ शहरमा पनि हिम आँधीको असर परेको र त्यहाँ विद्युत् सेवा अवरुद्ध भएको समाचारहरुमा उल्लेख छ । हिमआँधी आउनु पाँच दिन अघि नै सरकारले कतिपय राज्यहरुमा ‘स्टेट अफ ईमरजेन्सी’ घोषणा गरेको थियो । तर पनि जनताको सुरक्षा तथा पूर्वतयारीका लागि आवश्यक काम गर्न नसकेको भन्दै विभिन्न राज्यका गर्भनरहरुको चर्को आलोचना भै रहेको छ । हिमआँधीपछि अहिले किनमेल गर्ने स्टोरहरुमा मानिसहरुको भीड लागेको छ ।

हिमआँधीका कारण विद्युत् बन्द भएपछि कोरोनाबाट बच्नका लागि दिइँदै आएको खोप सेवासमेत कतिपय शहरमा तत्कालका लागि बन्द गरिएको छ । करिब २ साता अघि नै यहाँको केन्द्रीय मौसम विभागले अमेरिकामा हिमआँधीको पूर्वअनुमान गरेको थियो । विभागले आवश्यक सतर्कता अपनाउनका लागि आम नागरिक तथा सम्बन्धित राज्य र सरकारलाई ध्यानाकर्षण समेत गराएको थियो । अमेरिकाका कतिपय राज्यमा अहिले तापक्रम माइनस २० डिग्रीको आसपासमा पुग्न थालेको छ । अवस्था सहज बनाउन आपत्कालीन उद्दार कार्यमा खटिएका सुरक्षाकर्मी तथा विभिन्न निकायहरुले प्रयास जारी राखेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
जोडियो पोखरा–विराटनगर हवाई सेवा
२०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, २०२० पोखरा । पर्यटकीय नगरीको रुपमा परिचित...
काग पूज्नकै लागि भक्तजन पुग्ने काठमाडौंको एउटा अनौठो तीर्थस्थल
२०७६ पुष १५ गते मंगलबार
–बन्दना सापकोटा देशको राजधानी काठमाडौं । यहाँभित्र धेरै धार्मिक...
भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक
२०७६ मंशिर २३ गते सोमबार
०९ डिसेम्बर, २०१९ काठमाडौं । भारतले नेपाली भूमि समेटेर...
कोरोनाको महामारीमा पोर्चुगलका राष्ट्रपति किसानको बारीमा (फोटोफिचर)
२०७६ चैत्र २२ गते शनिबार
पोर्तिमाउ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण...
Top