चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य

Best Khabar Team | २०७६ चैत्र २५ गते मंगलबार


०७ मार्च, २०२०
बेइजिङ्ग । गत डिसेम्बरको अन्तिम साताबाट चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना संक्रमण यतिबेला विश्वव्यापी बन्दै गएको छ । कोरोनाकै कारण हालसम्म विश्वभर पौने १ लाख भन्दा बढी (यो समाचार तयार पार्दासम्म ७६ हजार ३ सय ८३ जना) को ज्यान समेत गै सकेको छ भने १० लाख भन्दा बढी संक्रमित बनेका छन् ।

तर कोरोनाको केन्द्रविन्दुको रुपमा रहेको चीनमा भने पछिल्ला दिनहरुमा कोरोना संक्रमित र मृतकको संख्या ह्वात्तै घटेको छ । सबैभन्दा खुसीको कुरा त के छ भने चीनमा पछिल्लो २४ घण्टामा कोरोनाबाट एकजनाले पनि ज्यान गुमाउनु परेको छैन । कोरोनासम्बन्धी विश्वव्यापी तथ्यांक अद्यावधिक गर्ने ओल्डोमिटर डटकमअनुसार पछिल्लो २४ घण्टामा चीनमा कोरोनाका ३२ जना मात्रै नयाँ संक्रमित देखिएका छन् । हिजो यही समयमा कोरोनाका ३९ जना नयाँ संक्रमित भेटिएका थिए । हिजो कोरोनाका कारण यही समयसम्ममा चीनका मात्रै २ जनाको ज्यान गएको थियो । यो तथ्यांकलाई आधार मान्दा चीनले विस्तारै कोरोनाको युद्द जितेको छ भने यहाँको विस्तारै जनजीवन सामान्यतर्फ उन्मुख बन्दै गएको छ ।

चीनमा हालसम्म कोरोनाका कारण ३ हजार ३ सय ३१ जनाको ज्यान गएको छ । पछिल्लो ३ साता यता मृतकको संख्या पनि एकदमै न्यून मात्रै देखिएका कारण चीन विस्तारै सामान्य जनजीवनतर्फ उन्मुख हुँदैछ । उद्योग तथा कलकारखना पछि कतिपय राज्यमा पछिल्ला ३ साता यता सञ्चालनमा रहेका छन् । बुहान पनि विस्तारै सामान्य जीवनजीवनतर्फ उन्मुख हुँदैछ । सडकमा मानिसहरुको उपस्थिति पनि विस्तारै बाक्लिन थालेको छ ।

चीनमा हाल कोरोना संक्रमित भै अस्पतालमा उपचार गराईरहेका १ हजार २ सय ९९ जना मध्ये २ सय ६५ को अवस्था मात्रै गम्भीर छ । यो सबै तथ्यांकलाई आधार बनाउँदा चीनले कोरोना विरुद्धको युद्धलाई विस्तारै जितेको छ भने जनजीवन पनि विस्तारै सामान्यतर्फ उन्मुख छ । चीनमा हालसम्म कोरोना संक्रमितको संख्या ८१ हजार ७ सय ८ रहेको छ । जुन तथ्यांकमा मृतक तथा अस्पतालमा उपचाररत समेत पर्दछन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाल भ्रमण   २०२० :  जनवरी १ मा काठमाडौंमा विशेष  कार्यक्रम,  १० लाख सहभागी हुँदै नेपाल भ्रमण २०२० : जनवरी १ मा काठमाडौंमा विशेष कार्यक्रम, १० लाख सहभागी हुँदै

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई...

पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२० काठमाडौं । ५० र ६० को...

नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि :  संक्रमितको संख्या २ पुग्यो नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २ पुग्यो

२०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२० काठमाडौं । केही साता अघि खाडी...

शितलनिवास भित्र सभामुखको सपथ– बाहिर विरोध, विरोधमा उत्रिएका १२ अधिकारकर्मी पक्राउ शितलनिवास भित्र सभामुखको सपथ– बाहिर विरोध, विरोधमा उत्रिएका १२ अधिकारकर्मी पक्राउ

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२०काठमाडौं । व्यक्ति हत्यामा संलग्न रहेको आरोपसम्बन्धी...

Top