Best Khabar Team | २०७६ चैत्र २५ गते मंगलबार

०७ मार्च, २०२०
बेइजिङ्ग । गत डिसेम्बरको अन्तिम साताबाट चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना संक्रमण यतिबेला विश्वव्यापी बन्दै गएको छ । कोरोनाकै कारण हालसम्म विश्वभर पौने १ लाख भन्दा बढी (यो समाचार तयार पार्दासम्म ७६ हजार ३ सय ८३ जना) को ज्यान समेत गै सकेको छ भने १० लाख भन्दा बढी संक्रमित बनेका छन् ।
तर कोरोनाको केन्द्रविन्दुको रुपमा रहेको चीनमा भने पछिल्ला दिनहरुमा कोरोना संक्रमित र मृतकको संख्या ह्वात्तै घटेको छ । सबैभन्दा खुसीको कुरा त के छ भने चीनमा पछिल्लो २४ घण्टामा कोरोनाबाट एकजनाले पनि ज्यान गुमाउनु परेको छैन । कोरोनासम्बन्धी विश्वव्यापी तथ्यांक अद्यावधिक गर्ने ओल्डोमिटर डटकमअनुसार पछिल्लो २४ घण्टामा चीनमा कोरोनाका ३२ जना मात्रै नयाँ संक्रमित देखिएका छन् । हिजो यही समयमा कोरोनाका ३९ जना नयाँ संक्रमित भेटिएका थिए । हिजो कोरोनाका कारण यही समयसम्ममा चीनका मात्रै २ जनाको ज्यान गएको थियो । यो तथ्यांकलाई आधार मान्दा चीनले विस्तारै कोरोनाको युद्द जितेको छ भने यहाँको विस्तारै जनजीवन सामान्यतर्फ उन्मुख बन्दै गएको छ ।

चीनमा हालसम्म कोरोनाका कारण ३ हजार ३ सय ३१ जनाको ज्यान गएको छ । पछिल्लो ३ साता यता मृतकको संख्या पनि एकदमै न्यून मात्रै देखिएका कारण चीन विस्तारै सामान्य जनजीवनतर्फ उन्मुख हुँदैछ । उद्योग तथा कलकारखना पछि कतिपय राज्यमा पछिल्ला ३ साता यता सञ्चालनमा रहेका छन् । बुहान पनि विस्तारै सामान्य जीवनजीवनतर्फ उन्मुख हुँदैछ । सडकमा मानिसहरुको उपस्थिति पनि विस्तारै बाक्लिन थालेको छ ।

चीनमा हाल कोरोना संक्रमित भै अस्पतालमा उपचार गराईरहेका १ हजार २ सय ९९ जना मध्ये २ सय ६५ को अवस्था मात्रै गम्भीर छ । यो सबै तथ्यांकलाई आधार बनाउँदा चीनले कोरोना विरुद्धको युद्धलाई विस्तारै जितेको छ भने जनजीवन पनि विस्तारै सामान्यतर्फ उन्मुख छ । चीनमा हालसम्म कोरोना संक्रमितको संख्या ८१ हजार ७ सय ८ रहेको छ । जुन तथ्यांकमा मृतक तथा अस्पतालमा उपचाररत समेत पर्दछन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालको इन्टरनेट सेवामा २० प्रतिशत मूल्य बढ्दै, घाटा उपभोक्ताको थाप्लोमा
२०७६ जेठ १९ गते आइतबार
०२ जुन, २०१९काठमाडौं । विश्वबजारमा इन्टेरनेट सेवामा मूल्य दिनप्रतिदिन...
महानायक राजेश हमालका भाईको उपचारका क्रममा भारतमा निधन
२०७७ श्रावण ७ गते बुधबार
२२ जुलाई, २०२०नयाँदिल्ली, भारत । नेपाली चलचित्र क्षेत्रमा महानायकको...
दुबईबाट आइपुगे १६९ नेपाली, विमानस्थलबाट सिधै ‘होल्डिङ्ग सेन्टर’ पु-याईयो
२०७७ जेठ २३ गते शुक्रबार
०५ जुन, २०२०काठमाडौं । संयुक्त अरव इमिरेट्सको सार्जाबाट नेपालका...
एक अभिभावकको शिक्षामन्त्रीलाई खुल्ला पत्र : यथास्थितिमा छोराछोरी विद्यालय पठाउन सक्दैनौं
२०७७ जेठ १९ गते सोमबार
माननीय शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल ज्यू,सिंहदरबार...
Top