Best Khabar Team | २०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२०
लण्डन । कोरोना (कोभिड १९) को संक्रमणमा परी बेलायतमा थप एकजना नेपालीको ज्यान गएको छ । नेपालको पर्वत जिल्ला घर भै लण्डनमा बस्दै आएका पूर्व गोर्खा सैनिक समेत रहेका चेतप्रसाद गुरुङ्गको हिजोसाँझ यहाँस्थित अस्पतालमा निधन भएको हो ।
उनी तमु धीं बेलायत अन्र्तगत लण्डन इकाइएका बरिष्ठ उपाध्यक्ष समेत रहेका थिए । विगत २ सातादेखि अस्पतालमा उपचाररत ५९ वर्षका गुरुङ्गको हिजो साँझ निधन भएपनि आज मात्रै अस्पतालले त्यसको जानकारी परिवारका सदस्यलाई गराएको थियो । हाल उनी लण्डनस्थित अल्पर्टनको एउटा अपार्टमेन्टमा श्रीमतीका साथ बस्दै आएका थिए । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने उनी तेश्रो नेपाली हुन् ।
यसअघि पूर्व गोर्खा सैनिक लीलाबहादुर राई तथा प्रशान्त अर्यालको कोरोना संक्रमणकै कारण ज्यान गएको थियो । यो समाचार तयार पर्दासम्म बेलायतमा कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ९७ पुगेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना : चौथो संक्रमितपनि डिस्चार्ज, २७ को उपचार चल्दै
२०७७ बैशाख ७ गते आइतबार
१९ अप्रिल, २०२०धनगढी । नेपालमा कोरोना संक्रमणमा परी निको...
हिरासतमुक्त भएलगत्तै गजुरेलले भने : कालापानीबाट भारतीय सेना हटाउँछौं
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९ काठमाडौं । सिमा मिचिएको विषयमा ज्ञापन...
४७ वर्षपछि युरोपियन युनियनबाट अलग्गिँदै बेलायत
२०७६ माघ १७ गते शुक्रबार
३१ जनवरी, २०२०लण्डन । अन्ततः ४७ वर्षे सहयात्रालाई पूर्णविराम...
भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०नयाँदिल्ली । भारतमा शनिबार एकैदिन ४ हजार...
Top