Best Khabar Team | २०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२०
लण्डन । कोरोना (कोभिड १९) को संक्रमणमा परी बेलायतमा थप एकजना नेपालीको ज्यान गएको छ । नेपालको पर्वत जिल्ला घर भै लण्डनमा बस्दै आएका पूर्व गोर्खा सैनिक समेत रहेका चेतप्रसाद गुरुङ्गको हिजोसाँझ यहाँस्थित अस्पतालमा निधन भएको हो ।
उनी तमु धीं बेलायत अन्र्तगत लण्डन इकाइएका बरिष्ठ उपाध्यक्ष समेत रहेका थिए । विगत २ सातादेखि अस्पतालमा उपचाररत ५९ वर्षका गुरुङ्गको हिजो साँझ निधन भएपनि आज मात्रै अस्पतालले त्यसको जानकारी परिवारका सदस्यलाई गराएको थियो । हाल उनी लण्डनस्थित अल्पर्टनको एउटा अपार्टमेन्टमा श्रीमतीका साथ बस्दै आएका थिए । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने उनी तेश्रो नेपाली हुन् ।
यसअघि पूर्व गोर्खा सैनिक लीलाबहादुर राई तथा प्रशान्त अर्यालको कोरोना संक्रमणकै कारण ज्यान गएको थियो । यो समाचार तयार पर्दासम्म बेलायतमा कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ९७ पुगेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
असारे झरीले भत्कियो काठमाडौंको सदरखोर
२०७७ असार ६ गते शनिबार
२० जुन, २०२०काठमाडौं । निरन्तरको बर्षाको कारण काठमाडौंको डिल्लीबजारमा...
विप्लव समूहद्वारा ‘भूमाफिया’ ढकालको काठमाडौंस्थित घरमा बम प्रहार
२०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । बहुचर्चित काठमाडौंको ललिता निवासको...
पोर्चुगलको राष्ट्रपतिमा दोश्रोपटक पनि ७२ वर्षीय मार्सेलो निर्वाचित
२०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको राष्ट्रपतिमा...
गोकुल बास्कोटाविरुद्ध अख्तियारमा उजुरी
२०७६ फाल्गुन ११ गते आइतबार
२३ फेब्रुअरी, २०२० काठमाडौं । निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाविरुद्ध...
Top