पाल्पाको १० वटै स्थानीय तहमा कोरोना संक्रमण फैलियो

Best Khabar Team | २०७७ असार ११ गते बिहिबार


२५ जुन, २०२०
तानसेन, पाल्पा । पाल्पा जिल्लाका १० वटै स्थानीय निकायमा कोरोना संक्रमण फैलिएको छ । आजमात्रै पाल्पाका विभिन्न स्थानीय निकायका १ सय २१ जनामा कोरोना संक्रमण देखिएसँगै पाल्पाका १० वटै स्थानीय निकायमा कोरोनाको संक्रमण फैलिएको हो । आज पाल्पाको तानसेन नगरपालिका तथा निस्दी, पूर्वखोला, रम्भा, तिनाउलगायतका गाउँपालिकाका १ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ ।

रुपन्देही र चितवनका प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । आज एकैदिन पाल्पाको निस्दी गाउँपालिकाका ९८ जनामा कोरोना देखिएको छ । यस्तै पूर्वखोला गाउँपालिकामा १८ जनामा र रम्भा गाउपालिकाका ६ जनामा कोरोना संक्रमण देखिएको हो । यता तानसेन नगरपालिकाका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न समयमा भारतबाट फर्केकाहरुको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पाल्पामा मात्रै कोरोना संक्रममितको संख्या ३ सय ६९ पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकाका यी १४ अस्पतालबाट लगाईँदैछ कोराना विरुद्धको चिनियाँ खोप उपत्यकाका यी १४ अस्पतालबाट लगाईँदैछ कोराना विरुद्धको चिनियाँ खोप

२०७७ चैत्र २४ गते मंगलबार

०६ अप्रिल, २०२१काठमाडौं । भोलिबाट काठमाडौं उपत्यकाका १४ अस्पतालबाट...

प्रहरीका पूर्वडिएसपी विरुद्ध बलात्कारको उजुरी, पुलिस रिपोर्ट बनाउन जाँदा बलात्कार गरेको जाहेरी प्रहरीका पूर्वडिएसपी विरुद्ध बलात्कारको उजुरी, पुलिस रिपोर्ट बनाउन जाँदा बलात्कार गरेको जाहेरी

२०७६ माघ २३ गते बिहिबार

०६ फेब्रुअरी, २०२० । काठमाडौं । आफूलाई नेपाल प्रहरीका...

स्वीट्जरल्याण्डमा पनि भेटियो कोरोना भाइरस संक्रमित स्वीट्जरल्याण्डमा पनि भेटियो कोरोना भाइरस संक्रमित

२०७६ फाल्गुन १३ गते मंगलबार

२५ फेब्रुअरी, २०२० जुरिच । युरोपेली मुलुक स्वीट्जरल्याण्डमा पहिलोपटक...

बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता

२०७७ भाद्र १८ गते बिहिबार

०२ सेप्टेम्बर, २०२०बलेवा, बाग्लुङ्ग । बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको लाँकुरीबोट...

Top