Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर , २०१९
न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा रहेको अमेरिकी दुतावासमा आज भएको आक्रमणको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । इराकको राजधानी बग्गादस्थित अमेरिकी दुतावासमा सोमबार भएको सो घटनाप्रति राष्ट्रपति ट्रम्पले गहिरो दुःख व्यक्त गर्दै इराकी सरकारलाई दुतावासको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गर्नुभएको हो । बग्दादमा रहेको अमेरिकी दुतावासको पर्खाल नजिकै पुगेर प्रदर्शनकारीहरुले ढुंगामुढा तथा आगजनीको प्रयास गरेका थिए ।
घटनामा इरानी समूहको संलग्नता रहेको अमेरिकी ठहर छ । त्यस क्रममा इरनाबाट प्रतिशिक्षत इराकी सशस्त्र समूहको झण्डा देखिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत इराकी सरकार र सुरक्षाकर्मीलाई दुतावासको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गर्नुभएको हो ।
उहाँले घटना गराउन इरान जिम्मेवार रहेको बताउँदै यस्ता गतिविधि आफूहरुलाई अमान्य हुने बताउनुभयो । आगजनी र ढुंगामुढाबाट केही सवारी साधनमा समेत क्षति पुगेपछि सुरक्षाकर्मीले बग्दादमा अश्रुग्याँस र केही राउन्ड हवाई फायर समेत गरेको थियो । अहिले सो क्षेत्रलाई पूर्णरुपमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको समाचार छ । केहीसाता अघि अमेरिकाले गरेको हवाई आक्रमणमा करिब २ दर्जन इराकीको मृत्यु भएपछि विरोधमा आज बग्दादस्थित अमेरिकी दुतावासमा आक्रमणको प्रयास भएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०नयाँदिल्ली । भारतमा शनिबार एकैदिन ४ हजार...
कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी उपत्यकाको...
कुबेत दुर्घटना अपडेट : मृतक ४ र घाइते २ नेपालीको सनाखत, २ मृतकको अझै नाम खुलेन
२०७६ फाल्गुन १ गते बिहिबार
१३ फेब्रुअरी, २०२०कुबेत । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ज्यान...
पर्यटकका लागि थप आकर्षक गन्तव्य बन्दै टिस्टुङ, थपियो प्याराग्लाईडिङ् सेवा
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२० हेटौंडा । काठमाडौंसँग सिमाना जोडिएको मकवानपुर...
Top