इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार


३१ डिसेम्बर , २०१९
न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा रहेको अमेरिकी दुतावासमा आज भएको आक्रमणको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । इराकको राजधानी बग्गादस्थित अमेरिकी दुतावासमा सोमबार भएको सो घटनाप्रति राष्ट्रपति ट्रम्पले गहिरो दुःख व्यक्त गर्दै इराकी सरकारलाई दुतावासको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गर्नुभएको हो । बग्दादमा रहेको अमेरिकी दुतावासको पर्खाल नजिकै पुगेर प्रदर्शनकारीहरुले ढुंगामुढा तथा आगजनीको प्रयास गरेका थिए ।

घटनामा इरानी समूहको संलग्नता रहेको अमेरिकी ठहर छ । त्यस क्रममा इरनाबाट प्रतिशिक्षत इराकी सशस्त्र समूहको झण्डा देखिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत इराकी सरकार र सुरक्षाकर्मीलाई दुतावासको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गर्नुभएको हो ।

उहाँले घटना गराउन इरान जिम्मेवार रहेको बताउँदै यस्ता गतिविधि आफूहरुलाई अमान्य हुने बताउनुभयो । आगजनी र ढुंगामुढाबाट केही सवारी साधनमा समेत क्षति पुगेपछि सुरक्षाकर्मीले बग्दादमा अश्रुग्याँस र केही राउन्ड हवाई फायर समेत गरेको थियो । अहिले सो क्षेत्रलाई पूर्णरुपमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएको समाचार छ । केहीसाता अघि अमेरिकाले गरेको हवाई आक्रमणमा करिब २ दर्जन इराकीको मृत्यु भएपछि विरोधमा आज बग्दादस्थित अमेरिकी दुतावासमा आक्रमणको प्रयास भएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना विरुद्धको भ्याक्सिन अर्को सातादेखि लगाउने तयारी, १० लाख खोप काठमाडौं आइपुग्यो कोरोना विरुद्धको भ्याक्सिन अर्को सातादेखि लगाउने तयारी, १० लाख खोप काठमाडौं आइपुग्यो

२०७७ माघ ८ गते बिहिबार

२१ जनावरी, २०२१काठमाडौं । कोरोना भाइरस विरुद्ध तयार पारिएको...

चराउन लगेकै बेला प्राण त्यागिन् ८४ वर्षकी ‘रतनकली’ले चराउन लगेकै बेला प्राण त्यागिन् ८४ वर्षकी ‘रतनकली’ले

२०७६ पुष १२ गते शनिबार

२ ८ डिसेम्बर, २०१९ कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय...

कास्कीमा सर्तसहित निषेधाज्ञा खुकुलो पारियो, सवारी साधनमा जोर विजोर लागू कास्कीमा सर्तसहित निषेधाज्ञा खुकुलो पारियो, सवारी साधनमा जोर विजोर लागू

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०लेकसाईट, पोखरा कास्की । चार नम्बर प्रदेश...

दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख

२०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२० काठमाडौं । सडक दुर्घटनामा परेका पूर्व...

Top