काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी

Best Khabar Team | २०७७ श्रावण २० गते मंगलबार


०४ अगस्ट, २०२०
काठमाडौं । काठमाडौंको टंगालमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालयमा २ दिन अघि गरिएको स्वाब परीक्षणका क्रममा १५ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको समन्वयमा गरिएको परीक्षणका क्रममा भेटिएका संक्रमितमध्ये धेरैजसो प्रहरी रहेको बताइएको छ ।

उनीहरु विगत लामो समयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने विभिन्न अनुसन्धान र कारबाहीमा खटिँदै आएका प्रहरी कर्मचारी भएको मन्त्रालय स्रोतको भनाई छ । १५ जना कर्मचारीमा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको बारेमा पनि विस्तृत वितरण निकाल्ने काम भै रहेको छ ।

संक्रमितहरुलाई अहिले आइसोलेसन केन्द्रमा पठाउने तयारी भै रहेको बताइएको छ । स्रोतका अनुसार केही समय अघि पूर्वी नेपालमा अख्तियारको क्षेत्रीय कार्यालयले गरेको अनुसन्धानका क्रममा सहभागी भएर फर्केका केही प्रहरी कर्मचारीहरुमार्फत् मुख्यालयका अन्यमा कोरोना फैलिएको आशंका गरिएको छ । गएको आइतबार अख्तियारको मुख्यालयमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आज प्राप्त भएको बताइएको छ ।

प्रहरी कर्मचारीका अलावा अनुसन्धान प्रहरीसँगै खटिएका अख्तियारका केही कर्मचारीहरुमा समेत कोरोना संक्रमण भेटिएको प्रहरीको भनाई छ । केही समयअघिमात्रै काठमाडौंको नक्सालस्थित प्रहरी मुख्यालयमा कार्यरत ५२ जना भन्दा बढी प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मुख्यालयको सञ्चार तथा सवारी शाखामा कार्यरत कर्मचारी रहेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सार्वजनिक बसमा महिलामाथि यौन हर्कत गर्ने युवक ‘रिक्सा चालक’ सार्वजनिक बसमा महिलामाथि यौन हर्कत गर्ने युवक ‘रिक्सा चालक’

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । करिब एक वर्षअघि काठमाडौंको...

भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०काठमाडौं । भारतले नेपाली भूमिहुँदै तिब्बतको कैलाश...

उपत्यकासँगैको ‘बत्तिमुनीको’ गाउँ : एक वर्षमै बन्यो स्वास्थ्यचौकी, गाउँलेले पाए एम्बुलेन्स उपत्यकासँगैको ‘बत्तिमुनीको’ गाउँ : एक वर्षमै बन्यो स्वास्थ्यचौकी, गाउँलेले पाए एम्बुलेन्स

२०७६ माघ १९ गते आइतबार

०२ जनवरी, २०२०गोदावरी । त्यसो त धेरैको मनमा आउला...

स्पेनमा कोरोना संक्रमणमा पहिलोपटक राजपरिवारका सदस्यको मृत्यु : राजकुमारी  मारियाको निधन कोरोनाबाटै भएको अस्पतालले ग-र्यो पुष्टि स्पेनमा कोरोना संक्रमणमा पहिलोपटक राजपरिवारका सदस्यको मृत्यु : राजकुमारी मारियाको निधन कोरोनाबाटै भएको अस्पतालले ग-र्यो पुष्टि

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०बार्सिलोना । स्पेनमा पछिल्ला दिनहरुमा भयाबह बन्दै...

Top