Best Khabar Team | २०७७ श्रावण २० गते मंगलबार
०४ अगस्ट, २०२०
काठमाडौं । काठमाडौंको टंगालमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालयमा २ दिन अघि गरिएको स्वाब परीक्षणका क्रममा १५ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको समन्वयमा गरिएको परीक्षणका क्रममा भेटिएका संक्रमितमध्ये धेरैजसो प्रहरी रहेको बताइएको छ ।

उनीहरु विगत लामो समयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने विभिन्न अनुसन्धान र कारबाहीमा खटिँदै आएका प्रहरी कर्मचारी भएको मन्त्रालय स्रोतको भनाई छ । १५ जना कर्मचारीमा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको बारेमा पनि विस्तृत वितरण निकाल्ने काम भै रहेको छ ।
संक्रमितहरुलाई अहिले आइसोलेसन केन्द्रमा पठाउने तयारी भै रहेको बताइएको छ । स्रोतका अनुसार केही समय अघि पूर्वी नेपालमा अख्तियारको क्षेत्रीय कार्यालयले गरेको अनुसन्धानका क्रममा सहभागी भएर फर्केका केही प्रहरी कर्मचारीहरुमार्फत् मुख्यालयका अन्यमा कोरोना फैलिएको आशंका गरिएको छ । गएको आइतबार अख्तियारको मुख्यालयमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आज प्राप्त भएको बताइएको छ ।
प्रहरी कर्मचारीका अलावा अनुसन्धान प्रहरीसँगै खटिएका अख्तियारका केही कर्मचारीहरुमा समेत कोरोना संक्रमण भेटिएको प्रहरीको भनाई छ । केही समयअघिमात्रै काठमाडौंको नक्सालस्थित प्रहरी मुख्यालयमा कार्यरत ५२ जना भन्दा बढी प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मुख्यालयको सञ्चार तथा सवारी शाखामा कार्यरत कर्मचारी रहेका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘काठमाण्डौं भ्याली’मा लकडाउन कडा पारियो, सडक गल्लीमा निस्के पक्राउ गरिने, हिँडेर समेत काठमाडौं आउन नपाईने
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०काठमाडौं । कोरोना (कोभिड१९) को संक्रमणको जोखिम...
कोरोनाको संत्रास : चैत्र ११ देखि १७ सम्म नेपालभर अघोषित ‘कफर्यु’
२०७६ चैत्र १० गते सोमबार
२३ मार्च, २०२०काठमाडौं । सरकारले आगामी १ साताका लागि...
जेठ ३ देखि देशभर लकडाउन थप कडा बनाईँदै, जिल्लाले दिएको सबै सवारी पास रद्द
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२०काठमाडौं । सरकारले पहुँचको भरमा सवारी साधनको...
महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०१९कपिलबस्तु। वर्षौदेखि किसानहरुको उखुको मूल्य भुक्तानी नगर्ने...
Top