Best Khabar Team | २०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२०
काठमाडौं । सडक दुर्घटनामा परेका पूर्व उपप्रधानमन्त्री सिपी मैनालीलाई थप उपचारको लागि काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । महोत्तरीको बर्दिबासमा ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका मैनालीको त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि हेलिकोप्टरमा राखेर काठमाडौं ल्याइएको हो ।
हाल उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भै रहेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ । मैनालीसँगै उनका छोरा, बुहारी, नाती र गाडीका चालकलाई पनि हेलिकोप्टरमै राखेर उपचारका लागि काठमाण्डौ ल्याईएको अस्पताल स्रोतले जानकारी दिएको छ । बा ७ च २१२० नम्बरको मैनाली परिवार चढेको कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा मैनाली परिवारका ४ जना र गाडी चालक घाइते भएका थिए ।
दुर्घटना गराउने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मैनालीको अवस्था अहिले ग्राण्डी अस्पतालमा ल्याएपछि सुधारोन्मुख रहेको बताइएको छ । उनका परिवारका सदस्य र चालकको अवस्था भने सामान्य रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षको शव २२ दिनपछि भेटियो, अरु ११ अझै वेपत्ता
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । जीप दुर्घटनामा परी विगत...
कोरोनाको महामारीमा पोर्चुगलका राष्ट्रपति किसानको बारीमा (फोटोफिचर)
२०७६ चैत्र २२ गते शनिबार
पोर्तिमाउ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण...
महजोडी बने यो वर्षको ‘महामुर्ख’
२०७७ चैत्र १६ गते सोमबार
२९ मार्च, २०२१जनकपुरधाम, धनुषा । चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ...
अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२० काठमाडौं । सरकारले तत्कालका लागि एक...
Top