Best Khabar Team | २०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२०
न्यूर्योक । अमेरिकाका र इराकबीच पछिल्ला केहीदिन यता तनाव बढेपछि अमेरिकाले आफ्ना नागरिकलाई तत्काल इराक छाड्न निर्देशन दिएको छ । इराकको बस्दादस्थित अन्र्तराष्ट्रिय विमानस्थलमा हिजो अमेरिकाले गरेको रकेट आक्रमणका क्रममा एक इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न परिस्थितिलाई मध्यनजगर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षाका लागि इराक छाड्न भनेको हो ।
हिजो भएको सो घटनाको इराक र इरानले चर्को विरोध गरेका छन् भने अमेरिकाले यसको ठूलै मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । इराकको बग्दादस्थित अमेरिकी दुतावासले सूचना जारी गर्दै आफ्ना नागरिकहरुलाई तत्काल इराकको भूगोल छाडेर अन्यत्र जान भनेका हो । सकेसम्म विमानबाटै र नभए स्थलमार्गबाट भएपनि इराकको सिमाना छाडेर सुरक्षित रहन अमेरिकाले नागरिकलाई सूचित गरेको छ ।
पछिल्लो केही सातायता अमेरिका र इराकबीचको युद्द चर्कँदो छ । यही क्रममा केही दिन अघि इराकस्थित अमेरिकी दुतावास जलाउने प्रयास भएको थियो । त्यसको जवाफमा अमेरिकाले इराकमा आफ्नो सैन्य गतिविधि तीव्र बनाएको छ । हिजोको घटना त्यसैको पछिल्लो उदाहरण हो । यो घटनासँगै अमेरिका र इराकबीचको सम्बन्ध थप चिसिँदै गएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
झुण्डिएको अवस्थामा कर्मचारीको शव भेटिएपछि अस्पताल तोडफोड
२०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१८ काठमाडौं । अस्पतालमा कार्यरत एक महिलाको...
काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण
२०७७ पुष ८ गते बुधबार
२३ डिसेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...
अमेरिकामा अर्को गोलीकाण्ड : सरकारी कार्यालयका १२ कर्मचारी मारिए
२०७६ जेठ २० गते सोमबार
०३ जुर्लाइ, २०१८ काठमाडौं । अमेरिकाको भर्जिनियामा भएको पछिल्लो...
धादिङ्का पन्त बने कमेडी च्याम्पियन, जिते २५ लाख नगद र एउटा कार पनि
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । धादिङ्का हिमेश पन्त स्ट्याण्ड अफ...
Top