कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार


१ मार्च, २०२०
काठमाडौं । चीनको हुवेई प्रान्तबाट करिब साढे २ महिना अघि फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका झण्डै ४ दर्जन बढी मुलुकहरुमा फैलिइसकेको छ । जसका कारण चीनसहित विश्वका विभिन्न मुलुकका झण्डै ३ हजार जनाले ज्यान गुमाईसकेका छन् । यसको संक्रमणबाट विश्वका ८५ हजार मानिस प्रभावित बनेका छन् ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म पृथ्वीको सबैभन्दा पश्चिममा अवस्थित क्यानडादेखि दक्षिण पूर्वमा पूर्वमा अवस्थित न्यूजिल्याण्सम्म कोरोना संक्रमितहरु भेटिन थालेका छन् । न्यूजिल्याण्डमा हिजोमात्रै कोरोनाका संक्रमित भेटिएको पुष्टि भएको थियो । यस्तै मध्यपूर्वमा अवस्थित कतारमा पहिलोपटक कोरोना भाईरस संक्रमित भेटिएका छन् । शनिबार कतारमा कोरोना संक्रमित भेटिएका हुन् ।

यस्तै कोरोनाबाट चीनपछि सबैभन्दा बढी प्रभावित कोरियाका नागरिकहरुलाई त्यहाँको सरकारले घरभित्रै बस्नका लागि आग्रह गरेको छ । कोरियामा आज साँझ त्यहाँको सरकारले जारी गरेको विज्ञप्ति अनुसार ८ सय १३ जनामा नयाँ संक्रमण भेटिएको छ । कोरियामा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार १ सय ५० पुगेको छ । जसमा पछिल्लो २४ घण्टामा १७ जनाले ज्यान गुमाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

चीनमा शनिबार मात्रै थप ४७ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् । चीनमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे २८ सय पुगेको छ । चीनमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ३५ नयाँ कोरोना संक्रमित भेटिएका छन् । चीनमा हालसम्म कोरोना संक्रमितको संख्या ७९ हजार २ सय ५१ पुगेको छ । यस्तै चीन र दक्षिण कोरियापछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुकको रुपमा इटली र इरान परेको छ ।

इटलीमा १ हजार भन्दा बढीमा हालसम्म संक्रमण देखिएको छ । इटलीमा मात्रै कारोनाको कारण कारण २९ जनाको निधन भै सकेको छ । यसैबीच युरोपेली मुलुक फ्रान्समा पनि कोरोना भाइरसका १ सय जना संक्रमित भेटिएका छन् । यो संख्या अझै बढी रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

फ्रान्समा हालसम्म कोरोनाको संक्रमणका कारण २ जनाको ज्यान गै सकेको छ भने १२ जना उपचारपछि निको भएर घर फर्केका छन् । ८६ जना अझै अस्पतालमा उपचार गराईरहेको बताइएको छ । ती मध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा पहिलो पटक कोरोनाको संक्रमणका कारण एकजनाको निधन भएको छ । अमेरिकाको वासिंटन डिसी राज्यमा ५० वर्षकी एक महिलाको कोरोना भाइरसको कारण स्थानीय समय अनुसार शनिबार दिउँसो निधन भएको हो । अमेरिकी राष्ट्रपतिले नै यो जानकारी सार्वजनिक रुपमा गराईसकेका छन् ।

यस्तै युरोपेली मुलुक नेदरल्याण्डमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म नेदरल्याण्डमा कोरोनाबाट ६ जना संक्रमित भएका छन् । यस्तै इरानमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखेर उपचार गरिँदै छ । इरानमा हालसम्म १३ जनामा यो भाइरसको संक्रमण देखिएको छ । इरानमाले कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएपछि छिमेकी मुलुक अजरबैजानले इरानसँगको सिमाना सिल गरेको छ ।

अजरबैजानमा अहिलेसम्म २ जनामा कोरोनाको संक्रमण देखिएपछि यसको प्रकोप फैलन नदिन सिमा सिल गर्नुपरेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । यस्तै लेवननमा पनि कोरोना भाइरसका ३ नयाँ संक्रमित भेटिएका छन् । योसँगै लेबनानमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

यस्तै एसियाली मुलुक पाकिस्तानमा पनि कोरोना संक्रमितको संख्या थपिएको छ । आजमात्रै थप २ जनामा कोरोना संक्रमण देखिएपछि पाकिस्तानमा हालसम्म कोरोना संक्रमितको संख्या ४ पुगेको छ । इटलीको उत्तरी क्षेत्रमा रहेका विद्यालयहरु कम्तीमा २ साताका लागि बन्द गरिएको छ । यस्तै कतारमा पनि पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । यस्तै साउदी अरेवियाले आफ्ना देशका नागरिकहरुलाई सुरक्षाको कारण देखाउँदै लेवनान भ्रमण तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ । यस्तै लेबनानले पनि आगामी मार्च ८ सम्मका लागि विद्यालयहरु बन्द गरेको छ ।

यता रसियाले पनि आफ्ना देशका नागरिकहरुलाई विदेश यात्रा नगर्न भनेको छ । यस्तै कुवेतले कोरोना प्रभावित देशहरुको भ्रमण तत्कालका लागि स्थगित गर्न नागरिकहरुलाई आग्रह गरेको छ । यस्तै अष्ट्रेलियाले इरानबाट आउने सबै नागरिहरुलाई तत्कालका लागि आफ्नो देश प्रवेश निषेध गरेको छ । उज्बेकिस्तानले दक्षिण कोरियाका उडानहरु रद्द गरेको छ । थाइल्याण्डमा पनि कोरोना भाइरसको संख्या बढ्दै गएको हाल हालसम्म ५० जनामा यसको संक्रमण देखिएको अधिकारीहरुको भनाई उल्लेख गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाका कारण जापानमा पनि विद्यालयहरु बन्द गरिएका छन् । यस्तै, चीन, इटली, दक्षिण कोरिया, इरानलगायतका देशका कतिपय शहरहरु अनिश्चितकालका लागि बन्द गरिएका छन् । यसैबीच टर्कीले कोरोनाग्रस्त देशहरु टर्की, इराक र दक्षिण कोरियाबाट टर्की आउने सबै विमान अनिश्चितकालका लागि बन्द गरेको छ ।

यद्यपि यो भने मार्च १ तारिखको मध्यराति अर्थात् आइतबार बिहानबाट लागू हुनेछ । यसअघि टर्कीले इरान र चीनबाट टर्की आउने सबै उडान बन्द गरिसकेको छ । विश्व स्वास्थय संगठनले हिजो मात्रै कोरोनाले विश्वभर प्रभाव फैलाएको भन्दै यसतर्फ सचेत हुन आग्रह गरेको थियो । संगठनका अनुसार हालसम्म विश्वभर ८५ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ । नेपालले पनि तत्काल कोरोना रोकथामको लागि पूर्व तयारी भन्दै रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा समिति गठन गरेको छ ।

(प्रस्तुत तथ्यांक हामीले सन् २०२० मार्च १ तारिक आइतबार नेपाली समय अनुसार बिहान ३ बजेर पाँच मिनेट जाँदा अपडेट गरेका हौं । यसमा समावेश भएका फोटोहरु केही इन्टरनेट र केही बीबीसीबाटसाभार गरका हौं । प्रस्तुत तथ्यांक हामीले विश्वस्वास्थ्य संगठन र विश्वभरका विभिन्न सञ्चारमाध्यमबाट लिएका हौं । सम्पादक )



Comment from facebook



थप खबर पढ्नुहोस्
‘सन्नी लियोनीको अभिनय रहेको  नेपाली फिल्म युट्बमा (फिल्मसहित) ‘सन्नी लियोनीको अभिनय रहेको नेपाली फिल्म युट्बमा (फिल्मसहित)

२०२६ पुष १७ गते बिहिबार

१३ अप्रिल, २०२० काठमाडौं । थुप्रै निलो चलचित्रहरुमा अभिनय...

कोरोनाको दोश्रो लहरको जोखिम : अबदेखि सार्वजनिक यातयातमा  माक्स अनिवार्य कोरोनाको दोश्रो लहरको जोखिम : अबदेखि सार्वजनिक यातयातमा माक्स अनिवार्य

२०२६ पुष १७ गते बिहिबार

२६ मार्च, २०२१काठमाडौं । सरकारले काठमाडौंलगायत देशभर सञ्चालन हुने...

खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा मूल्य बढ्यो (सूचीसहित) खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा मूल्य बढ्यो (सूचीसहित)

२०७८ आश्विन १६ गते शनिबार

१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले खाना पकाउने ग्याँससहित पेट्रोल,...

Top