Best Khabar Team | २०७७ भाद्र ११ गते बिहिबार
२७ अगस्ट, २०२०
काठमाडौं । सरकारले नेपाल विद्यूत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्लाई नै निरन्तरता दिने विषयमा कुनै औपचारिक निर्णय नभएको स्पष्ट पारेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री युवराज खतिवडाले घिसिङ्को निरन्तरताको विषयमा सामाजिक सञ्जालमा आएका विषयहरुमा कुनै सत्यता नभएको भन्दै यो विषयमा सरकार अनभिज्ञ रहेको बताए ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले यो विषयमा मन्त्रीपरिषद्मा कुनै प्रस्ताव नआएको र कुनै निर्णय नभएको स्पष्ट पारे । उनले भने ‘‘औपचारिक प्रस्ताव पनि आएको छैन, छलफल पनि भएको छैन । सामाजिक सञ्जालमा आएको लेखाई, बोलाई र सूचनामा कुनै सत्यता छैन । ” आगामी भदौ २८ गतेदेखि चारवर्षे कार्यकाल समाप्त हुन लागेका घिसिङ्गलाई पुनः चार वर्षकै लागि प्राधिकरणको कार्यकारी निर्देशनमा निरन्तरता दिन लागिएको भन्ने विषयले सामाजिक सञ्जाल तातेपछि सरकारले यस्तो स्पष्टीकरण दिएको हो ।
नेपालमा लोडसेडिङ्ग अन्त्यका लागि घिसिङ्गले उत्कृष्ट काम गरेको भन्दै सामाजिक सञ्जालमा घिसिङ्गलाई अबको थप एक कार्यकाल पनि प्राधिकरणकै कार्यकारी निर्देशकको रुपमा काममा निरन्तरता दिनुपर्नेमा बहुमत जुटेपछि सरकारको यो भनाई सार्वजनिक भएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कुवेतबाट पहिलो चरणमा १५० नेपालीको उद्दार, आजै थप १५० लाई ल्याईँदै
२०७७ जेठ २९ गते बिहिबार
११ जुन, २०२०काठमाडौं । बैदेशिक रोजगारी तथा अन्य काम...
थपिँदै कोरोना संक्रमित : २४ घण्टामा ५९४ जना संक्रमित भेटिए
२०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा देशव्यापी रुपमा कोरोना...
२४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४...
भर्ना र अनलाईन कक्षाको नाममा विद्यार्थीसँग शुल्क नलिन विद्यालयहरुलाई सरकारको निर्देशन
२०७७ बैशाख २२ गते सोमबार
०४, मे, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणका...
Top