नेपाल भ्रमण वर्ष २०२० : नेपाल एयरलाईन्सले चीन र जापानका थप शहरमा उडान भर्दै

Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार


१५ डिसेम्बर, २०१९
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा नियमगले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर जापान र चिनका थप शहरमा उडान भर्ने भएको छ । निगम कार्यकारी समितिको हालै बसेको बैठकका अनुसार जापानको नारिता र चीनको ग्वाङ्जाओ शहरमा थप उडान गर्ने निर्णय भएको हो ।

नेपाल भ्रमण वर्षमा सरकारले २० लाख विदेशी पर्यटक भित्र्या-उने लक्ष लिएसँगै सम्भावित पर्यटकलाई लक्षित गर्दै चीन र र जापानका दुई शहरमा थप उडान भर्न लागेको हो । निगमका अनुसार जापानको नारिता मार्च पहिलो साता र चीनको ग्वाङ्जाओ मार्च दोस्रो सातादेखि उडान शुरु गरिने निगम सञ्चालक समितिको भनाई छ ।

निगमले धेरै अनुसन्धानपछि यी दुई शहरमा थप उडान भर्न लागेको हो । यसअघि निगमले ३ महिना अघिदेखि जापानकै ओसाका कन्साई अन्तरराष्ट्रिय विमानस्थलमा सातामा दुई नियमित उडान भर्दै आएको छ । यता लामो समयको प्रयासपछि निगमको ग्वाङ्जाओ उडान गत मङ्सिर दोस्रो साता निश्चित भएकोे थियो ।

सन् २०२० मार्चको दोस्रो सातादेखि ग्वाङ्जाओ सीधा उडान गर्ने तयारी गरिएको निगमले उल्लेख गरेको छ । उक्त प्रयोजनका निम्ति सबै प्राविधिक तयारी पूरा भइसकेको छ । यो गन्तव्यमा पनि निगमले सातामा तीन दिन उडान भर्नेछ । थप गन्तव्यमा उडान भर्नका लागि आवश्यक सबै तयारी पुरा भै सकको निगम स्रोतको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं छिर्न लागेका २४ जनामा कोरोना संक्रमण भेटिएपछि दैनिक १२ घण्टा काठमाडौं प्रवेशमा रोक काठमाडौं छिर्न लागेका २४ जनामा कोरोना संक्रमण भेटिएपछि दैनिक १२ घण्टा काठमाडौं प्रवेशमा रोक

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । विगत केहीदिनयता काठमाडौं प्रवेश गर्ने...

वीरगञ्जमा २ महिनाको नाबालकसहित थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो वीरगञ्जमा २ महिनाको नाबालकसहित थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०वीरगञ्ज । पर्साको वीरगञ्जमा थप १७ जनामा...

कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प

२०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०लेकसाईड । कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर आज...

अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकास्थित...

Top