कास्कीमा सर्तसहित निषेधाज्ञा खुकुलो पारियो, सवारी साधनमा जोर विजोर लागू

Best Khabar Team | २०७७ भाद्र १२ गते शुक्रबार


२८ अगस्ट, २०२०
लेकसाईट, पोखरा कास्की । चार नम्बर प्रदेश अन्र्तगत कास्कीको पोखरामा गएको भदौ ३ गतेदेखि लागू भएको निषेधाज्ञा सर्तसहित खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालयले निश्चित सर्त राखेर आज राति १२ बजेदेखि लागूहुने गरी निषेधाज्ञा खुकुलो पारिएको जानकारी दिएको छ । आज रातिबाट निषेधाज्ञा हटाउने चर्चा भएपनि कोरोना संक्रमितको संख्या प्रत्येक दिन देखिइरहेका कारण भोलिबाट लागूहुने गरी निषेधाज्ञा खुकुलो पारिएको जनाइएको छ । सवारीसाधन सञ्चालन, सार्वजनिक सेवा तथा अन्य गतिविधि गर्न स्थानीय प्रशासनले निश्चित मापदण्ड तोकेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचना अनुसार आगामी भदौ २० गतेसम्मका लागि लागू हुने गरी कास्की जिल्लाभित्र सञ्चालन हुने निजी तथा भाडाका सवारी साधनहरुमा जोर विजोर प्रणाली लागू हुनेछ । यसबीचमा सार्वजनिक सवारी साधन सञ्चालनमा भने भदौ २० गतेसम्मको लागि प्रतिबन्ध लगाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । भदौ ७ गते पोखरामा दोश्रोपटक निषेधाज्ञा थप गरिएको थियो ।

तर आज प्रशासनले जारी गरेको सूचना अनुसार बिहान ६ बजेदेखि राति ८ बजेसम्म निजी सवारी साधन तथा भाडाका ट्याक्सीहरुमात्रै जोर विजोर प्रणालीका आधारमा सञ्चालन गर्न पाइने छन् । तर मानिसहरुको भेला, सभा, जुलुस, धर्ना, जात्रा, महोसत्सवजस्ता गतिविधि गर्न पूर्णरुपमा रोक लगाइएको छ । यसका अलावा क्याम्पस, विद्यालय तथा विश्वविद्यालयलगायत सञ्चालन, सिनेमा घर, रंगशाला, पार्टी प्यालेस, पौडी पोखरी, सौन्दर्य केन्द्र, कपाल काट्ने ठाउँलगायत सञ्चालन नगर्न भनिएको छ ।

यस्तै होटल रेस्टुरेन्टले लिएर जाने सेवामात्रै दिनसक्ने गरी अनुमति पाएका छन् भने सार्वजनिक कार्यालयहरु पनि नियम अनुसार सामाजिक दुरी कायम गरीमात्रै सञ्चालन गर्न पाइने छ । प्रशासनले जारी गरेको नियमलाई नमानेर गतिविधि गरेमा कानुन अनुसार कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाबाट नेपालमा ४१ औं मृत्यु कोरोनाबाट नेपालमा ४१ औं मृत्यु

२०७७ श्रावण ७ गते बुधबार

२२ जुलाई, २०२०धरान, सुनसरी । नेपालमा कोरोनाबाट थप एकजनाको...

विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित) विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित)

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०१५चिप्लेढुंगा, पोखरा । पोखरामा आज बिहान भएको...

पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो

२०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो...

थुनामुक्त भएसँगै १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमनको जिम्मा लगाईयो थुनामुक्त भएसँगै १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमनको जिम्मा लगाईयो

२०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२०काठमाडौं । केहीसाता अघि काठमाडौंका विभिन्न ठाउँबाट...

Top