कास्कीमा सर्तसहित निषेधाज्ञा खुकुलो पारियो, सवारी साधनमा जोर विजोर लागू

Best Khabar Team | २०७७ भाद्र १२ गते शुक्रबार


२८ अगस्ट, २०२०
लेकसाईट, पोखरा कास्की । चार नम्बर प्रदेश अन्र्तगत कास्कीको पोखरामा गएको भदौ ३ गतेदेखि लागू भएको निषेधाज्ञा सर्तसहित खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालयले निश्चित सर्त राखेर आज राति १२ बजेदेखि लागूहुने गरी निषेधाज्ञा खुकुलो पारिएको जानकारी दिएको छ । आज रातिबाट निषेधाज्ञा हटाउने चर्चा भएपनि कोरोना संक्रमितको संख्या प्रत्येक दिन देखिइरहेका कारण भोलिबाट लागूहुने गरी निषेधाज्ञा खुकुलो पारिएको जनाइएको छ । सवारीसाधन सञ्चालन, सार्वजनिक सेवा तथा अन्य गतिविधि गर्न स्थानीय प्रशासनले निश्चित मापदण्ड तोकेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचना अनुसार आगामी भदौ २० गतेसम्मका लागि लागू हुने गरी कास्की जिल्लाभित्र सञ्चालन हुने निजी तथा भाडाका सवारी साधनहरुमा जोर विजोर प्रणाली लागू हुनेछ । यसबीचमा सार्वजनिक सवारी साधन सञ्चालनमा भने भदौ २० गतेसम्मको लागि प्रतिबन्ध लगाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । भदौ ७ गते पोखरामा दोश्रोपटक निषेधाज्ञा थप गरिएको थियो ।

तर आज प्रशासनले जारी गरेको सूचना अनुसार बिहान ६ बजेदेखि राति ८ बजेसम्म निजी सवारी साधन तथा भाडाका ट्याक्सीहरुमात्रै जोर विजोर प्रणालीका आधारमा सञ्चालन गर्न पाइने छन् । तर मानिसहरुको भेला, सभा, जुलुस, धर्ना, जात्रा, महोसत्सवजस्ता गतिविधि गर्न पूर्णरुपमा रोक लगाइएको छ । यसका अलावा क्याम्पस, विद्यालय तथा विश्वविद्यालयलगायत सञ्चालन, सिनेमा घर, रंगशाला, पार्टी प्यालेस, पौडी पोखरी, सौन्दर्य केन्द्र, कपाल काट्ने ठाउँलगायत सञ्चालन नगर्न भनिएको छ ।

यस्तै होटल रेस्टुरेन्टले लिएर जाने सेवामात्रै दिनसक्ने गरी अनुमति पाएका छन् भने सार्वजनिक कार्यालयहरु पनि नियम अनुसार सामाजिक दुरी कायम गरीमात्रै सञ्चालन गर्न पाइने छ । प्रशासनले जारी गरेको नियमलाई नमानेर गतिविधि गरेमा कानुन अनुसार कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशका तराई क्षेत्रमा...

मतिष्कघातले लग्यो काँग्रेस नेता जोशीलाई मतिष्कघातले लग्यो काँग्रेस नेता जोशीलाई

२०७७ चैत्र १३ गते शुक्रबार

२६ मार्च, २०२१काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता...

नेपालमा कोरोना : २ संक्रमित थपिए, निको हुनेको संख्या १६ पुग्यो नेपालमा कोरोना : २ संक्रमित थपिए, निको हुनेको संख्या १६ पुग्यो

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५१...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०न्यूर्योक, अमेरिका । विश्वभर कोरोना (कोभिड–१९) को...

Top