Best Khabar Team | २०७६ असार १ गते आइतबार
१६ जुन, २०१९
काठमाडौं । बहुमूल्य हिमाली ‘भियग्रा’ को नामले समेत परिचित यार्चागुम्बा संकलनको लागि रुकुमको मैकोट पुगेका २ जनामाथि अज्ञात समूहले आक्रमण गरेको छ । जिल्ला प्रहरी कार्यालय मुसिकोटका अनुसार दुई दिन अघि यार्चा संकलन गरेर घर फर्कने क्रममा स्थानीय दुई महिलामाथि अज्ञात समूहले गम्भीर आक्रमण गरेको थियो ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १ की ३८ वर्षकी जुनकुमारी पुन र उनकी १४ वर्षीया छोरी रश्मी पुनमाथि आक्रमण भएको थियो । उहाँहरुमाथि आक्रमण गरी साथमा रहेको पैसा, गरगहना लुटिएको थियो ।
उहाँहरुको शरीरमा धारिलो हतियारले आक्रमण गरेका कारण चोटैचोट रहेको छ । घाइते दुबैजनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । आक्रमणकारीहरुको खोजी भै रहेको प्रहरीको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित
२०७७ जेठ ३१ गते शनिबार
१३ जुन, २०२०काठमाडौं । हालै सरकारले जारी गरेको नेपालको...
नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु
२०७७ श्रावण १८ गते आइतबार
०२ अगस्ट, २०२०नयाँ दिल्ली । छिमेकी मुलुक नेपालसँग सिमाना...
बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०ठोरी, पर्सा । पछिल्ला दिनहरुमा बीरगञ्जमा कोरोना...
रक्सीको नशामा रुपन्देहीमा कृषि फर्ममा कार्यरत ५ जनाको सामूहिक हत्या
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०तिलोत्तमा, रुपन्देही । रक्सीको नशामा रुपन्देहीमा एकजना...
Top