Best Khabar Team | २०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०
बारा । वीरगञ्जमा गत जेठ ४ गते उपचारका क्रममा निधन भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा ज्यान गुमाएका व्यक्तिको दाहसंस्कार गरेको ८ दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको नशनल मेडिकल कलेज वीरगञ्जले जनाएको छ । सोही कलेजमा उपचारका क्रममा रहेका बाराको करैयामाइ गाउँपालिका वडा नम्बर ७ का ७० वर्षका बृद्दको कोरोनाबाट मृत्यु भएको पुष्टि जिल्ला जनस्वास्थ्य कार्यालयले आज गरेको हो ।
रिपोर्टको पूर्नपुष्टिका लागि जिल्ला हुँदै काठमाडौंसम्म स्वाब पठाइएको र त्यसको रिपोर्ट प्राप्त हुन समय लागेकोले ढिलोगरी मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको अस्पतालको भनाई छ । नारायणी अस्पतालको प्रयोशगालाले उनमा कोरोना संक्रमण भएको पुष्टि गरेपछि नेपालका कोरोनाबाट मृत्यु हुने उनी चौथो नागरिक भएका छन् । नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएपनि पूर्नपुष्टिका लागि स्वाब काठमाडौं पठाइएको र काठमाडौंबाट पनि पोजेटिभ रिपोर्ट आएको जनस्वास्थ्य कार्यालयको भनाई छ ।
उनी दम तथा निमोनियासम्बन्धी समस्याबाट ग्रस्त भएपछि गएको जेठ २ गते अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । अस्पतालको अघि सघन उपचार कक्षमा राखेर उनको उपचार शुरु गरिएको थियो । तर ती व्यक्तिमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरी कोरोना परिक्षण गरिएको थियो । जेठ ४ गते नै अस्पतालमा निधन भएका ती बृद्दाको शव परिवारलाई जिम्मा लगाइएको र उनको सोही दिन अन्तेष्टि गरिएको थियो ।
मृतक बृद्दामा कोरोना संक्रमण पुष्टि भएपछि अब उनको सम्पर्कमा रहेका परिवार तथा अन्य व्यक्तिको स्वाब परीक्षण गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ । चौधरी थरका ती बृद्दको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । जसमा ३ पुरुष र एक महिला रहेका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतले डेढ महिनामा पायो दोश्रो प्रधानमन्त्री: ऋषि सुनक बने नयाँ प्रधानमन्त्री
२०७९ कार्तिक ७ गते सोमबार
२४ अक्टोबर, २०२२लण्डन । बेलायतले विगत डेढ महिनाको अवधिमा...
लकडाउनका बेला घरको चारभित्ता भित्र छायांकन गरिएको एउटा पृथक म्यूजिक भिडियो (भिडियोसहित)
२०७७ बैशाख १२ गते शुक्रबार
२४ अप्रिल, २०२० न्यूर्योक । विश्व यतिबेला कोरोनाको कहरका...
नेपालमा कोरोना संक्रमण रोक्न सरकारले गरेको प्रयास सकारात्मक
२०७६ चैत्र २९ गते शनिबार
काठमाडौं । नेपाल सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म गरेको...
‘बेस्ट खबर डटकम’ बारेमा
२०७४ श्रावण २२ गते आइतबार
हाम्रो बारेमा ।‘बेस्ट खबर डटकम’ पत्रकारिताका क्षेत्रमा फरक र...
Top