बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति

Best Khabar Team | २०७७ कार्तिक २२ गते शनिबार


०७ नोभेम्बर, २०२०
न्यूर्योक, अमेरिका । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुकको नयाँ राष्ट्रपतिको रुपमा जोड बाइडेन विजयी भएका छन् । गएको मंगलबार सम्पन्न चुनावको आज प्राप्त पछिल्लो तथा अन्तिम मत परिणाम अनसार आगामी चार वर्षका लागि नयाँ राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जोई बाईडेन विजयी भएका हुन् ।

उनी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रमलाई पराजित गर्दै राष्ट्रपति बनेका हुन् । यो सँगै उनी संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा बनेका छन् । अबको चार वर्ष उनले अब अमेरिकाको राष्ट्रपतिको रुपमा काम गर्नेछन् । नवनिर्वाचित राष्ट्रपति वाईडेन यसअघिका राष्ट्रपति बनेका बाराक ओबामाको समयमा उपराष्ट्रपति थिए ।

यो पटक पूर्व राष्ट्रपति बाराकले पनि वाईडेनको चुनावी प्रचारप्रसार अभियानमा सक्रियरुपमा आफूलाई सहभागी गराएका थिए । डाइडेनले पछिल्लो पटक विजयी हुनका लागि आवश्यक पर्ने २ सय ७० इलेक्टोरल भोटको लक्षलाई अमेरिकाको पेन्सिलभेनिया राज्यको मतगणनासँगै पुरा गरेपछि उनको जीत भएको हो ।

यसअघि भएको मतगणनालाई आधार बनाउँदा र बाँकी रहेका राज्यहरुको अवस्था हेर्दा उनको जीत सुनिश्चित हुने वष्लेषकहरुले यसअघि नै अनुमान गरिसकेका थिए । नवनिर्वाचित राष्ट्रपति बाइडेन ७७ वर्षका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोर्चुगलका चिकित्सकको मर्मस्पर्शी भिडियो, जसले भाबुक तुल्याउँछ (भिडियोसहित) पोर्चुगलका चिकित्सकको मर्मस्पर्शी भिडियो, जसले भाबुक तुल्याउँछ (भिडियोसहित)

२०७७ बैशाख १३ गते शनिबार

२५ अप्रिल, २०२०पोर्तिमाउ । विश्वभर कोरोनाको महामारी चलिरहँदा यसको...

पूर्वराजदूत शर्माको हृदयघातका कारण लण्डनमा निधन पूर्वराजदूत शर्माको हृदयघातका कारण लण्डनमा निधन

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० लण्डन । पूर्वराजदूत मुरारीराज शर्माको हृदघातका...

महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० काठमाडौं । नेपाल राष्ट्रबैंकले नयाँ गर्भनर...

याङ्गुनका सडकमा ओर्लियो मानव सागर ! याङ्गुनका सडकमा ओर्लियो मानव सागर !

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१याङ्गगुन । म्यान्मारमा केहीदिनअघि भएको सैनिक ‘कू’...

Top