Best Khabar Team | २०७७ असार २१ गते आइतबार
०५ जुलाई, २०२०
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण भएको लकडाउन र त्यसपछि पनि निश्चित क्षेत्रमात्रै खुलेका कारण यो वर्षको कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्का अनुसार विद्यालयहरुलाई आन्तरिक मूल्यांकनका आधारमा परीक्षार्थीहरुलाई प्रमाणपत्र दिनका लागि सिफारिस गर्ने तयारी भै रहेको छ । गएको चैत्र ५ गतेदेखि कोरोना संक्रमणलाई मध्यनजर गर्दै देशव्यापी रुपमा लकडाउन भएपछि अहिले स्कुल तथा क्याम्पसको पठानपाठन ठप्प बनेको छ ।

लकडाउनकै कारण विगतमा एसईईको परीक्षा समेत हुन नसकेका कारण विद्यालयहरुबाटै आन्तरिक मूल्यांकका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय यसअघि नै भै सकेको छ । कक्षा ११ का विद्यार्थीहरुलाई कसरी आन्तरिक मूल्याकनका आधारमा प्रमाणपत्र दिने भन्ने विषयको निर्णय भने यसअघि कक्षा ११ को परीक्षणा सञ्चालन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ ।
यसैबीच, यो वर्षको एसईई परीक्षा नभएपनि विद्यालयहरुकोे आन्तरिक मूल्यांकनका आधारमा परीक्षा नियन्त्रण कार्यालयले वद्यार्थीहरुलाई प्रमाणपत्र दिने तयारी गरेका छन् । सोही तयारी अनुसार अहिले कार्यालयले विभिन्न जिल्लाका जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरेर निश्चित कार्याविधि तय गर्दै आन्तरिक मूल्यांकनका लागि मापदण्ड तोकेको छ । कार्याविधिका आधारमा विद्यालयहरुले आफ्ना विद्यार्थीको आन्तरिक मूल्यांकन गरी उनीहरुको नतिजा परिक्षा नियन्त्रण कार्यालयमा पठाउने छन् । त्यसका लागि अहिले विद्यालयहरुले विद्यार्थीहरुको आन्तरिक मूल्यांकन प्रतिवेदन तयार गरिरहेका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले आगामी साउन १५ गतेभित्र विद्यार्थीहरुलाई एसईईको प्रमाणपत्र दिने गरी तयारी अघि बढाएको बुझिएको छ । एसईई र कक्षा ११ को परीक्षा नभएपनि आन्तरिक मूल्यांकनबाटै विद्यार्थीहरुलाई प्रमाणपत्र दिने तयारी भएको भएपनि कक्षा १२ को हकमा भने अहिलेसम्म कुनै निर्णय भएको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० चौतरा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको...
अस्पतालको लापरबाहीले बालिकाको मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिएन
२०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । बैशाख २३ गते काठमाडौंको...
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढ्यो
२०७७ मंशिर २३ गते मंगलबार
०८ डिसेम्बर २०२०काठमाडौं । सोलुखुम्बु जिल्लामा अवस्थित विश्वको सर्वोच्च...
कपिलबस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा एकैदिन २४ जनामा कोरोना संक्रमण, १३४ पुगे संक्रमितहरु
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२० काठमाडौं । नेपालमा एकैदिन २४ जना...
Top