Best Khabar Team | २०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२०
कैलाली । कैलालीको धनगढीमा एक स्थानीय जनप्रतिनिधिसहित १६ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले करिब २३ लाख नगद समेत बरामद गरेको छ ।
गएराति गोप्य रुपमा स्थानीय गोदावरी नगरपालिका वडा नम्बर १० मा रहेको एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही वडाका वडा अध्यक्ष रबिन्द्र शाहीसमेत अरु १५ जना रहेका छन् । उनीहरुले ठूलो रकम लिएर जुवा खेलिरहेको सूचना पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
सोही क्रममा स्थानीय तिलक अधिकारीको घरमा जुवा खेलिरहेको बेला वडा अध्यक्ष शाहीसहित १५ जनालाई प्रहरीले पक्रेको हो । जुवाको खालबाट प्रहरीले २२ लाख ८२ हजार रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बैशाख २५ सम्म लम्बियो ‘लकडाउन’
२०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको समय पाँचौपटक थपेको...
देशैभरी माघेझरी, हिमाली जिल्लामा हिमपात, आइतबारदेखि मौसममा सुधार आउने
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०काठमाडौं । पश्चिमी बायुको न्यून चापीय प्रणाली...
हिंसा गरेको भन्दै चलचित्र निर्माता छवि ओझा विरुद्ध अभिनेत्री पोखरेलको प्रहरीमा उजुरी
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । आफूलाई श्रीमान्बाट घरेलू हिंसा...
प्रधानमन्त्री ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण, स्वास्थ्यस्थिति सामान्य
२०७६ फाल्गुन २१ गते बुधबार
०४ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...
Top