Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२०
काठमाडौं । अज्ञात समूहले काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगजनी गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित जितपुरफेदीमा रहेको एनसेल टावर र दक्षिणी क्षेत्रको दक्षिणकालीमा रहेको अर्को टावरमा गएराति आगजनी भएको हो ।
काठमाडौंको तारकेश्वर नगरपालिकास्थित जितपुर फेदीमा रहेको सो टावरमा गएराति १ बजेतिर अज्ञात समूहले पेट्रोल खन्याएर आगो लगाएको बताइएको छ । यस्तै दक्षिणकाली नगरपालिकास्थित छैमलेको टावरमा पनि सोही प्रकृतिको घटना भएको छ । राति करिब २ बजेको समयमा सो टावरमा आगजनी भएको हो । आगजनीलगत्तै सो क्षेत्रमा एनसेल मोबाइलको सेवा अवरुद्ध बनेको छ ।
विगत लामो समयदेखि राज्यलाई लाभकर तिर्न एनसेलले आनाकानी गर्दै आइरहेका कारण देशका दुई दर्जनबढी स्थानमा रहेका एनसेलका टावरहरुमा अज्ञात समूहले आगजनी गर्दै आइरहेका छन् । काठमाडौंमा भएको यो घटनामा पनि कसको संलग्नता रहेको छ भन्ने केही खुल्न सकेको छैन । यद्यपि नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले विगत देखि नै एनसेललक्षित आक्रमण गर्दै आएका कारण यो घटनामा पनि उनीहरुकै संलग्नता भएको हुनसक्ने आशंका प्रहरीको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आफ्नै सरकारले जारी गरेको नियम उल्लंघन गरेपछि नर्वेकी प्रधानमन्त्रीद्वारा २० हजार क्रोनर जरिवाना तिर्ने घोषणा
२०७७ चैत्र २७ गते शुक्रबार
०९ अप्रिल, २०२१ओस्लो, नर्वे । कोरोना भाइरसको संक्रमणलाई रोक्नका...
औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०विराटनगर । मोरङ्गको बिराटनगरमा आइतबार भएको एकजना...
चन्द माओवादीमाथि धरपकड गरिएको भन्दै मोहन बैद्यको आपत्ति
२०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । पछिल्लो समयमा नेत्रविक्रम चन्द...
काठमाडौं, धादिङ् र जनकपुरका गरी थप ३ जनामा कोरोना : देशभर संक्रमित हुनेको संख्या २४९ पुग्यो
२०७७ जेठ १ गते बिहिबार
१४ मे, २०२०काठमाडौं । काठमाडौं, धादिङ्ग र जनकपुरमा गरी...
Top