गंगाजमुना गाउँपालिकाको गज्जबको काम : विदेशबाट आउनेको नाम, ठेगाना र मोबाइल नम्बर सार्वजनिक, कोरोना सचेतनामा गाउँपालिका एककदम अगाडि

Best Khabar Team | २०७६ चैत्र १७ गते सोमबार


३० मार्च, २०२०
धादिङ्गबेसी । धादिङ्गको गंगाजमुना गाउँपालिकाले पछिल्लो ३ सातायता विश्वका विभिन्न मुलुकमा पुगेर गाउँ फर्केका गाउँलेहरुको नाम, ठेगाना र मोबाइल नम्बर समेत सार्वजनिक गरेको छ । गाउँपालिकाको यो काम कोरोना संक्रमण नियन्त्रण र सचेतनाका लागि महत्वपूर्ण कमद भएको भन्दै स्थानीय वासिन्दाले खुसी व्यक्त गरेका छन् ।

गाउँपालिकाले विदेशबाट आएकाहरुको नामाबली, ठेगाना र कतिपयको मोबाइल नम्बरसमेत सार्वजनिक गर्दा एक ती व्यक्ति स्वयं सेल्फ आइसोलेनमा बस्ने र उनीहरुसँग सम्पर्कमा रहेकाहरुले समेत आफूलाई आइसोलेसनमा राख्न पाउने छन् । जसका कारण गाउँमा कोरोना भाइरसको सम्भावित जोखिम फैलन पाउने छैन । गाउँपालिकाले पछिल्लो ३ सातायता रोजगारी तथा भ्रमणका लागि विश्वका विभिन्न मुलुक पुगेर गाउँ फर्केका ३० जनाको नामाबाली आज सार्वजनिक गरेको हो ।

उनीहरु हाल आफ्नै घरमा आइसोलेसनमा रहेको र उनीहरुको अवस्था सार्वजनिक रहेको गाउँपालिकाको भनाई छ । गाउँमा कोरोनाको संक्रमण फैलन नदिन र आवश्यक जनचेतना फैलाउनका लागि गाउँपालिकाले पालिका भित्रपर्ने विभिन्न वडामा जनचेतनामूलुक कार्यक्रमहरु गर्दै आएको छ । सम्भावित कोरोनाको जोखिमलाई कम गर्नका लागि गाउँपालिकाले अहिले वडाका विभिन्न स्थानमा क्वारेन्टाइन सेन्टर समेत निर्माण गरिसकेको छ ।

यस्तै सरकारले गरेको लकडाउनलाई पूर्णरुपमा पालन गर्न र कोरोनासंक्रमणको आशंका लागेमा नजिकको स्वास्थ्य चौकी र गाउँपालिकाका पदाधिकारीहरुलाई जानकारी गराउन अनुरोध समेत गरेको छ । त्यसो त छोटो समयमै गंगाजमुना गाउँपालिकाले पालिका भित्र्पर्ने धादिङ्गको फूलखर्क, बुढाथुम, बसेरीलगायतका क्षेत्रमा विभिन्न खाले विकास निमार्णका काम अघि बढाएको छ ।

यस्तै स्थानीयको स्वास्थ्य, शिक्षालगायत व्यक्तिगत आधारभूत आवश्यकताका तथा सूचना, सञ्चार र जनचेतनालगायतका विषयलाई उच्च प्राथमिकतामा राखेर गाउँपालिकाले काम अघि बढाउँदै आएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प

२०७६ चैत्र २ गते आइतबार

१५ मार्च, २०२०लेकसाईड । कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर आज...

उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२०काठमाडौं । अज्ञात समूहले काठमाडौं उपत्यकाभित्रका विभिन्न...

नेपालमा कोरोनाबाट दोश्रो मृत्यु, बाँकेका २५ वर्षका युवकको ज्यान गयो नेपालमा कोरोनाबाट दोश्रो मृत्यु, बाँकेका २५ वर्षका युवकको ज्यान गयो

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी ज्यान...

सन् २०३६ सम्मका लागि राष्ट्रपति बन्न पाउने गरी रुसी राष्ट्रपतिको पक्षमा जनमत सन् २०३६ सम्मका लागि राष्ट्रपति बन्न पाउने गरी रुसी राष्ट्रपतिको पक्षमा जनमत

२०७७ असार १२ गते शुक्रबार

२६ जुन, २०२०मस्को, रुस । १६ वर्षदेखि राष्ट्रपति भएर...

Top