अस्ताईन् रेडियो नेपालकी पहिलो गायिका ‘रानुदेबी’

Best Khabar Team | २०७७ बैशाख १९ गते शुक्रबार


०१ मे, २०२०
काठमाडौं । रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गर्ने गायिका रानुदेवी अधिकारीको गएराति निधन भएको छ । विगत लामो समयदेखि पार्किसन्स र अल्जाईमर्स रोगबाट पीडित अधिकारीको ८८ वर्षको उमेरमा गएराति काठमाडौं मेडिकल कलेज सिनामंगलमा निधन भएको हो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई कान्छी छोरीले अस्पताल पु-याएकी थिइन् ।

पूर्वी नेपालको विराटनगरमा जन्मिएकी रानुदेवी तारणीप्रसाद कोइरालाको प्रेरणाबाट राणा विरोधी आन्दोलनमा होमिएकी थिइन् भने उनले २००७ सालमा विराटनगरमा स्थापना भएको रेडियो नेपालमा पहिलोपटक गीत रेकर्ड समेत गराएकी थिइन् । उनको बाल्यकाल भारतको बनारसमा वितेको थियो । विशेष गरी उनले विराटनगरमा स्थापना भएको रेडियो नेपालमा पहिलोपटक जागरणसम्बन्धी गीत गाउने गरेकी थिइन् ।

‘जागे नेपाली’ ‘उठे नेपाली’, ‘जुनेली रात हजुर’लगायत उनले गाएका दर्जनौं गीतहरु अहिलेपनि चर्चाको शिखरमा रहेका छन् । जुन गीतहरु आज कालजयी गीत बनेका नेपाली सांगीतिक संग्रहमा संग्रहित छन् । २०३६ सालको शिक्षक आन्दोलनमा होमिएपछि उनी केही समय जेल समेत परेकी थिइन् । २०४६ सालको जनआन्दोलनपछि नेपाल महिला संघ मोरङको अध्यक्ष बनेकी उनले करिब ३० वर्ष अध्यापन पेशासमेत अँगालेकी थिइन् ।

स्वर्गीय रानुदेवी अधिकारीका एक छोरा र दुई छोरी छन्। उनको गएराति नै हिन्दु धार्मिक परम्परा अनुसार पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको उनको परिवारले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन

२०८० कार्तिक २५ गते शनिबार

११ नोभेम्बर, २०२३काठमाडौैं । हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड...

हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’ हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१नाइजर, नाइजेरिया । अफ्रिकी महादेश अन्तर्गत पर्ने...

खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा मूल्य बढ्यो (सूचीसहित) खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा मूल्य बढ्यो (सूचीसहित)

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले खाना पकाउने ग्याँससहित पेट्रोल,...

भारतमा आम नागरिकलाई कोरोनो विरुद्धको खोप लगाउन शुरु भारतमा आम नागरिकलाई कोरोनो विरुद्धको खोप लगाउन शुरु

२०७७ माघ ४ गते आइतबार

१७ जनवरी, २०२१नयाँदिल्ली । भारतमा आज जनवरी १७ तारिखका...

Top