Best Khabar Team | २०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको आज राति निधन भएको छ । फागुन १३ गते मतिष्कघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत जोशीको आज राति करिब साढे ८ बजे निधन भएको अस्पतालले जनाएको छ । गत फागुन १३ गते बिहान सबेरै जोशीलाई एक्कासी मस्तिष्कघात भएपछि जोशीलाई उपचारको लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचार गराउँदासमेत उनको स्वास्थ्यमा खासै सुधार हुन सकेको थिएन । पछिल्लो केहीदिनयता उनलाई अस्पतालको भ्यान्टिलेटरमा राखेर उपचार गरिँदै थियो । २०३६ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका जोशी काठमाडौं महानगरपालिकाका पूर्वउपमेयर समेत भै सकेका थि । यस्तै उनी संविधानसभामा काठमाडौं क्षेत्र नम्बर ८ बाट नेपाली काँग्रेसको तर्फबाट निर्वाचित समेत भएका थिए ।

विगतमा जोशीले नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेदारी समेत निर्वाह गरिसकेका थिए । उनी नेपाल सरकारका पूर्व उद्योगमन्त्री समेत रहेका थिए ।काठमाडौं उपत्यकामा लोकप्रिय नेताको रुपमा परिचित नेता जोशी मन्त्री भएकै बेला नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो । विक्रम सम्बत २०१९ असार ३ गते जोशी काठमाडौंमा जन्मिएका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ : पूर्व सचिवपत्नीको हत्या कामदारबाटै
२०७६ माघ २७ गते सोमबार
१०, फेब्रुअरी, २०२०ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना...
युद्धकालमा मारिएका ५ हजार मान्छेको जिम्मा लिन तयार छु : प्रचण्ड
२०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र...
काजकिस्तानमा उडिरहेको विमान घरमाथि बज्रँदा १४ को ज्यान गयो
२०७६ पुष ११ गते शुक्रबार
२७ डिसेम्बर, २०१९नूरसुल्तान । काजकिस्तानमा आज भएको यात्रुबाहक विमान...
तेश्रो पटक चीनमा सी चिनफिङ्ग नै राष्ट्रपति : राष्ट्रपतिकै प्रस्तावमा ली चियाङ बने नयाँ प्रधानमन्त्री
२०७९ फाल्गुन २७ गते शनिबार
११ मार्च, २०२३बेइजिङ्ग, चीन । मित्रराष्ट्र चीनका बर्तमान राष्ट्रपति...
Top