मतिष्कघातले लग्यो काँग्रेस नेता जोशीलाई

Best Khabar Team | २०७७ चैत्र १३ गते शुक्रबार


२६ मार्च, २०२१
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको आज राति निधन भएको छ । फागुन १३ गते मतिष्कघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत जोशीको आज राति करिब साढे ८ बजे निधन भएको अस्पतालले जनाएको छ । गत फागुन १३ गते बिहान सबेरै जोशीलाई एक्कासी मस्तिष्कघात भएपछि जोशीलाई उपचारको लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचार गराउँदासमेत उनको स्वास्थ्यमा खासै सुधार हुन सकेको थिएन । पछिल्लो केहीदिनयता उनलाई अस्पतालको भ्यान्टिलेटरमा राखेर उपचार गरिँदै थियो । २०३६ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका जोशी काठमाडौं महानगरपालिकाका पूर्वउपमेयर समेत भै सकेका थि । यस्तै उनी संविधानसभामा काठमाडौं क्षेत्र नम्बर ८ बाट नेपाली काँग्रेसको तर्फबाट निर्वाचित समेत भएका थिए ।

विगतमा जोशीले नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेदारी समेत निर्वाह गरिसकेका थिए । उनी नेपाल सरकारका पूर्व उद्योगमन्त्री समेत रहेका थिए ।काठमाडौं उपत्यकामा लोकप्रिय नेताको रुपमा परिचित नेता जोशी मन्त्री भएकै बेला नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो । विक्रम सम्बत २०१९ असार ३ गते जोशी काठमाडौंमा जन्मिएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाबाट आक्रान्त बन्दै अमेरिका, संक्रमितको संख्या ३७७ पुग्यो, न्यूर्योकमा आपतकालको घोषणा कोरोनाबाट आक्रान्त बन्दै अमेरिका, संक्रमितको संख्या ३७७ पुग्यो, न्यूर्योकमा आपतकालको घोषणा

२०७६ फाल्गुन २४ गते शनिबार

०७ मार्च, २०२० न्यूर्योक । अमेरिकाका विभिन्न शहरहरुमा कोरोना...

काठमाडौं उपत्यकामा कोरोना जोखिम बढेको भन्दै सतर्क रहन प्रधानमन्त्रीको आग्रह काठमाडौं उपत्यकामा कोरोना जोखिम बढेको भन्दै सतर्क रहन प्रधानमन्त्रीको आग्रह

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला...

खुम्बु क्षेत्र : जहाँ राज्यकै कमजोरीले गुमिरहेको छ करोडौंको राजस्व खुम्बु क्षेत्र : जहाँ राज्यकै कमजोरीले गुमिरहेको छ करोडौंको राजस्व

२०७६ मंशिर २३ गते सोमबार

नाम्चे–सोलखुम्बु । विश्वकै सबैभन्दा अग्लो चुचुरो अर्थात् सगरमाथा ।...

Top