नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए

Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार


०१ जुन, २०२०
काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको दर उच्च भएको छ । विशेषगरी भारतीय भूमिमा रहेका नेपालीहरुलाई नेपाल ल्याउन थालिएसँसँगै देशव्यापी रुपमा कोरोनाको संक्रमण पनि तीब्र बनेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो जानकारी अनुसार देशका विभिन्न प्रदेश र काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा देशका २ दर्जन बढी जिल्लाका थप २ सय २६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा निम्नअनुसारका जिल्लामा विरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या र जिल्ला यसप्रकार रहेको छ ।

  • मकवानपुरमा १
  • सर्लाहीकामा ३८
  • सिरहामा ५
  • उदयपुरमा १
  • अछाममा १
  • कैलालीमा १४
  • बैतडीमा १
  • डोटीमा १
  • कञ्चनपुरमा १
  • झापामा २
  • नवलपरासीमा ३,
  • दैलेखमा ४१
  • जुम्लामा १९
  • सल्यानमा १०
  • सुर्खेतमा ५
  • कपिलवस्तुमा ४०
  • रौतहटमा १८,
  • बाँकेमा ७
  • दाङमा ९
  • धनुषामा ७ र,
  • महोत्तरीमा २ जना ।

मन्त्रलयले दिएको जानकराी अनुसार नेपालमा हालसम्म संक्रमितको संख्या १ हजार ७ ९८ पुगेको छ। जसमा ८ जनाको मृत्यु भै सकेको छ भने २ सय २१ जना उपचारपछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने

२०७६ चैत्र २७ गते बिहिबार

०९ अप्रिल, २०२०चौतारा । नेपाल चीन सीमावर्ती नाका तातोपानी...

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपा

२०७७ असार ६ गते शनिबार

२० जुन, २०२०काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेपाली पुरुषसँग...

पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट) पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट)

२०८० कार्तिक ५ गते आइतबार

२२ फेब्रुअरी, २०२३तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर...

कोरोनाका बिरामीलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गरिने : पिसिआर शुल्क घट्यो कोरोनाका बिरामीलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गरिने : पिसिआर शुल्क घट्यो

२०७७ माघ २८ गते बुधबार

१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण...

Top