नेपालमा कोरोना : २ संक्रमित थपिए, निको हुनेको संख्या १६ पुग्यो

Best Khabar Team | २०७७ बैशाख १४ गते आइतबार


२६ अप्रिल, २०२०
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । पर्साको वीरगञ्जमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ५१ पुगेको हो । । वीरगञ्ज महानगरपालिका छपकैया बस्ने २ जना पुरुषमा आज कोराना संक्रमाण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ५१ पुगेको हो ।

उनीहरु पनि छपकैयाको मस्जिदमा रहेका भारतीय नागरिकहरुको सम्पर्कमा आएको र स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि काठमाडौंस्थित टेकु अस्पतालले गरेको हो । यसअघि उदयपुरमा मस्जिदमा बसेका र उनीहरुको सम्पर्कमा आएका १८ जनामा कोरोना संक्रमण भेटिएको थियो । आज भेटिएका दुई पुरुषमध्ये ५० वर्षका एकजना पुरुष वीरगञ्ज महानगरपालिकाको सरसफाइमा कार्यरत कर्मचारी हुन् । यस्तै अर्का ५० वर्षका पुरुष भने सामान्य खेती किसानी गर्ने नागरिक हुन् । उनीहरुको हाल नारायणी उप क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा उपचार भै रहेको छ । उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

यसैबीच कोरोना संक्रमणमा परी सोही अस्पतालमा उपचाररत ४ जनालाई आज अस्पतालले डिस्चार्ज गरेको छ । केहीदिनअघि उदयपुरको नुर मस्दिजमा भेटिएका उनीहरुमा परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा उपचारका क्रममा तीन पटकसम्म उनीहरुमा कोरोना जाँच गरिएको र उनीहरुको पछिल्ला सबै रिपोर्ट नेगेटिभ आएपछि आजै उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

ती मध्ये ३ जना भारतीय जमाती रहेका छन् । अर्का एक भने नेपाली रहेको बताइएको छ । यो सँगै नेपालमा कोरोना निको भएर अस्पतालबाट डिचार्ज हुनेको संख्या १६ पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पर्वतमा कोरोना : ८ जना निको भएर घर फर्के, ५ नयाँ संक्रमित थपिए पर्वतमा कोरोना : ८ जना निको भएर घर फर्के, ५ नयाँ संक्रमित थपिए

२०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०फलेबास, पर्वत । गण्डकी प्रदेश अन्र्तगतको पर्वत...

हिन्दु धर्म, जनै पूर्णिमा र यसको धार्मिक महत्व हिन्दु धर्म, जनै पूर्णिमा र यसको धार्मिक महत्व

२०७७ श्रावण १९ गते सोमबार

निलकण्ठ महारुपपृष्ठभूमिनेपालमा संविधानतः मुलुक अहिले धर्म निरपेक्ष राष्ट्र भएको...

नेपाल भ्रमण   २०२० :  जनवरी १ मा काठमाडौंमा विशेष  कार्यक्रम,  १० लाख सहभागी हुँदै नेपाल भ्रमण २०२० : जनवरी १ मा काठमाडौंमा विशेष कार्यक्रम, १० लाख सहभागी हुँदै

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई...

चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० घोराही । दाङ्गमा आज दिउँसो फरक...

Top